NEWS: बिबिसी नेपाली सेवा ::

Inside

नेपालका मानवअधिकारवादी न्यू योर्कमा आएर के बोले? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Prathaa Magar   
Friday, 15 May 2009 08:12

न्यू योर्क- नेपालका सुपरिचित मानवअधिकारकर्मी अगुवा शुशिल प्याकुरेल न्यू योर्क शहरमा एकै दिनमा ७ वटा बैठक सकेर आज नेपाल फर्किदै छन्। उनी न्यू योर्कमा किन आए? कोसँग भेट गरे र के भने?

"हाम्रो पिस प्रोसेस हेर्दा अहिलेको स्थितिमा असफल भएको, कामै नलाग्ने हो कि जस्तो भान हुन्छ तर पिस प्रोसेस भनेको कहिले पनि एउटा ट्रयाकमा मात्र हिड्दैन, यसमा अपसाइड डाउनहरु हुन्छन्। र नेपालमा जे जती भयो अहिलेसम्म दुई बर्षको अबधिमा भएको त्यो एचिभ्मेन्टलाई काम आक्न हुँदैन्।"

उपरोक्त भनाइ न्यू योर्कमा हिजो साँझ नेपालीहरुसँग अन्तर्कृया कार्यक्रममा बोल्दै अहिले नेपालमा सरकार ढाल्ने र बनाउने फोहोरी खेल्को अवस्थाले जनतामा आएको निराशाप्रति टिप्पणी गर्दै नेपालको मानव अधिकार आयोगका पूर्व सदस्य तथा अहिले 'जवाफदेहिता निगरानी समिती' (Accountability Watch Committee) र 'सामाजिक सम्बाद समुह' (Alliance for Social Dialogue) का अध्यक्ष रहेका मानवअधिकारवादी नेता शुशिल प्याकुरेलले बताउनु भएको हो।
 
 
Human Rights leader Sushil Pyakurel in New York. Photos: eEyeCam
 
अन्तर्कृया कार्यक्रममा बोल्दै उनले भने- "नेपालको पिस प्रोसेस कुनै देशसँग दाज्न मिल्दैन्- हामीले संसार कै नमुना पिस प्रोसेसमा आएर देखाएका छौ तर समस्या कहाँनिर परिरहेको छ भने हामीलाई स्टेट रेस्ट्रक्चरिङ्ग पनि अहिले गर्नु परेको छ। हामीलाई रिपब्लिक सिस्टमभित्र पनि अहिले नै हिंड्नु परेको छ। अनी एकात्मक राज्य प्रणाली भएर चलेको देशलाई बिभिन्न भागमा बिभाजन गरेर सङ्घियता भित्र पनि अहिल्यै लैजानु परेको छ। हामीले इन्क्लुशिव सोसाइटी पनि अहिले नै बनाउनु परेको छ। सबै कुरो अहिल्यै गर्नु परेको छ। त्यती मात्र होइन हिन्दू स्टेटलाई सेकुलर स्टेट भनेर मात्र होइन साच्चिकै सेकुलर स्टेट बनाउनु परेको छ... यस्ता च्यालेन्जहरुलाई समाधान गर्नु पर्ने बेला त्यो च्यालेन्जलाई लिएर अगाडि बढ्नु पर्ने जुन स्टेट्स्मेन्शिपको जुन खाचो छ त्यस्तो हाम्रा नेताहरुबाट निस्किनु पर्नेमा त्यो हामीले कहाँ पाइएको छैन। यो एक बिडम्बना हो।"

उनले प्रश्न गरे-"म जन्मिनु अघी हाम्रो देशमा लोकतन्त्र थियो। २००७ सालमा प्रजातन्त्र आयो। म २००७ साल पछीको नाजरिक हुँ। इन्डियामा प्रजातन्त्र आएको दुई बर्ष पछि नै हामी कहाँ प्रजातन्त आइ सकेको थियो। उतार चरढाबका बाब्जुद बिपी कोइरालले दुई तिहाइ बहुमत ल्याएर जितेका हुन् तर अब अहिले हामी कहाँ छौ? हामीले जहिले पनि एक्सनको लागि रियाक्सन मात्र गर्नु परेको छ। ड्याट इज आओर स्याड लेगेसी हो।"

जब सम्म मानव अधिकार हनन् कर्ताहरुलाई कार्यबाही गरिदैन या जनताका सामु उभ्याइदैन, नयाँ नेपाल बनाउन नसकिने बताउदै उनले भने-"हाम्रा सहमती सम्झौताहरुलाई हेर्ने हो भने हाम्रा नेताहरु फुलिस् जस्ता लाग्दइनन्। बिदेशिहरुले भने- "यु आर भेरी वाइज पिपल्"। किन भने अरु देशको पिस अक्कर्डमा एक्पर्टहरु ल्याएर शान्ती सम्झौता गरिन्छ। हाम्रो त टोटली विथिन दि ओनर्शिप अफ नेपाली पिपल भएको छ। तर विश्व मै यस्तो उदाहरणीय काम गरेको हामी कहाँनिर चुक्यौ त? हामीले गर्छौ भन्छौ तर मेकानिज्म बनाउदैनौ। पिस प्रोसेस शुरु भयो तर त्यो पिस प्रोसेस सम्झुतालाई पालना गरिएको छ कि छैन भन्ने मेकानिज्म गराउन सकेनौ।"
 
 
Sushil Pyakurel interacting with Nepalese in New York.
 
मानवअधिकारवादी नेता प्याकुरेल ल्याटिन अमेरिकि देश कोलम्बियाको कार्टोहानामा गत मैइ ४, ५ र ६ मा सम्पन्न ३५ देशका प्रतिनिधिहरुले भाग लिएको Demobilization, Disarmament and Reintegration (DDR) कार्यक्रममा भाग लिएर नेपाल फर्किने क्रममा १० मैइमा वासिङ्गटन डिसीमा अमेरिकि स्टेट डिपार्ट्मेन्टका अफिसियल, USIP, NED, Freedom House, Human Rights watch का प्रतिनिधिहरु र डिसीवासी नेपालीहरुसँग अन्तर्कृया गर्नु भएको थियो भने उहा न्यू योर्कमा १३ तारिख बेलुकी आउनु भएको थियो।

न्यू योर्कमा चाँही उहाले हिजो एकै दिनमा सङ्युक्त राष्ट्र संघको डिपार्ट्मेन्ट अफ पब्लिक अफेयर्स (UN DPA), International Crisis Group, Open Society Institute (OSI) लगायतका अन्तरराष्ट्रिय सस्थाहरु र न्यू योर्कका नेपालहरु बिच अन्तर्कृया गर्नु भएको थियो।

प्रखर र स्पस्ट बिचारका धनी प्याकुरेललाई हतारमा डाकिएको न्यू योर्क नेपाली कार्यक्रममा धेरै नेपालीहरुले "मिस" गरे। जादा जादै उनले भने- "म त आइ नै रहन्छु। फेरी अर्को भेटमा सबैलाई भेटौँला।"

-Prathaa Magar in New York. Comments? 917-570-1098. This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
 
Sushil Pyakurel: Human Rights Leader from Nepal
 
Sushil Pyakurel is a former Commissioner of Nepal’s National Human Rights Commission (NHRC) and founder of INSEC, An front line and reputed Human Rights Organization. Since the peace agreement was signed last year 2006 Nov, Mr. Pyakurel has been engaged in raising national and international attention and support to the elections to the constituent assembly.

Mr. Sushil has played important role to establish National Human Rights Institution (National Human Rights Commission) in Nepal. Mr. Pyakurel is always in front line in the struggle against Impunity and for  Accountability.
 
 Due to his strong criticism against royal takeover, he had been restricted to travel after the February 1. His travel restrictions were unwillingly relaxed in March 20 after a letter that had been submitted to the Nepalese Government written by eight US Senators followed by an invitation from the UNOHCHR and an immense pressure from the international community. The Nepalese Government permitted him to fly to USA where he had the opportunity to brief the US Senate office, high government officials, political leaders and other international human rights organizations regarding the scenario of human rights situation in Nepal after royal takeover. He was also invited to speak in European Parliament about the HR situations in Nepal where he strongly raised the issue of smart sanction to the royal family including those who are involved in royal repression. He stayed in India for a year to make strong international lobby for the restoration of democracy.

He has also played the crucial role to create a unanimous support in the 61st annual meeting of the United Nations Human Rights Commission for the establishment of the Office of High Commissioner in Nepal to monitor the human rights situation. 
Due to his long efforts with the support of other human rights defenders, the seven political parties (SPA) and the Maoists agreed to respect human rights principle mentioned in no 8 of the 12 points agreement.

As the most respected and distinguished human rights defender in Nepal, he is lobbying towards addressing the avoidance of impunity and accountability in capacity of the President of the Accountability Watch Committee (AWC)- the informal collective initiative of civil society for accountability. Moreover, Mr. Pyakurel is playing a central role in the establishment of the dialogue among different stakeholders through Dialogue Group for the Constituent Assembly emerged for initiating different level of dialogues to address pressing issue related directly and indirectly to the Constituent Assembly and Constitution making process. His efforts as a prominent member of civil society, promotes discussion on burning issues related to peace, human rights, democratic process and governance in the Constituent Assembly process, and also building confidence among disfranchised communities to promote political stability through a successful Constituent making.

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?