NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा नेपाली बिद्यार्थीहरुद्वारा प्रधानमन्त्रीलाई संयुक्त राष्ट्र संघ कार्यालय अघी बिरोध प्रदर्शन गर्ने PDF Print E-mail
Share
User Rating: / 6
PoorBest 
Written by Pradeep Thapa Magar   
Tuesday, 22 September 2009 01:59
विश्वका उत्कृष्ट विश्वबिद्यालयहरुका नेपाली विद्यार्थीहरु किन आन्दोलित छन्?
न्यू योर्क- संयुक्त राष्ट्र संघको ६४ औं महासभामा भाग लिन न्यू योर्क आउनु भएका नेपालका प्रधानमन्त्री माधवकुमार नेपाललाई विश्व प्रसिद्ध अमेरिकि विश्व बिद्यालयहरुमा पढेका नेपाली विद्यार्थीहरुले संरासं मुख्यालय अगाडि आगामी सेप्टेम्बर २६ तारिख कालो टि-सर्ट पहिरिएर र कालो झन्डा बोकेर बिरोध प्रदर्सन गर्ने आयोजक विद्यार्थीहरुले युएस नेपाल अनलाइनलाई बताएका छन्। को हुन् यि विद्यार्थीहरु ? किन बिरोध गर्दै छन् ?
बिरोध कार्यक्रमको अगुवाइ गरिरहेकी कोलम्बिया विश्वबिद्यालयबाट पब्लिक पोलिसीमा मास्टर्स गरेकी एरिसा सुवालले भनिन्- " हामीले बिरोध गर्नुको मुख्य उद्देश्य चाँही हामी युबाहरु पनि देश र नेपाली जनताप्रति चिन्तित छौं है भन्ने देखाउनु हो।"
नेपाल घर ललितपुरकि सुवालले यो पनि भनिन् कि उनिहरु कुनै राजनीतिक पार्टी या नेपाली संगठनसंग सम्बन्धित छैनन्। साथै यो बिरोध प्रदर्सनी अमेरिकामा रहेका नेपाली विद्यार्थीहरुले स्वत: स्फुर्त गर्न लागेको हो।
उता अर्का विद्यार्थी ज्ञानु शर्मा, जो फोर्डाम विश्व बिद्यालयमा राजनीति अर्थ शास्त्रमा मास्टर्स गर्दै छन्, ले न्यू योर्क शहरको प्रहरी र यहाँको पार्क र रिक्रिएसन अधिकारीहरुसंग सेप्टेम्बर २६ दिउसो १२ देखी ३ बजेसम्म संरासं अगाडि बिरोध प्रदर्सन गर्ने अनुमती लिइसकेको बताए।
दाङ घर भएका शर्माले आफु अनमिन (UNMIN) को स्वयमसेबी भएर गत संबिधान सभा निर्वाचनमा सहभागी भएको खुलाशा गर्दै देश अहिले अधोगतीतिर लागेको र नेताहरु सरकार ढाल्ने खेलमा सामेल भएकाले युबाहरु निराश भएको उल्लेख गरे।
उनले आफुहरुको बिरोध पर्चामा उल्लेख गरेका मागहरुलाई दोहर्याउदै भने- "सरकारले बेपत्ता नागरिकहरुबारे खोजी गर्नु पर्‍यो, संबिधान समय मै लेख्नु पर्‍यो अनी बैदेशिक ह्स्तक्षेप हुनु भएन।"
प्रधानमन्त्रीको बिरोध गर्दा तपाईंहरुलाई माओवादी समर्थक भन्लान् भन्ने लाग्दैन भन्ने प्रश्नको जवाफ दिदै शर्माले भने- "हामी कुनै बाद र दलको पछि लागेका विद्यार्थी होइनौं। हामीलाई अरुले के भन्छन् भन्ने कुरासंग सरोकार छैन। हामी को हौं भन्ने हामीलाई थाहा छ। हामीलाई देशको सरोकार छ।"
बिरोध प्रदर्सनमा सकृयातापूर्वक लाग्ने अन्य विद्यार्थी युबाहरुमा हार्वार्ड विश्व बिद्यालयमा पढदै गरेका प्रभास पोख्रेल, न्यू योर्क विश्व बिद्यालयबाट नर्सिङ गरेका फु दोर्जी शेर्पा आदी छन्।
अमेरिकामा पढ्दै गरेका नेपाली विद्यार्थीहरुको जमातले न्यू योर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालय अगाडि प्रधानमन्त्री नेपालले संरासं महासभालाई सम्बोधन गर्ने दिन सेप्टेम्बर २६ को दिउसो १२ देखी ३ बजे बिरोध प्रदर्सन र धर्ना दिने कार्यक्रम तय भएको बताएका छन्।
न्यू योर्कमा पनि नयाँ नेपालका प्रधानमन्त्रीले कालो झन्डा खानुपर्ने स्थिती आउनुलाई चाँही देश बिकास र स्थाईत्व दिन्छु भनेर हिंडेका हाम्रा प्रधानमन्त्रीले कसरी लिने हुन् त्यो बुझ्न भने युएस नेपाल अनलाइनले प्रधानमन्त्री ज्युसंग भेटवार्ता गर्ने चाजो नमिलाउँदासम्म र प्रधानमन्त्रीबाट जवाफ नआउँदासम्म कुर्नु होस्।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
न्यू योर्कमा नेपाली विद्यार्थीहरुले जारी गरेको बिरोध प्रदर्सनको अपिल पत्र यस प्रकार छ:
"आजको  आवश्यकता - नेपाली एकता !"
सबैलाई चेतना  भएको कुरा हो नेपाल अहिले चुनौतिहरुबिच अन्योलको बन्दी बनेको छ। ईतिहासको यो मोडमा हाम्रो सामु एउटा मूल प्रश्न खडा भएको छ – हामि अगाडी बढ्ने कि पछाडी ? अग्रगमनको समर्थन गर्ने कि प्रतिगमनको? माओवादी विद्रोह, जन आन्दोलन, र मधेशी, महिला र जनजातिको संघर्षले हाम्रो देश भित्रका असामनता र बिरोधहरुलाई सतहमा ल्याईदिएका छन्। र बिर्सन नहुने कुरा, ठाडो भारतिय हस्तक्षेपले हाम्रो देशको स्वतन्त्रतामाथि नै प्रश्न चिन्ह लागेको छ।
अबको बाटो अगाडी बढ्ने बाटो हुनुपर्छ। तर अफसोच, पुरानो नेपालका हर्ताकर्ताहरु देशलाई अर्को गृहयुद्धमा धकेलेर ल्याएर मोज गर्ने योजनामा एकजुट भएका छन्। उनिहरुलाई बिफल पार्न, स्वेच्छा वा बाध्यताले संसारभरि छरिएर रहेका नेपालीहरु सकृय हुनु नेपाली भएको नाताले आउने उत्तरदायित्व हो।
हाम्रा मागहरु:
संविधान लेख्ने काम पुरा गर !
जनताको चाहना  राजनितिक पार्टिहरु मिलेर, र बिद्रोही समूहहरुसंग तत्काल वार्ता गरेर, समावेशी संविधान बनाउनु हो।
विधिको  शासन लागु गर !
एउटा पार्टीको होईन, दुईटा सेनाको होईन। हामिलाई विधिको शासन चाहिन्छ। कानून राष्ट्रपति र प्रधानमन्त्री देखि लिएर आम जनता सबैलाई बराबर हुनु पर्दछ। मानव अधिकारको रक्षा गर। वेपत्ता नागरिकको खोजी गर। दोहोरो भिडन्तको नाउँमा निर्दोष मधेशी र जनजातिको हत्या गर्न बन्द गर।
चुनाब र भोटको बेईज्जत नगर !
लोकतन्त्रमा जनताले नचुनेको मान्छेले देशको नेतृत्व खोस्न पाईंदैन्। अधिनायकवादी नबन्।
भारतिय  हस्तक्षेप अन्त्य गर !
पुजारी देखि प्रधानसेनापति, प्रधानमन्त्री  देखि हाम्रो विदेशी निति – भारतिय हष्तक्षेप हामिलाई अमान्य छ। नेपाल स्वतन्त्र राष्ट्र हो। भारतको ऊपनिवेश होईन।
बिरोध कार्यक्रम:
२६  सेप्टेम्बर २००९, दिउसो १२ – ३ बजे, ड्याग ह्यमर्सकोल्ड प्लाजा (यू्. एन. प्लाजा)
सडक नं पूर्व ४७, पथ १ र २ बिच
कृपया सकेसम्म कालो टि-सर्टमा र कालो झन्डा बोकेर आउनुहोला
आयोजक: न्यू योर्कमा  बस्ने नेपाली बिध्यार्थीहरु
फोन: ३६१ ८१५ ६९४४, ४०२ ९७२ ७४००
NEPALIS UNITE !
We know that Nepal faces many challenges in moving forward with the Comprehensive Peace Agreement and drafting a constitution. As the country is stuck in a limbo, at this crucial juncture of Nepali history, we must ask ourselves - in what direction are we moving? Is our politics going to move forward? Or is it going to be the same old power politics that we have witnessed and lived with since 1990s?
The Maoists’ People’s War, the 2006 democratic movement, Madhesi movement, women’s voices and the struggle of the indigenous unveiled the systematic inequality and injustice experienced by many in Nepal. Furthermore, recent events have also exposed the extents to which India intervenes in Nepali politics, compelling us to question our independence as a sovereign nation.
Nepalis everywhere want to move forward. But, we are held back by the same people who are supposed to lead us into a better future. The  old politicians, the creators and the beneficiaries of the old system, are pushing Nepal into another civil war and political stagnation.  Nepalis abroad need to unite and express our discontents with the current government.
Our demands:
Write the constitution on time!
All political parties should come together, talks should be held with rebel groups, and the constitution should be written on time.
Practice Rule of Law!
We want the rule of law and not the law of one party or two military groups. The rule of law should be followed by all citizens, which includes the president, prime minister, party leaders, army generals and police. Protect human rights. Investigate on the disappeared people. Stop fake encounters that kill many innocent Madhesis and minority ethnic groups.
Respect elections and people’s choices!
The people have expressed their preference. In a democracy, only those elected by the people are allowed to lead the government.
End Indian intervention!
India’s blatant intervention can be seen from the appointment of Pashupati’s priest to the appointment of the chief of the Army. We’re a sovereign and independent nation. Not a colony.
JOIN US AT THE PROTEST:
Date: September 26, 2009, 12pm to 3pm.
Venue: Dag Hammarskjold Plaza (UN Plaza)
Located at East 47th street between 1st and 2nd avenue.
Please wear a black t-shirt and bring black flags.
Organizers: Nepali students in New York
Phone: 361 815 6944 , 402 972 7400
Read our related news:

-न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला

-१०९ वर्षीय कांशीराम राई भुटानबाट नेपाल र अब अमेरिका मा !

-मन्त्री सुजाताको कृपामा धमलाको न्यू योर्क यात्रा

-अमेरिकी राष्ट्रपति ओबामा र संरासं महासचिव मुनलाई प्रधानमन्त्री नेपालले सगरमाथाको ढुंगा उपहार दिने

-Climate Change: Countdown to Copenhagen 2009

-Don't Miss 1st Live Broadcst from New York City !

Read our last year's 63rd UN General Assembly meeting reporting:

प्रधानमन्त्री प्रचन्ड जाँदाजाँदै 'स्टेचु अफ लिबर्टी' र न्यूयोर्कको 'सब वे त्रेन' चढे
-न्यू योर्कमा प्रधानमन्त्री प्रचन्डले जिते नेपालीहरुको मन
(20 Photos)
अमेरिकि नेपालीहरुले भने "प्रमले हाम्रो मन नेपाल फर्कौं बनाए"

-प्रधानमन्त्री प्रचन्डद्वारा सं. राष्ट्र संघको ६३ औं महासभालाई सम्बोधन
(6 Photos)
गरिवी निबारण, बिकास, दीगो शान्‍ति र मानबाधिकारको रक्षा प्रमुख एजेन्डा
-UN Wants to End Poverty by 2015 But Is Wary About the Deadline (6 Photos)
Nepal’s New Prime Minister Envisions Achievement by 2018

-न्यू योर्कमा नेपालीहरुद्वारा प्रधानमन्त्री प्रचन्डको भब्य स्वागत (27 Photos)
-"Mr. Prachanda, You're a Legend."-Prime Minister of Bhutan
For Many World Leaders: UN Is a Must-Win Battle Ground : But at What Cost? (12 Photos)
-News update:
बुश र प्रचन्ड दुबै प्रसन्न

अमेरिकि सहयोग आउने कुरामा प्रधानमन्त्री ढुक्क
For more New York Nepalese community news go to:
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

Comments

avatar Chetan Nepali
0
 
 
I support this protest. I will try to participate by myself in person.

Good job by the Nepalese Students of NY.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Ram
0
 
 
At least the Protest Organizers seek permission from Police authority, Park and Recreation Authority to organize demonstration.
I wonder when Our Nepali Demonstrators in Ratnapark seek Permission from Park Authority and Seek Permission from Nepal Police and obey the direction and designation place of demonstration. They completely stop throwing stones during Bandha.
Hope these Students will go soon Nepal after the completion of their study and teach Nepali political wings about how to conduct Demonstrations.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?