NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा आइ पुगे काँग्रेस कावा सभापति शुशिल कोइराला PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Wednesday, 24 June 2009 01:31
देबकोटा समूहलाई जनसंपर्क समिति बिघटन मान्य नहुने
न्यू योर्क- स्वास्थ्य उपचारकालागी नेपाली काँग्रेसका कावा सभापति शुसिल कोइराला हिजो न्यू योर्क आइ पुग्नु भएको छ । उता उहाँको अमेरिका बसाइको क्रममा अमेरिकामा भर्खरै बिघटनमा परेका दुइ जनसंपर्क समितिहरुको 'एकता सम्मेलन' गर्ने भन्ने योजनामा आनन्द विष्ट समुहले स्वागत गरेपनि सुरेन्द्र देबकोटा समुहले ठाडै बिरोध जनाएपछि केन्द्रबाट बिबाद समाधान गर्न गरिएको बिघटनले अझ उल्झन थप्ने संकेत दिएको छ ।
नेपाली काँग्रेस केन्द्रिय समितीले नेपाली जन संपर्क समिती अमेरिकाका सभापति सुरेन्द्र देबकोटालाई असार ४ (जून १८) मा एक परिपत्र लेखी देबकोटा समुह र अन्य कुनै पनि जनसंपर्क समितिहरु नरहेको जानकारी गराएको थियो ।
तर उक्त पार्टी परिपत्र उपर देबकोटा समुहले गत आईतवार आकस्मिक बैठक बसी नेपालबाट आएको उक्त पार्टी पत्रलाई ब्यक्तिवादी रुपमा आएको चित्रीत गर्दै त्यसको कडा बिरोध गर्ने निर्णय गर्नुका साथै समितिका सबै केन्द्रिय र स्थानीय च्याप्टरहरु यथावत कृयाशिल रहने निर्णयसमेत गरेको छ।
बैठकका निर्णयहरुलाई उद्ध्रित गर्दै प्रेसित ईमेलमा अध्यक्ष सुरेन्द्र देबकोटाले लेख्नु भएको छ:
"1. Regarding the last week's letter, the combined meeting of Central Committee, Chapter Presidents and Central Advisers decided to send a strong protest letter against the functioning of party system, i.e. individualistic ways. All chapter will also denounce it in a joint manner.
2. NJSS USA and all local chapters will performs its regular duties as usual, in particular, Dollar Program and BP Bhawan Nirman Sahayog activities will be carried out in more effective ways."
उता दुई जनसंपर्क समितीहरुको सिङ्गौरीबाट वाक्क भएका नेपाली कांग्रेस समर्थक अमेरिकि नेपालीहरु भने अब एकता हुने भो भनेर खुशीले गदगद भएका छन्।
देबकोटा समुहको केन्द्रिय संगठन बिभाग प्रमुख रहेका र दुई समुहबिच बिबाद बढ्दै गएपछि बिरक्तिएर राजिनामा दिइ बसेका बंसलाल तामाङले युएस नेपाल अनलाइनसँग भने-"
पार्टिबाट यस्तो दु:खद कदम चाल्न वाध्य बनाउने हामी अमेरिकि नेपाली कांग्रेस नै हौं। हामीले मिलेर बसेका भए यो स्थिती आउने थिएन। जे होस्, ढिलई भएपनि पार्टीले एकताकालागि चालेको यो कदम सकारात्मक कदम हो।
अब सबै समुह, बर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी एकिक्रित जनसंपर्क समिती बनाउनतिर लाग्नु पर्छ। म त्यस अभियानका लागि जस्तो सुकै मुल्य चुकाउन पनि तयार छु।"
यसै बिच, अध्यक्ष विष्ट समुहको जुन २१ आइतवार वसेको समितिको बैठकपछि जारी विज्ञप्तीमा 'नेपाली काग्रेस पार्टीको निर्देशन आफूहरुका लागि सर्वोपरी रहेको भन्दै पार्टीको निर्णय र निर्देशनलाई आफूहरु सदैव अंगिकार गरी आएको स्पष्ट पार्दछौं' भनिएको छ । समितिले आगामी दिनमा हुने एकता महाधिवेशनमा सहभागी हुन सबैलाई आब्हान गर्ने निर्णयसमेत गरेकेा छ ।
अब हेर्नु छ- पार्टी पत्रको अबज्ञा गर्ने देबकोटा समुहलाई कसरी कावा सभापति कोइरालाले आफ्नो न्यू योर्क बसाइभित्र एकता सम्मेलनका लागि "कन्भिन्स" गर्नुहुनेछ।
-Pradeep Thapa Magar. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read related news:

सुरेन्द्र देबकोटा समुहको वेब्साइट:
http://www.janasamparka.com
आनन्द विष्ट समुहको वेब्साइट:
http://www.janasamparkausa.org
सुरेन्द्र देबकोटा समुहको बैठकपछि जारी बैठकको निर्णय ईमेल:
Date: Mon, 22 Jun 2009
To: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
CC: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Dear Friends:
Here are agenda that were passed UNANIMOUSLY by yesterday's meeting.
1. Regarding the last week's letter, the combined meeting of Central Committee, Chapter Presidents and Central Advisers decided to send a strong protest letter against the functioning of party system, i.e. individualistic ways. All chapter will also denounce it in a joint manner.
2. NJSS USA and all local chapters will performs its regular duties as usual, in particular, Dollar Program and BP Bhawan Nirman Sahayog activities will be carried out in more effective ways.
3. Condolences on the demise of Ms Shaila Acharya, the leader of NC.
4. Wishing a well and soon recovery of Mr. Somu Ghimirae, NY Chapter President, who incurred a serious work injury.
Thank you
Surendra
नेपाली काँग्रेस केन्द्रिय समितीले नेपाली जन संपर्क समिती अमेरिकाका सभापति सुरेन्द्र देबकोटा र अर्को नेपाली जन संपर्क समिती अमेरिकाका सभापति आनन्द बिष्टलाई लेखेको पत्र:

नेपाली काँग्रेस
केन्द्रिय कार्यालय
पत्र संख्या ५२१/६५-६६               असार ४, २०६६
श्री सुरेन्द्र देबकोटा ज्यु,
सभापति, नेपाली जन संपर्क समिती
अमेरिका।
बिषय: एकता सम्मेलन।
राष्ट्रियता, प्रजातन्त्र, समाजवादका आदर्शप्रति समर्पित रहदै नेपाली काँग्रेसको सिद्धान्त, आदर्श, मुल्य र मान्यतालाई अंगिकार गरी सन् २००६ मे महिनामा संयुक्त राज्य अमेरिकाको टेक्ससमा बिधिबत रुपमा दर्ता भएको नेपाली जन संपर्क समिती, अमेरिकाको प्रथम अधिबेसन सेप्टेम्बर २, २००७ मा अमेरिकाको हार्टफोर्ड केनेक्टिकटमा भएको र सो अधिबेसन सम्पन्न गर्नका लागि नेपाली काँग्रेसले श्री खगेन्द्र जि.सी. को संयोजकत्वमा एक तयारी समिती र नेपाली काँग्रेसका महासमिती सदस्य श्री त्रैलोक्यप्रताप सेनलाई केन्द्रिय प्रतिनिधिको रुपमा खटाएको र सो अधिबेसनबाट तपाईं सभापतिमा निर्बाचित हुनु भएको सबैलाई बिदितै छ।
नेपाली काँग्रेसले त्यहाका लागि अधिबेसन तयारी समितिको संयोजक र केन्द्रिय प्रतिनिधि तोकी निर्वाचन गराएको उक्त अधिबेसनबाट तपाईं सभापति निर्बाचित हुनु भएको बिधमान नेपाली जन संपर्क समितीबाट सबैलाई समेटेर अमेरिकामा रहेका नेपालीहरु बिच सद्भाब र सहमतिको बातावरण निर्माण हुने अपेक्षा पार्टीले लिएको हो। तर कतिपय कारणले त्यो प्रयत्न सफल हुन नसकेको कुरा यथार्थ भएको छ। यस प्रकारको अवस्था बिधमान रहिरहदा हाम्रै साथीहरु बिच असमझदारीको दूरी अझै बढ्दै जाने सम्भावनालाई रोक्न र एकता सम्मेलनको आयोजना गरी सबै पक्षलाई समेटेर लैजान नेपाली कांग्रेसको बिधानअनुसार नेपाली काँग्रेसको आबद्धता प्राप्त अमेरिकामा यहाँको नेत्रित्वमा रहेको जन संपर्क समिती लगायत कुनै पनि जन संपर्क समिती अमेरिकामा आजका मितीबाट नरहेको निर्देशानुसार जानकारी गराइन्छ। एकता सम्मेलन र आगामी दिनमा गरिने ब्यबस्थाका लागि पछि पत्राचार गरिनेछ।
यसैबिच कार्यबाहक सभापति श्री शुशिल कोइरालाज्यु आफ्नो स्वास्थ्य परिक्षणकालागि चाडै न्यू योर्क आउनुहुने भएको छ। भाबी कार्यक्रमबारे सो अबसरमा यस सम्बन्धमा तपाईं र त्यहाका साथीहरुसँग भेट्घाट र छलफल गर्नु हुने कार्यक्रम रहेको कुरासमेत यहाँलाई जानकारी गराइन्छ।
रामचन्द्र पोखरेल
मुख्य सचिब
बोधार्थ:
श्री खगेन्द्र जि.सी., अमेरिका
श्री म्रिदुला कोइराला, केन्द्रिय प्रतिनिधि, उत्तर अमेरिका।
श्री आनन्द बिष्ट, न्यू योर्क, अमेरिका।
नेपाली काँग्रेसद्वारा नेपाली जनसंपर्क समिती अमेरिकाका सभापति आनन्द बिष्टलाई लेखेको पत्र:
नेपाली काँग्रेस
केन्द्रिय कार्यालय
पत्र संख्या ५३०/६५-६६               असार ६, २०६६
श्री आनन्द बिष्टज्यु,
न्यू योर्क, अमेरिका।
बिषय: एकता सम्मेलन।
नेपाली काँग्रेस केन्द्रिय कार्यालयबाट मिती असार ४, २०६६ मा पठाइएको 'एकता सम्मेलन' बिषयक पत्रको सम्बन्धमा तपाईंले कार्यबाहक सभापति ज्यु समक्ष सम्रेशण गर्नु भएको बिषयका सन्दर्भमा यो पत्र लेखिएको छ।
सो पत्रमा नेपाली काँग्रेसको आदर्श, मुल्य, मान्यता र सिद्धन्तप्रति आस्थावान अमेरिकामा रहेका नेपालीहरु बिच सद्भाब र सहमतीको बातावरण निर्माण गर्न, साथी रु बिच देखिएको असमझदारीको दूरी अझै बढ्दै जाने सम्भावनालाई रोक्न र एकता सम्मेलनको आयोजना गर्ने भनिएको छ। साथै, सो पत्रको आशय सो मितिबाट अमेरिकामा कुनै पनि जन संपर्क समिती अस्तित्वमा नरहेको स्पस्ट गरिन्छ। नेपाली कांग्रेसले एकता सम्मेलनका लागि समयमा नै पहल गर्नेछ र त्यसमा तपाईं र यस अघी तपाईंको नेत्रित्वमा रहेको समितीका साथीहरुको समेत सकृय सहभागीता र सहयोगको नेपाली कांग्रेसले अपेक्षा गरेको छ।
जय नेपाल!
रामचन्द्र पोखरेल
मुख्य सचिब
नेपाली काग्रेसद्वारा जनसर्म्पर्क समिति अमेरिका विघटन :विष्टद्वारा स्वागत
अमेरिका,  न्यू योर्क, । नेपाली काग्रेसको भातृ संगठनकारुपमा सयुक्त राज्य अमेरिकामा गठन भएका दुइ वटा नेपाली जनसर्म्पर्क समिति अमेरिकालाई नेपाली काग्रेस केन्द्रीय कार्यालयले विघटन गरेको छ । गत जुन १८ तारिखमा एक पत्र पठाइ अमेरिकामा अव उप्रान्त कुनै पनि सर्म्पर्क समिति नरहेको जानकारी दिदैं एकता सम्मेलन गर्नका लागि यसरी समिति विघटन गरिएको जनाइएको छ ।
यसरी आफ्नो मातृ पार्टी नेपाली काग्रेसले दुइ समितिलाई अमेरिकामा रहेको विवादलाई मिलाउन गरेको पहल र विघटनलाई बिघटित नेपाली जनसर्म्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले स्वागत गर्नु भएको छ । अध्यक्ष विष्टको अध्यक्षतामा जुन २१ आइतवार वसेको उक्त समितिको बैठकपछि जारी विज्ञप्तीमा नेपाली काग्रेस पार्टीको निर्देशन आफूहरुका लागि सर्वोपरी रहेको भन्दै पार्टीको निर्णय र निर्देशनलाई आफूहरु सदैव अंगिकार गरी आएको स्पष्ट पार्दछौं भनिएको छ । समितिले आगामी दिनमा हुने एकता महाधिवेशनमा सहभागी हुन सबैलाई आब्हान गर्ने निर्णयसमेत गरेकेा छ ।
यही जुन १९ तारिखमा आनन्द विष्टको नाममा पार्टीद्वारा पठाइएको पत्रमा यस अघि तपाईंको नेतृत्वमा रहेको समितिका साथीहरुको समेत सक्रिय सहभागिता र सहयोगको नेपाली काग्रेसले अपेक्षा गरेको छ भन्ने निर्देशनलाई केन्द्रीय समितिले स्वागत गर्दै आगामी दिनमा हुने एकता सम्मेलनले अमेरिकामा यसअघि देखिएको जनसर्म्पर्क समिति भित्रको विवाद समाधान भएर जाने विश्वास व्यक्त गरेको छ । साथै पार्टीको निर्देशन र निर्णयका पक्षमा एकतावद्ध रहन अमेरिकामा छरिएर रहेका काँग्रेस शुभेच्छुकहरुलाई समितिले आग्रहसमेत गरेको छ ।
जय नेपाल
जून २२, २००९
वेदप्रसाद खरेल
निवर्तमान महासचिव
नेपाली जनसर्म्पर्क समिति अमेरिका

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?