Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
अमेरिकि नेपाली पत्रकारहरुको दोश्रो अधिबेसन सम्पन्न, पौडेल बिजयी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 25 April 2010 02:38

न्यू योर्कका केही पत्रकारहरुले अन्तिम घडीमा प्यानेल बदल्नु अघी र पछिको पेचिलो चुनाबी खेलको रमाइलो अनुभब
Exclusive news & 17 photos: न्यू योर्क- नेपाल अमेरिका पत्रकार संघको दोश्रो अधिबेसन सम्पन्न भएको छ । उता सभापतिका दुई प्रतिद्वन्दीहरु रेडियो दोभानका संचालक नगेन्द्र पौडेल र युएस नेपाल अनलाइनको प्रधान सम्पादक प्रदिप थापा (यो रिपोर्टको पङ्क्तिकार स्वयम्) बिचमा भएको चुनाबी भिडन्तको खेलका केही पत्रकार मित्रहरुको "वल्ला घरका नरे पल्ला घरमा सरे" द्रिश्यले अधिबेसनको उपलब्धीलाईसमेत ओझेलमा पार्ने सम्भावना देखिएकोछ।



Newly elected NAJA board members and organanizers. Photos eEyeCam, Nagendra Ingnam, Amit Shah.

तर यो पङ्क्तिकारले कुनै पनि रिपोर्टिङ गर्दा निश्पक्ष रिपोर्टिङ गर्छ भनेर नाम कमाएको साख धरापमा पार्दै, युएस नेपाल अनलाइनका अरु दुई सम्पादकहरु पनि अधिबेसनमा उपस्थित हुँदा हुँदै पनि तर यो पङ्क्तिकारले आफुले लडेको चुनाव आफुले हार्दा चुनावका बेला देखिएको धोखा घडी र राजनीतिक हर्कतको बर्णन गर्दा निस्पक्षता कायम गर्ने चुनौती लिन चाह्यो। अबश्य ! पढ्नुहोस् उक्त अधिबेसनको चुनाबी राम कहानी:

उक्त संघको शनिबार बेलुकी एट्लान्टिक सिटी नजिकैको Days Inn मोटेलमा सम्पन्न चुनावमा नगेन्द्र पौडेलले ३२ मत लिएर चुनाव जिते भने यो पङ्क्तिकार २२ मतसहित चुनावको हार खेप्नु पर्‍यो। तर हारको मर्मान्त त तब भयो जब न्यू योर्कमा क्रिश्याशिल ३२ नेपाली पत्रकारहरुको भेलाद्वारा सर्बसम्मत उम्मेद्वार बनाइएका महासचिब पदका दाबेदार विश्व सन्देश पत्रिकाका प्रधान सम्पादक बिजय पौडेललाई न्यू योर्क कै एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङ छिरिङ्ग शेर्पालाई महासचिबमा भिडाउने "खेल" शुरु भयो।

न्यू योर्कको पत्रकार भेलाले सर्बसम्मत बरिस्ठ उपाध्यक्ष पदका दाबेदार बनाइएका- आङ छिरिङ्ग शेर्पाले गत अप्रिल ९ देखी आफुलाई बनाइएको उपाध्यक्ष पदको कहिलयै "नो" भनेनन् त्यसैले महासचिब बिजय पौडेललाई र सभापति यो पङ्तिकारलाई सर्बसम्मत रुपमा अधिबेसनमा न्यू योर्ककोतर्फबाट खडा गर्ने निर्णय भएको थियो। तर न्यू योर्कका दुई दर्जन बेशी नेपाली पत्रकारहरुको म्यान्डेटलाई नजर अन्दाज गर्दै शेर्पा भर्जिनियाका नगेन्द्र पौडेलको प्यानेलबाट महासचिबको उम्मेदवारी गर्न पुगे।

यसरी एकाएक न्यू योर्क कै दुई पत्रकारहरु बिच महासचिब पदकालागि भिडन्त हुने भएपछि र 'भाई फुटे गवार लुटे' को स्थिती आउने भएपछि न्यू योर्कका पत्रकारहरुको महासचिब उम्मेदवार बनेका बिजयले महासचिब पदमा नलड्ने निधो गर्न पुगे। उनी छेत्रीय उपाध्यक्षमा उठे र निर्बिरोध भए भने उता आङ छिरिङ्ग शेर्पा पनि महासचिब पदमा निर्बिरोध निर्बाचित हुन पुगे।

यसरी नाटकीय रुपमा न्यू योर्कको महासचिब उम्मेद्वार उपाध्यक्ष र उपाध्यक्ष उम्मेद्वार महासचिब बनेपछि चुनाबी भिडन्त अब बाँकी सभापति पदकालागि नगेन्द्र पौडेल र यो पङ्तिकारकाबिच हुने निस्चित भयो।

Newly elected President Nagendra Poudel. Photos eEyeCam, Nagendra Ingnam, Amit Shah.

न्यू योर्कले सर्बसम्मत रुपमा उठाएको सभापतिलाई न्यू योर्कका ४ देखी ५ जना पत्रकारहरुले आफ्नै बाचालाई तोड्दै अर्को पक्षलाई भोट् खसाल्लान् भन्ने चाँही यो पङ्तिकारलाई अन्तिम घडीसम्म पनि लागेको थिएन।

अहो ! चुनाव त गजब पो हुँदो रहेछ। अझ पेशागत हीतकालागि जोल्टिने खसम खाएका न्यू योर्कका मित्रहरुबाटै अन्तर्घातको तीखो बाँड रोपिन्छ भन्ने कहाँ सोचिएको थियो र ?

आपत र मौकामा साथीहरु चिनिन्छन् भन्ने उखान कति साँचो रहेछ हगी? A friend in need is a friend indeed, बल्ल बुझियो-

"माया गर्नेको चोखो माया पनि देखियो
बाचा गर्नेको बाचा बन्धन पनि देखियो।
फुलको धारले रेटेको पनि देखियो
हाँसी हाँसी कसम तोडेको पनि देखियो
कोही कोहीले त आत्मा बेचेको पनि देखियो"


लौ त, यहीं बैरागमा सुनी हालौं गायक रामकृष्ण ढकालको यो मिठो गीत पनि:



हो त नि, न्यू योर्कका साथीहरुको मन कम्ता कुडिएको छैन त ! साथीत्वको नाममा फेरी यस्तो नहोस्। सहकर्मी मित्रहरुको बिच माया चाँही दुबो झैं मौलाओस् यो चुनावमा जे भएपनि। जीत र हार त हुन्छ नै, यत्ती हो कि धोखा चाँही नहोस्।

५ पौडेल मित्रहरुको कार्य समितीमा निर्बाचित भएको संयोग

न्यू योर्कका लेखक, पत्रकार एबं कलाकार मित्र शैलेश श्रेष्ठले निर्वाचनको लगत्तै १३ सद्स्यिय निर्बाचित कार्य समितीको हिसाब किताब निकालेछन् र मन्चबाट घोषणा गर्न पुगे-

"नब निर्बाचित कार्य समिती र त्यस समितीमा निर्बाचित ५ जना पौडेल बन्धुहरुलाई मेरो बधाई छ।"

हुन पनि त्यो ठट्टा होइन रहेछ। उक्त समितीमा सभापतिमा नगेन्द्र पौडेल बिजयी हुनुभएको छ भने बरिस्ठ उपाध्यक्षमा कृष्ण शर्मा पौडेल, ग्रेटर वासिङ्गटन डिसी क्षेत्रको उपाध्यक्षमा बिष्णु पौडेल सीतल, पुर्बी क्षेत्रको उपाध्यक्षमा बिजय पौडेल, पश्चिममी क्षेत्रको उपाध्यक्षमा शेखर ढुङ्गेल, कोशाध्यक्षमा सहदेब पौडेल, महासचिबमा आङ छिरिङ्ग शेर्पा, सचिब शर्मिला उप्रेती, सदस्यहरुमा बिष्णु पौडेल, अमित शाह, लालबहादुर राउत, शिव बिष्ट र निलम कार्की निर्बाचित हुनु भएको छ।


Elected NAJA members and other journalists. Photos eEyeCam, Nagendra Ingnam, Amit Shah.

उम्मेद्बारी शुल्क $ 300 कि $ 50?

निर्वाचनको अकल्पनिय कम्जोरी के देखियो भने सभापति उम्मेद्वारको दर्ताका लागि उम्मेद्बारी शुल्क $ 300 राखिएको देखेपछि यो पङ्क्तिकारले आफुले केही दिन पहिले निर्वाचन समितीले पठाएको ईमेलमा मात्र $50 उल्लेख गरिएको दाबी गर्दै र त्यो ईमेलको प्रिन्ट कपी देखाएपछि उम्मेद्बारी शुल्क $ 50 कायम गरियो।

बन्द सत्रमा उठेको रोचक र घोचक तथ्य

-संघका कोषाध्यक्ष गुणराज लुइटेलले बिगत तीन बर्ष यताको गोलमटोलको त्रै-वार्षिक प्रतिबेदन पेश गरेपछि बन्द सत्रका केही पत्रकारहरुले अमेरिका जस्तो वार्षिक हिसाब किताब दुरुस्त राख्नु पर्ने, अडिट हुनु पर्ने र IRS फाइलिङ हुनु पर्ने देशमा किन यस्तो भएको भन्ने आवाज उठ्यो।


Treasurer Gunaraj Luitel. Photos eEyeCam, Nagendra Ingnam, Amit Shah.

-अमेरिका नेपाल पत्रकार संघ काठमाडौंस्थित अमेरिकि दुताबासमा ब्ल्याक लिस्टमा परेको गोप्य कुरो को पनि प्रतिनिधि पत्रकारहरुद्वारा त्यहाँ उदाङ्गो पारियो तर न त संघका पदाधिकारीहरुले त्यो होइन नै भन्न सके न त्यसका लागि के गर्ने भन्ने जवाफ नै पस्के।

-संघको संछिप्त नाम तीन थरीबाट उल्लेख गरिएकोमा पनि आपत्ति आयो: NAJA, NeAJA, नेजा । यि संछिप्तिकरण Nepal America Journalist Association नामबाट चुनिएको हो तर एक रुपता पटक्कै भएको देखिएन। अझ नाम पनि कहीँ Journalist उल्लेख छ भने कहीँ Journalists' उल्लेख छ।

-अर्को, तीन बर्षदेखी संघको वेब्साइट www.naja-usa.org मा राखिएको NAJA को बिधान अर्को नेपाली संस्था ANS बाट कपी गरिएको भएर उक्त संस्था कै नामहरु कही कही उल्लेख रहेकोमा यो पङ्क्तिकारले औँल्याउदा आयोजकहरुले उक्त गल्ती सच्याउन नोट गर्नुको साटो "हामीले सुझाब माग्दा किन पहिले ईमेल नगरेको?" भनेर हप्काउन बाँकी राखेनन्। संघको बिधानमा अनगिन्ती गल्तीहरु रहेको बताउन चाहँदा चाहँदै पनि आयोजकहरुले समय नभएको कारण देखाउँदै बोल्न मनाइ गरियो।

अधिबेसन अघिको उद्घाटन सत्र

उद्घाटन सत्र नेपाली राजदुताबासका डेप्युटी चिफ अफ मिसन कालीप्रशाद पोख्रेल हुनु हुन्थ्यो। प्रमुख अतिथी पोख्रेलले संघको मुख पत्र "प्रयास" को बिमोचन गर्नु भएको थियो।


President Girish Pokhrel & Chief Guest Deputy Chief of Mission Kaliprasad Pokhrel. Photos eEyeCam, Nagendra Ingnam, Amit Shah.

कार्यक्रमको शुरुमा पत्रकारिता पेशाको शिलशिलामा सहादत प्राप्त पत्रकारहरुको सम्झनामा एक मिनट मौन धारण गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथी रिजाल, बरिस्ठ पत्रकार तारा बराल, वकिल माथ्यु ह्यन्ड्ले, NECC अध्यक्ष प्रेम संग्रौला, ANS अध्यक्ष खेम भट्टचन, एनआरएन अमेरिकाका अध्यक्ष सुमन तिम्सिनाले सम्बोधन गर्नु भएको थियो।

संघका महासचिब कृष्ण शर्मा पौडेलले संघको वार्षिक प्रतिबेदन पेश गर्नु भएको थियो भने सगरमाथा टेलिभिजनका संचालक तथा NRN USA मिडिया संयोजक राम खरेलले नेपाली अमेरिकि मिडियाकाबारेमा प्रकाश पार्नु भएको थियो।

कार्य समिती सदस्य अनुप थपलियाले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सगरमाथा टेलिभिजनकि शर्मिला उप्रेतीले कार्यक्रमको संचालन गर्नु भएको थियो।

अन्तमा,

नयाँ कार्य समितीका मित्रहरुलाई बधाई छ। अधिबेसनमा मरिमेट्ने र निर्वाचनमा सहभागी हुने अनि बिशेष गरि निर्वाचनमा मेरो साथ दिने सम्पूर्ण साथीहरुलाई साधुबाद ! साथी हुनु त यस्तो!

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 

Read our related news:

-NAJA Press Release: "NEAJA elects new executive committee"

-अमेरिकि नेपाली पत्रकारहरुको दोश्रो अधिबेसन सम्पन्न, पौडेल बिजयी
न्यू योर्कका केही पत्रकारहरुले अन्तिम घडीमा प्यानेल बदल्नु अघी र पछिको पेचिलो चुनाबी खेलको रमाइलो अनुभब
-न्यू योर्कका नेपाली पत्रकारहरुद्वारा महासचिब पदको दाबी
-अमेरिकामा नेपाली पत्रकारहरुको चुनावि चहल पहल शुरु

 


Outgoing Vice President Sushil Newpane. Photos eEyeCam, Nagendra Ingnam, Amit Shah.



Sagarmatha TV Producer & NRN USA Media Coordinator Ram Kharel.



NAJA's outgoing General Secratary Krishna Sharma Poudel. Photos eEyeCam, Nagendra Ingnam, Amit Shah.



NECC President Prem Sangraula



President of America-Nepal Society (ANS) President Khem Bhattachan



Tara Baral. Photos eEyeCam, Nagendra Ingnam, Amit Shah.



NRN USA President Suman Timsina



Attorney Matthew Handley



Chief Guest Deputy Chief of Mission Kaliprasad Pokhrel. Photos eEyeCam, Nagendra Ingnam, Amit Shah.



Outgoing NAJA President Girish Pokhrel

Emcee & newly elected Secretary Sharmila Upreti. Photos eEyeCam, Nagendra Ingnam, Amit Shah.


Photos eEyeCam, Nagendra Ingnam, Amit Shah.

Comments

avatar Hem Karki
0
 
 
Congratulations to all new executive members. sad to hear new york journalists story. remember nepal mps.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar jivan dangol
0
 
 
Nepal ka samsadharu bikri bhaye jastai ti 4 ,5 jana newyork ka patrakar (yo story ka patraharu madhhe ka) dc ko group ma gayechhan yo atinai laggaspad chha.very sad
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Pratap Rai
0
 
 
Sorry to hear Nepali politics is same even in the usa. New york ka journalists ekata anuhu dukh lagyo.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Chhiring Topke Lama
0
 
 
congratulations to all newly elected Naja team. First of all it was blunder to create panel in Journalism sector. secondly we must accept what ever the result it brought. It is said, "HARNE HARU NBHAI ITIHAS LEKHIDAINA"
If we really regard to our professionalism then one Journalist doesn't use straight language through out the public media. so can't we try little to fill up the gap recently created???
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Shiva Dhakal
0
 
 
Chhiring ji ko bichar sahi ho,
patrakarita jasto nispakchhatako adharma ubhieko sammanit chhetra lai gutbandhi baanaunu hunthena
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar rishi
0
 
 
Tara je bhaye pani last hour ma koi koi manchhe haru nabikeko bhaye hunthiyo ki?
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama