NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा कांग्रेस नेता प्रदीप गिरीको स्वागत PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 31 August 2009 03:55
न्यू योर्क- नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट बिघटित नेपाली जन संपर्क समिती अमेरिका (देबकोटा समुह) को न्यू योर्क च्याप्टरले गत अगस्ट २९ मा नेपाली कांग्रेसका नेता तथा संबिधान सभासद प्रदिप गिरिको स्वागत गर्‍यो।
Nepali Congress leader and CA Member Pradeep Giri in New York reception. Photos: eEyeCam.com
च्याप्टरको कार्यालय सनिसाइड कुइन्समा नेता गिरीलाई च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे र अन्य पदाधिकारी र सदस्यहरुले स्वागत गरेका थिए।
स्वागत कार्यक्रममा बोल्दै नेता गिरीले आफु बीस बर्षपछि अमेरिका आएको बताउदै अहिले इन्फर्मेसनको कारण नेपालीहरुको संख्या मात्र होइन गुणबत्ता पनि बढेकोमा खुशी ब्यक्त गर्नु भयो।
उहाँले भन्नु भयो- "तपाईंहरुले यहाँ पाएको शिक्षा, राम्रो आदत र डिग्निटी अफ लेबरको परम्परा नेपालमा लागु गर्न सक्नुहोस्। लगानी र अन्य हिसाबले पनि तपाईंहरुको भूमिका सोचेभन्दा बढी हुन सक्छ।"
कार्यक्रममा आफ्नो पार्टी नेपाली कांग्रेस र त्यसका नेताहरुको कम्जोरी हरुको व्याख्या गर्दै नेपाली काँग्रेसको बौद्धिक ब्यक्तित्वको रुपमा सुपरिचित नेता गिरीले भन्नु भयो- "संसार भर कम्युनिस्ट ब्यबस्था समाप्त भई सक्यो। चिनमा पनि छैन। नेपालमा चाँही कम्युनिस्टहरु काँग्रेसभन्दा डबल छन्। यस्तो भएको हाम्रो कमजोरीको कारणले हो, नेपाली काँग्रेस कै कारणले हो। यदी नेपाली काँग्रेसका नेताहरुले जनताको ढुकढुकी र भावना बुझेर काम गरेका भए प्रजातन्त्र पछि पर्ने थिएन र कम्युनिस्टहरु अधी आउने थिएनन्।। हामीले आत्मालोचना गर्न सक्नु पर्छ।
हामीमा अझै पनि जनजातिभन्दा बाहुन-छेत्री ठुलो भन्ने अहंकार, महिलाभन्दा पुरुष श्रेष्ठ भन्ने अहंकार, अनपढभन्दा डिग्री हुनेको अहंकार कायम छ। यसरी जनजाति र तागाधारी, मधेसी र पहाडी, काम गर्ने र कामै नगरि खाने, पढेका र नपढेका अनि पुरुष र महिलाका बिच बिभेद रहदासम्म डेमोक्रेसी मौलाउन पाउदैन।"
उहाँले कांग्रेसले सुधार गर्न नसक्दा माओवादी बलियो भएर गएको दाबी गर्दै भन्नु भयो- "डेमोक्रेसीमा गल्ती गरे पछि सुधार गर्न सकिन्छ। तर नेका अप्रजातान्त्रिक संस्क्रितीको शिकार भएको छ। नेकामा 'विस्डम' को कमी छ। सारा बुद्धी र निर्णयको ठेक्का सिमित नेताहरुले लिने चलन छ। काँग्रेस अब हैकमबादले चल्नेवाला छैन। अब पनि सच्याएर आउन सकेनन् भने हाम्रा नेताहरुको पनि ज्ञाननेन्द्रको हालत हुनेछ।"
नेता गिरीले अमेरिकामा जन संपर्क समिती भित्र को बैध र को अबैध भन्ने बिबाद आफुले सुनेको र आफुले त्यसको यथार्थ बुझ्न चाहेको बताउदै उपस्थित काँग्रेसी बन्धुहरुलाई अर्को समुहका साथीहरुलाई पनि यो सन्देस पुर्याइदिन अनुरोध गर्नु भयो- "सबैसंग मधुर सम्बाद राखेर एकता अधिबेसन गराउनुहोस्। आजैदेखी अर्को पक्षका साथीहरुसंग एकताका लागि पहल गर्नु होस्।"
Photos: eEyeCam.com
नेता गिरी यो स्वागत कार्यक्रम अघी युनाइटेड नेपालीज डेमोक्रेटिक फ्रन्ट (UNDF) को कार्यक्रममा मुख्य अतिथीको रुपमा सहभागी हुनुहुन्थ्यो। उक्त कार्यक्रम बिच मै छोडि आफ्नो स्वागत कार्यक्रममा उपस्थित हुन आउनु भएको थियो। काँग्रेसी बन्धुहरुलाई फेरी अर्को दिन भेट गर्ने बाचा गर्दै उहाँ पुन: फ्रन्टको कार्यक्रममा सहभागी हुन फर्किनु भएको थियो।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it .

Read related news:
For more news York Nepalese community news go to:
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?