NEWS: बिबिसी नेपाली सेवा ::

Inside

सगरमाथा आरोहीले ओबामालाई ढुङ्गा उपहार दिने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Jayanti Chamling Rai   
Saturday, 24 October 2009 03:26
विश्वभर INTERNATIONAL DAY OF CLIMATE ACTION मनाइदै
न्यू योर्क- जलवायु परिवर्तनको असरले नेपालका हिमालहरु पग्लिएर चटानमा परिणत भईरहेकोप्रति ध्यानआकर्षण गराउन सगरमाथाको ढुङ्गा र भिडियो बोकेर दश पटक सगरमाथा आरोहण गरेका पेम्बा दोर्जे शेर्पा अमेरिकाका राष्ट्रपति बाराक ओबामालाई भेट्न अमेरिका आउदैछन्।

Take action. Go to 350 official site: http://www.350.org/plan
सबभन्दा छोटो समयमा सगरमाथा आरोहण गर्ने ३१ बर्षीय शेर्पा गत साता जलवायु परिवर्तनको सन्देश बोकी सगरमाथा आधार शिविरमा पुगेका थिए। पृथ्वीको सतहमा कार्वनडाई अक्साइडको मात्रा ३५० प्रति मिलियनभन्दा कम गर्ने अभियानमा लागेको 350.Org नामक सस्था र हिमाल बचाउ भन्ने ब्यानर लिएर उनि शिविर गएका थिए। सन् २००० पछि शेर्पाले लगातार सगरमाथा आरोहण गरेका छन्।
जलवायु परिवर्तनको कारण पृथ्वीको तापक्रममा बुदि् भई तिव्र गतिमा हिमालहरु पग्लिरहेको कारण बाह्रै महिना हिउ पर्ने हिमालय क्षेत्रमा अहिले ढुङ्गामात्र बाकि भएको सन्देश दिन सगरमाथा आधार शिविरबाट ल्याइएको झन्डै आधा किलोग्रामको ढुङ्गा बोकेर राष्ट्रपति ओबामा लाई भेट्न शेर्पा अमेरिका आउन लागेका हुन्। सयुक्त राष्ट सघको ६४ औ महासभामा भाग लिन असोज पहिलो साता न्युयोर्क आएका प्रधानमन्त्री माधवकुमार नेपालले पनि राष्ट्रपति ओबामालाई नेपालका हिमालय क्षेत्र चटानमा परिणत हुदै गएको सन्देश दिन सगरमाथाबाट ल्याइएको ढुगा उपहार दिएका थिए।
Pemba Dorjee Sherpa at the Mt Everest Base camp. Photo courtesy: 350 Campaign Nepal
नोभेम्बर ७ मा अमेरिका आउन लागेका शेर्पाको राष्ट्रपति ओबामासगको भेट जलवायु परिवर्तनको क्षेत्रमा काम गरिरहेको अमेरिकी सस्था फ्रेण्डस् अफ द अर्थ Friends of the Earth ले मिलाउने छ।
विश्व उद्योगिकरणको कारणले कार्बनडाई अक्साइड लगायत विभिन्न हरित गृह ग्यास उत्सर्जनले जलवायु परिवर्तनको तिव्र असरहरु देखापरिरहेको छ। अमेरिका लगायत विकसित मुलुकले गरेको हरित गृह ग्यास उत्सर्जनले नेपाल लगायत अल्पविकसित मुलुकहरुले जलवायु परिवर्तनको बढी असर खेपिरहेका छन्। विश्वमा सबैभन्दा बढि करिव २० प्रतिशत हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट अमेरिका हो।
जलवायु परिवर्तको कारण vulnerable दश राष्टहरु मध्ये नेपाल पनि एक हो। जलवायु परिवर्तको कारण नेपालका हिमालय क्षेत्र खतरामा छन् भने जैविक विविधता कृषि लगायत जिवन यापनमा नकारात्मक असरहरु देखा पर्न थालेका छन्।
जलवायु परिवर्तन रोकथामको लागी अन्तर्राष्टिय अभियानमा लागेको ३५० नामक सस्थाले जलवायु कि्रयाशील सम्बन्धित अन्तर्राटिय दिवस अक्टोवर २४ मा १६१ राष्टहरुमा ३५५९ भन्दा बढि कार्यक्रमहरुको आयोजना गर्दै छ।
वैज्ञानिकहरुको अनुसार वायुमण्डलमा कार्बनडाईअक्साइडको सुरक्षित मात्रा ३५० पिःपिःएम रहेको छ तर हाल यसको मात्रा ३९० पुगिसकेको छ। जसको कारण जलवायु परिवर्तनको नकारात्मक असरहरु बढिरहकोले यसलाई बढ्न नदिई ३५० भन्दा कममा सिमित राख्न र आगामी डिसेम्वरमा डेनमार्कको कोपनहेगनमा हुन गई रहेको सयुक्त राष्ट सघ जलवायु परिवर्तन महासन्धि सभालाई ध्यानआकर्षण गराउन उक्त कार्यक्रमहरुको आयोजना गरिएको ३५० ले बताएको छ।
नेपालमा पनि युवाहरुद्रारा २४ अक्टोबरका दिन लुम्बिनी, स्वयम्भु लगागत अन्य विभिन्न ठाउहरुमा देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिने नेप्लिज्ज युथ फर क्लाइमेट ऐक्शनका Nepalese Youth for Climate Action कार्यक्रम सयोजक अभिषेक क्षेष्ठले जानकारी दिए।
-Jayanti Chamling Rai in New York

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?