NEWS: बिबिसी नेपाली सेवा ::

Inside

अमेरिकामा नेपाली पत्रकारहरुको चुनावि चहल पहल शुरु PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Bijaya Poudel   
Tuesday, 06 April 2010 00:43

Exclusive reporting: 33 photos: न्यू योर्क- अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संगठन 'नेपाल अमेरिका पत्रकार संघ' को दोश्रो महाधिबेशन हुने मिति (अप्रिल २४ र २५) नजिकिदै गर्दा नयाँ कार्य समितीकोलागि चुनाबी सरगर्मी शुरु भएकोछ।




सन् २००७ को अप्रिलमा विधिवत रुपमा उत्तर अमेरिकाका नेपाली पत्रकारहरुको क्षेात्रिय सम्मेलन आयोजना गरि शुरु गरिएको नेपाल अमेरिका पत्रकार संघ Nepal America Journalists’ Association (NAJA) को दोस्रो अबिधेसन आउँदो अप्रिल महिनाको २४, २५ तारिक एटलान्टिक सिटिमा सम्पन्न हुँदैछ।

नेपालमा सकृय पत्रकारितामा संलग्न रही अमेरिका छिरेका र अमेरिका मै पत्रकारिता गरिरहेका नेपालि अमेरिकि पत्रकारहरुलाई एउटै हातामुनि ल्याएर एक अर्कासँग भेटघाट, सरसहयोग र समन्वय गराउने उदेश्यले शुरु गरिएको "नाजा" को पहिलो कार्यकाललाई सफलता पुर्वक दोस्रो अधिवेसनको संघारमा पुर्याउने काम गर्न  "नाजा" अध्यक्ष गिरिस पोखरेल र उनको टिम सफल भएकोछ। अध्यक्ष पोखरेल लामो समयदेखि नेपालि पोष्ट डट कम (NepaliPost.com) अनलाइन न्युज पोर्टल चलाउँदै आएका छन् ।

 


NAJA President Girish Pokhrel, VP Sushil Neupane, Gen. Secretary Krishna P. Sharma, Secretary Chandra K. Khatiwada & Treasurer Gunaraj Luitel. Photos courtesy: www.naja-usa.com

संस्था स्थापनाको प्रारम्भिक अवस्थामा अमेरिकि नेपालि पत्रकारहरु माझ त्यति चासोको विषय बन्न नसकेको नेपाल अमेरिका पत्रकार संघ "नाजा" को दोस्रो अधिवेसन जति जति नजिकदैछ त्यति त्यति नै चासो बढ्दै गएको छ । एक डेढ फिट हिउँ परेर चिसिएको अमेरिकि मौसम जसरि तातो तातो बन्दै गरिरहेको छ त्यसैगरि "नाजा" को आगामि कार्यकालको लागि चुनिने प्रतिनिधिको विषयमा पत्रकारहरु बिच चर्चा परिचर्चा शुरु हुन थालेको छ । बिहान बेलुका फुस्रद हुनासाथ एक अर्कासँग भेटेरै गफ गर्न सम्भव नहुने अमेरिकामा फोनबाटै भएपनि प्रतिनिधि को हुने, कसलाई ल्याउने भन्ने विषयमा चर्चा हुन थालेको छ ।

Executive members: Anup Thapalia, Bimal Nepal, Bishwa Shah, Sharmila Upreti & Chandan Prasain. Photos courtesy: www.naja-usa.com

प्रारम्भमा डिसि, भर्जिनिया र बाल्टिमेारको गोलार्ध वरिपरिबाट नेतृत्व गरिएको "नाजा" को आउँदो अधिबेशनको चर्चा अहिले व्यापक रुपमा न्युयोर्क, न्यु जर्सी, कनेक्टिकेट र बोस्टनतिर पनि सरेको देख्दा पक्कै पनि नेपाल अमेरिका पत्रकार संघले एउटा स्वरुप लिएको भान हुन्छ ।

Executive members: Pearl Regmi, Gobinda Singh Rawat, Manoj Acharya & Mukti Dawadi. Photos courtesy: www.naja-usa.com

नेपालमा व्यवसायिक पत्रकारिता गरेका र गर्दागर्दै अमेरिका आएपुगेका पत्रकारहरु झण्डै डेढ सय जनाको हाराहारिमा पुगिसकेका छन् । त्यसमध्ये धेरै जसो पत्रकारहरुले आफ्नो नेपालको व्यवसायलाई त्यति नियमियता दिएको पाइदैन। कतिपय पत्रकारहरुले विभिन्न मिडियाहरुमा सकि्रय योगदान दिइरहेका छन् भने कतिपय नेपालमा स्थापित पत्रकारहरु अमेरिका आएपछि वर्षमा एक पटक भएपनि कलम चलाउ भनेर सोच्नसम्म भ्याएका छैनन् ।

अमेरिकि-नेपाली पाक्षिक पत्रिकाहरु

तर त्यसो भन्दैमा सबै पत्रकारहरुले आफ्नो पत्रकारिता ब्यवसाय छाडेका छैनन् । हाल अमेरिका भरिमा चारवटा पाक्षिक नेपाली पत्रिकाहरु जस मध्ये 'विश्व सन्देश' (शुरुमा डिसिबाट) र हाल तिन वर्षदेखि न्युयोर्कमा प्रकाशित छ । यसको सम्पादन यो पङ्क्तिकार स्वयमले गर्दै आएको छ।



त्यसैगरि, 'विश्व परिक्रमा' भर्जिनियाबाट प्रकाशित हुँदै आइरहेको छ जसको प्रमुख सम्पादक गोविन्द गिरि 'प्रेरणा' हुन्।

त्यसैगरि, 'एभरेष्ट टाइम्स' पाक्षिक दुई वर्षदेखि न्युयोर्कमा प्रकाशित हुँदै आइरहेको छ जसको प्रमुख सम्पादक आङ् छिरिङ् शेर्पा हुन्।



उता बोस्टोनबाट उत्तम बाबु श्रेष्ठले 'नेपाल खबर' पाक्षिक पत्रिका एक वर्षदेखि आफ्नो सम्पादकत्वमा प्रकाशित गर्दै आएका छन् ।

अमेरिकाको अत्यन्त व्यस्त जिवनमा आफ्नो बचेको समयमा त्यो पनि नेपालकै स्तरका पत्रिका प्रकाशन गर्नु त्यति सजिलो त छैन तर पनि कतिपय पत्रकारहरुले भने विदेशि समुदाय माझ आफ्नो व्यवसायिक धर्म छाडेका छैनन् ।

अमेरिकि-नेपाली अनलाइन न्युज पोर्टलहरु

अमेरिकामा पत्रिकामात्र होइन कतिपय नेपाली पत्रकारहरुले राम्रा, लोकपृय र स्तरिय अनलाइन न्युज पोर्टलहरु पनि संचालन गरिरहेका छन् ।

ति मध्ये केही नेपाली न्युज पोर्टलहरुको सुची:

AmericaDarpan.com (TX)
DCNepal.com (VA)
HamroSamaj.net (CA)
Janapukar.com (CA)
NepaliPost.com (VA)
NepalHorizons.com (VA)
NepalMother.com (VA)
PressChautari.com (NY)
USNepalOnline.com (NY)

 

अमेरिकि-नेपाली रडियो र टिभी च्यानलहरु

त्यसै गरि, रेडियो तर्फ अनलाइन रेडियो 'हिमालि स्वरहरु' (NepaliRadio.org), NY र रेडियो दोभान (RadioDovaan.com), VA जस्ता रेडियोहरु पनि संचालनमा छन् ।



उता भर्जिनिया राज्यबाट राम खरेलले लामो समयदेखि 'सगरमाथा टेलिभिजन' (Sagarmathatv.us) संचालन गरिरहेका छन् । यो टेलिभिजन PBS र Public Broad Services मा प्रत्येक शनिबार बिहान ८ बजे देखी ९ बजे र दिउसो २ बजेदेखी ३ बजे डिसी, भर्जिनिया, म्यारिल्यान्ड, पेन्सिल्भानिया एरियामा प्रसारण हुन्छ। निर्माता खरेलका अनुसार यो टेलिभिजन ४.५ मिलिएन घर परिवारमा पुग्दछ।



त्यसैगरि, अमेरिका बसेर पनि नेपालमा कान्तिपुरकोलागि दिनेशजंग शाहले रिपोर्टिङ् गर्दै आएका छन् । "नाजा" को आगामि अधिबेसनको बारेमा प्रश्न गर्दा शाह भन्दछन्- '"नाजा" को अवधारणा अत्यन्त राम्रो हो तर यस संस्था नेपालको महासंघकै तालमा बग्नु भएन विल्कुल भिन्न ढंगले अमेरिकि शैलिमा स्वतन्त्र तथा प्रजातान्त्रिक संस्थाको रुपमा विकसित हुनु पर्यो ।'

को आउला "नाजा" को नेत्रित्वमा ?

"नाजा" को अधिवेसन नजिकिदै गर्दा नेतृत्वको लागि चार जनाको नाम अपुष्ट रुपमा चर्चामा आउन थालेकोछ ।

त्यस मध्ये नेपालमा स्वतन्त्र पत्रकारिता गरेका पत्रकार तथा नेजाका बर्तमान कोशाध्यक्ष गुणराज लुँइटेललाई 'तपाईं आगामि अधिबेशनमा नेतृत्वमा आउन खोज्नु भएको हो?' भन्दा उनको भनाई छ- 'भरसक योग्य मान्छे नेतृत्वमा ल्याउने इच्छा छ, जसले संस्थामा हिजोका त्रुटिहरु सच्चाएर नौलो काम गर्न सकोस, त्यसैले अहिले नै नेतृत्वमा आउँछु भनेर हिड्नु ठिक पनि होइन त्यसैले समयको माग र आवस्यकता अनुरुप अगाडि बढ्ने हो ।'

त्यसैगरि, अमेरिकाको प्रतिष्ठित पत्रिका The Washington Post मा कार्यरत तथा "नाजा" का बर्तामान महासचिब कृष्ण शर्मालाई नेतृत्वको बारेमा प्रश्न गर्दा उनि भन्दछन्- 'हुन त म अहिलेको कमिटिको पनि जिम्मेबार व्यक्ति हुँ तर विविध कारणले काम गरेर देखाउन सकिएन । यो टिम वर्क भएको हुँदा भरसक टिममा मिलेर जान सक्ने, मिलेर काम गर्न सक्ने योग्य उम्मेद्वारको खोजि गर्न पाए राम्रो हुन्थ्यो । त्यसैले मेरो चािहं साथिहरुको भावना अनुरुप अगाडि बढ्ने योजना छ ।'

"नाजा" को आगामी अधिबेसनको बिषयमा जानकारी गराउंदै महासचिब शर्माले भने- 'प्रमुख अतिथिको लागि नेपालबाट नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा आउने संभावना छ भने अतिथिको रुपमा 'कमिटि फर प्रोटेक्शन अफ जर्नालिस्ट' भन्ने संस्थाको साउथ इस्ट एशियाको रिसर्च एशोसिएट्स म्याडेलिन एर्प र नेपाल र नेपालिको लागि काम गरेका अमेरिकि वकिल म्याथिउ ह्याण्ड्लि अधिवेसनमा भाग लिन आउने पक्का भएको छ ।'

Radio Dovaan President & Host Nagendra Poudel, Gen. Secretary Krishna P. Sharma & Treasurer Gunaraj Luitel. Photos courtesy: www.naja-usa.com

त्यसैगरि, अध्यक्षकै लागि नाम सुनिने गरेका अर्का पत्रकार नगेन्द्र पैाडेल अमेरिकाको वासिङ्गटन डिसीबाट संचालित 'रेडियो दोभान' (RadioDovaan.com) का संचालक / प्रेसिडेन्ट पनि हुन् । उनलाई नेतृत्वको बारेमा प्रश्न गर्दा उनको भनाई छ- '"नाजा" कै संस्थापक साथिहरुले पनि आग्रह चाहि गर्नु भएको छ । वहाँहरु भन्नु हु्न्छ तपाइँ नेतृत्वमा आउनुपर्यो, जिम्मेवारि लिनु पर्यो भनेर भन्नुहुन्छ तर मैले चाहिँ निर्णय गरिसकेको छैन ।'

अधिवेसनको विषयमा वर्तमान अध्यक्ष गिरिस पोखरेल भन्दछन्- 'सकेको समय संस्थाको लागि हामिले दिएकै हौ अब आउने नेतृत्वले अझ धेरै समय दिन सक्ने होस्, सबैलाई समेट्न सक्ने होस्, एक अर्कासँग बैमनस्यता नहोस्, हामि सबै पत्रकारहरु सहमतिबाट मिलेर अगाडि बढौं । संस्था जन्मनु मात्र ठुलो कुरा होइन यसलाई हुर्काउनु बढाउनु ठुलो कुरा हो, त्यसैले अब संस्थाप्रति धेरै साथिहरुको चासो बढेको छ, त्यो नै ठुलो कुरा हो । म एकताका पत्रकार थिएं होइन म अहिले पनि पत्रकार नै छु भनेर सबै पत्रकार साथिहरुले कलम चलाउन छाड्नु भएन भन्ने मेरो भनाई छ ।'

नेपाली-अमेरिकन पत्रकारहरुको संख्या १३९ जना हाराहारिमा रहेकोमा अधिवेसनमा सहभागिता ५०, ६० जनाको हुने अनुमान गरिएकोछ।

"नाजा" को बर्तमान कार्य समिती निम्नानुसार छ:

1. President: Girish Pokhrel (VA)
2. Vice President: Sushil Neupane (VA)
3. General Secretary: Krishna P. Sharma (VA)
4. Treasurer: Gunaraj Luitel (VA)
5. Secretary: Chandra K. Khatiwada (NY)
6. Executive member: Anup Thapalia (NJ)
7. Executive member: Bimal Nepal (Boston, MA)
8. Executive member: Bishwa Shah (NY)
9. Executive member: Govinda Singh Rawat (Toronto, Canada)
10. Executive member: Pearl Regmi (Baltimore, MD)
11. Executive member: Sharmila Uprety (VA)
12. Invitee member: Chandra Prasain (TX)
13. Invitee member: Manoj Acharya (Baltimore, MD)
14. Invitee member: Mukti Dawadi (VA)
15. Invitee member: Surendra Chaudhari (CA)

Website: http://www.naja-usa.com
E-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Nepal America Journalists' Association (NEAJA)

-Bijaya Poudel in New York

Note: हाम्रा सहकर्मी पत्रकार बिजय पौडेल न्यू योर्कबाट प्रकाशन हुने पाक्षिक नेपाली पत्रिका विश्व सन्देशका प्रधान सम्पादक हुन्।

Bijaya Poudel, Chief Editor, Vishwa sandesh, New York. Photo: eEyeCam.com for usnepalonline.com

Comments

avatar purushottam
0
 
 
Nice information on depth.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?