NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कका नेपाली पत्रकारहरुद्वारा महासचिब पदको दाबी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 11 April 2010 14:56

Exclusive: न्यू योर्क- आगामी अप्रिल २४ र २५ तारिख अमेरिकि राज्य न्यू जर्सीको लासभेगास भनेर चिनिने क्यासिनो सिटी एट्लान्टिक सिटीमा हुन गैरहेको नेपाल अमेरिका पत्रकार संघ (नाजा) को दोश्रो महाधिबेसनमा विश्वको राजधानी भनेर चिनिने न्यू योर्क शहरमा कृयाशिल नेपाली पत्रकारहरुले आफ्नो क्षेत्रकोतर्फबाट संघको महत्वपूर्ण पद महासचिबलगायत बिभिन्न पदहरुमा दाबी पेश गर्ने निर्णय गरेकाछन्।


 


न्यू योर्कमा कृयाशिल नेपाली पत्रकारहरुको उक्त भेलाले "नाजा" को महासचिब पदमा 'विश्व सन्देश' पाक्षिक पत्रिकाका प्रधान सम्पादक बिजय पौडेललाई उठाउने निर्णय गरेको छ भने उपाध्यक्षमा 'एभरेस्ट टाइम्स' पाक्षिक पत्रिकाका प्रधान सम्पादक आङ छिरिङ्ग शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेकोछ। त्यसै गरी, कोशाध्यक्षमा 'हिमाली स्वरहरु' अनलाइन रेडियोका निर्माता सहदेब पौडेललाई अघी सार्ने निधो गरेकोछ।


New York challenge? NAJA General Secretary candidate Bijaya Poudel, VP candidate Ang Chhiring Sherpa & Treasurer candidate Sahadev Poudel. Photos: eEyeCam.com for usnepalonline

सो भेलाले "नाजा" को अध्यक्षमा चर्चामा आएका अध्यक्षका दाबेदारहरु मध्ये संघका बर्तमान महासचिब तथा 'दि वासिङ्टन पोस्ट' मा कार्यरत कृष्ण शर्मालाई समर्थन गर्ने, अन्यथा न्यू योर्क एरिया कै अर्को एक उम्मेदवारलाई उठाउने निर्णय लिएकोछ।


Candidates for NAJA President? L to R: Krishna Sharma, Ram Kharel, Nagendra Poudel & Gunaraj Luitel. Photos courtesy: NAJA, eEyeCam.com & RadioDobhaan.com

संघको अध्यक्ष पदमा अहिले शर्माका अलावा सगरमाथा टेलिभिजनका संचालक राम खरेल, रेडियो दोभानका संचालक नगेन्द्र पौडेल र संघका कोशाध्यक्ष गुण राज लुइटेलले उठ्ने तयारी गरिरहेको बुझिएकोछ।

अध्यक्ष र महासचिब पदका दाबेदारहरुको औपचारिक घोषणा पछि युएस नेपाल अनलाइनले पदका दाबेदार पत्रकारहरुबारे रिपोर्टिङ पछि तयार गर्नेछ।

न्यू योर्कको संयुक्त दाबी किन?

न्यू योर्कको उक्त भेलामा सहभागी पत्रकारहरुको दाबीअनुसार सन् २००७ मा स्थापित "नाजा" ले त्यसयता अमेरिकामा ह्वात्तै पढ्न पुगेको नेपाली अमेरिकि प्रिन्ट र अनलाइन प्रकाशनहरुमा सम्बद्ध नेपाली पत्रकारहरुलाई आफ्नो संजालमा ल्याउने कुनै पहल नगरेपछि गत साल न्यू योर्कमा "न्यू योर्क नेपाली मेडिया फोरम" को स्थापना गरिएको थियो। उक्त फोरुम कै पहलमा यो भेला डाकिएको थियो। संयोग बस उक्त फोरमको संयोजक चन्द्र खटिवडा "नाजा" को बर्तमान सचिब पनि हुन्।

संघको त्यही निस्कृयताको झाँको झार्न न्यू योर्कका पत्रकारहरुले आफ्नो कडा चुनौती दिनु पर्ने न्यू योर्कको भेलामा जोडदाररुपमा उठाएका थिए।

अब हेर्नु पर्ने भएको छ- संघको बर्तमान नेत्रित्व र अन्य राज्यमा कृयाशिल पत्रकारहरुले न्यू योर्कका नेपाली पत्रकारहरुको यो चुनैतीलाई कसरी लिने हुन्। आशा गरौं, नेत्रित्वको यो लडाईंमा रमिता र रडाको नभै संघको ब्रिहत्तर हीतको लागि होस्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

Read our related news:

-अमेरिकामा नेपाली पत्रकारहरुको चुनावि चहल पहल शुरु

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?