NEWS: बिबिसी नेपाली सेवा ::

Inside

४९ वटा अल्प बिकसित मुलुकहरु (LDCS) को अगुवा बन्यो नेपाल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Wednesday, 30 September 2009 14:15
न्यू योर्क- संयुक्त राष्ट्र संघ अन्तर्गतको ४९ वटा अल्प बिकसित मुलुकहरुको समुह Least Developed Countries (LDCs) को अध्यक्ष पदमा आगामी तीन बर्षकोलागि नेपाल निर्बाचित भएको छ।
नेपालकोतर्फबाट संरासंको ६४ औं महासभामा भाग लिन न्यू योर्क आउनु भएकी परराश्ट्र मन्त्री सुजाता कोइरालाले उक्त अध्यक्ष पदभार सम्भाल्नु भएको छ।
संरांसंको ब्यापार तथा बिकास संस्था (United Nations Conference on Trade and Development- UNCTAD) द्वारा स्थापित गरिएको अल्प बिकसित मुलुकहरुको समुह (LDCS) मा नेपाल लगायत अफ्रिका महादेशका ३३ मुलुकहरु, एशिया महादेशका १० मुलुकहरु र प्यासिफिक क्षेत्रबाट ५ मुलुकहरु गरी विश्वका ४९ वटा गरीबतम देशहरु स्म्मिलित छन्।
एशियाली मुलुकहरुमा नेपाल बाहेक अफ्गानिस्तान, बङ्गलादेश, भुटान, क्याम्बोडिया, लावोस, माल्दिभ्स, म्यान्मार (बर्मा) इस्ट टिमोर र एमन राज्यहरु छन्। (LDCS बारे मेरो पूर्ण विवरण भएको रिपोर्टिङ पढ्नुहोस् )
उता युएनडिपी (UNDP) को मानब बिकास सुचाङ्क सन् २००७/०८ (Human Development Index 2007/2008) का अनुसार नेपाल विश्वका १७७ मुलुकहरुमा १४२ औं राष्ट्रमा पर्दछ। यो लिस्ट अनुसार मुलुक जति उधोगतिमा छ नम्बर बढ्दै जान्छ।
अझ नेपाल जस्तो मुलुक अल्पबिकसित मुलुकहरुको समुहबाट ग्याजुएट हुन नेपाल लगायत ११ मुलुकलाई आउदो ५० बर्ष भन्दा बढी लाग्ने UNCTAD को बिश्लेशणलाई पत्याउने हो भने हाम्रा नेताहरुले अब सरकार ढाल्ने खेलमा समय बिताउने होइन बल्की झट्ट देशको सर्बाङ्गिण बिकासमा दिलो ज्यानले लाग्नु पर्न देखिन्छ।
अर्को कुरा, लगानी गर्न खोज्नेहरुबाट काम फत्ते गर्न घुस, कमिसन खान्यालाई कडा सजाय दिइ देशमा लगानी गर्न चाहने देशी, बिदेशी सबैलाई उत्तिकै प्रोत्साहन गरेर नेपाललाई लगानी र उत्पादनको उर्बर मुलुकको रुपमा स्थापित गर्नु उत्तिकै जरुरी छ।
उक्त सुचाङ्कअनुसार संयुक्त राज्य अमेरिका १२ औं नम्बरमा पर्दछ भने नम्बर १ देखी ११ औं सुचीमा क्रमश: आइस्ल्यान्ड, नर्वे, अस्ट्रेलिया, क्यानाडा, स्विडेन, स्विट्जर्ल्यान्ड, जापान, नेदर्ल्यान्ड, फ्रान्स, र फिन्ल्यान्ड पर्दछन्।
नेपालको छिमेकी मुलुकहरु चिन र भारत चाँही क्रमश: ८१ औं र १२८ औं नम्बरमा पर्दछन्।
प छिल्लो लहरका १७० देखी १७७ नम्बरका मुलुकहरुमा क्रमस: चाद, सेन्ट्रल अफ्रिकन रिपब्लिक, माली, नाइजर, गुइनिया-बिसाउ, बुर्किना फासो र सिएरा लिओन पर्दछन्।
यो बर्षको मानब बिकास रिपोर्ट Human Development Report 2008/09) अक्टोबर ५ मा जारी गरिदैछ, जसमा नेपालले फड्को मार्ने सम्भाबना केही देखिदैन। उता १ नम्बर सुचीमा परेको आइस्ल्यान्ड विश्व आर्थिक मन्दी (Global economic recession) को कारण बैंकिङ क्षेत्र टाट पल्टिकाले यो सुचीमा निक्कै पछि पर्ने अबस्यम्भाबी छ। यता बैंकिङ क्षेत्र, आर्थिक मन्दी, अन्य मुलुकसंग ब्यापारिक घाटाका कारण सयुक्त राज्य अमेरिका पनि अझ पछिल्तिर धकेलिने सम्भाबना छ।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

iLoveMyWorld.com
For more New York Nepalese community news go to:
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?