NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

"घुस खान्या र दिन्या" मा नेपाल १४३ औं नम्बर नटबर लाल PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Tuesday, 17 November 2009 18:25

Special report: न्यू योर्क- ट्रान्सपारेन्सी इन्टर्नेसनल (Transparency International को सन् २००९ को भ्रस्टाचार सुचाङ्क (Corruption Perceptions Index 2009) अनुसार नेपाल भ्रस्टाचारको मामलामा पनि उँधो गति नै लागेको छ।

 



उता संयुक्त राष्ट्र संघ बिकास कार्यक्रम (UNDP) को "मानब बिकास रिपोर्ट" Human Development Report (HDR) को २००९ संस्करणमा नेपाल पोहर सालभन्दा २ देश अरु पछाडि १४४ औं नम्बरमा पुगेको थियो भने पोहर सालको भ्रस्टाचार सुचाङ्कमा १३१ औं नम्बरमा रहेको नेपाल यसपाली १४३ औं भ्रस्टाचार महारथी बन्नु पुग्नु अर्को बैरागको कुरो भएको छ। जनता कङ्गाल बन्दै गएका बेला हाम्रा नेताहरुको त्यसै रातारात राज महलहरु खडा भएका र पजेरो चढेका रहेनछन्।

सन् २००९ को भ्रस्टाचार सुचाङ्कमा समेटिएका १८० देशहरुमा अत्यन्त न्युन घुस खोरी हुने भएका कारण टप टेनमा पर्ने देशहरुमा क्रमश: न्यू जिल्यान्ड, डेनमार्क, सिङ्गापुर, स्विडेन, स्विजर्ल्यान्ड, फिन्ल्यान्ड, नेदर्ल्यान्ड, अस्ट्रेलिया, क्यानाडा र आ इस्ल्यान्ड छन् भने संयुक्त राज्य अमेरिका पोहर सालभन्दा एक नम्बर खुस्केर १९ औं नम्बरमा पुगेकोछ।

सन् २००९ को सबैभन्दा भ्रस्ट देश चाँही १८० औं नम्बरमा सोमालिया छ। सन् २००८ मा पनि सोमालिया नै सुचिको अन्तमा थियो।

सन् १९९३ मा जर्मनीमा स्थापित ट्रान्सपारेन्सी इन्टर्नेसनल संस्थाको ९० मुलुकमा शाखाहरु छन् जस्ले सन् २००४ देखी यो सुचाङ्क जारी गर्दै आएकोछ।

नेपालको उँधो गति सन् २००४ देखी नै लागेको यसको तथ्याङ्कले देखाउँछ।

सन् २००४ मा ९० औं नम्बरमा रहेको नेपाल सन् २००५ मा ११७ औं नम्बरमा, सन् २००६ मा १२१ औं नम्बरमा र सन् २००७ मा १३१ औं नम्बरमा खुस्किदै गएको ट्रान्सपारेन्सी इन्टर्नेसनलको उपलब्ध सुचाङ्कले देखाएकोछ।

उता हाम्रो छिमेकी मुलुकहरु भारत र चिन पनि भ्रस्टाचार निवारण गर्न असक्ष्यम भएको तथ्याङ्कले देखाएको छ तर उनिहरुको द्रुततर बिकासको कहानीका पछाडि अत्तालिहाल्नु पर्ने स्थिती नहुन सक्छ।

भारत सन् २००९ को सुचिमा ८४ औं नम्बरमा छ भने चिन ७९ औं नम्बरमा छ। पोहर साल भारत ८५ औं नम्बरमा र चिन ७२ औं नम्बरमा थियो। भारत सन् २००४ मा नेपालसंगै ९० औं स्थानमा थियो भने सन् २००५ मा ८८ औं नम्बरमा झर्न सफल भएको थियो। सन् २००६ मा ७० औं नम्बर कायम गर्न सफल भारत सन् २००७ मा ७२ औं स्थानमा झरेको थियो।

नेपाल अत्यन्त गरीब मुलुकहरु (Least Developed Countries) को संरासंको सुचिमा जसरी स्वाभिमानी नेपालीको शिर निहुर्याउने गरी पछाडि परेको छ, त्यसैगरी इमान्दार भनेर दाबी गर्ने हामी नेपालीहरुको हुर्मत लिने गरी नेपाल बर्शेनी खुङ्खार भ्रस्टाचारीहरुको मुलुकको रुपमा उक्लिदै जाँदा अब चाँही हामीले शिर निहुर्याउने मात्र हैन अपराधीले क्यामेराको अगाडि मुख छोपे झैं हाम्रो मुख छोप्नु पर्ने भएकोछ। कोही छ- हाम्रो देशलाई उँधो गतिबाट उभो गतितिर हाँक्ने?

Read our related news:
-१४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती

iLoveMyWorld.com
For more New York Nepalese community news go to:
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?