NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्क, रिजउडमा नेपालीहरुले सर्बसम्मत नयाँ नेतृत्व चुने PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Bedprakash Kharel   
Tuesday, 07 April 2009 02:10
न्यू योर्क,अमेरिका । न्यू योर्क वरपर बसोबास गर्ने नेपालीहरुको सामाजिक संगठन रिजउड नेपलीज सोर्साईटीको आगामी दुई वर्षका लागि नयाँ कार्य समितिको निर्वाचन सम्पन्न भएको छ।
 
ridgewood_nepalese09847873
 
आइतवार यहाँ सम्पन्न सोर्साईटीको चौथो  अधिवेशनले र्सवसम्मत रुपमा यसरी नयाँ नेतृत्व चयन भएको हो । सर्बसम्मत रुपमा यसरी चयन भएको नयाँ समितीको अध्यक्षमा श्री पराजुली, उपाध्यक्षमा रविकिरण कोईराला, सचिवमा गजेन्द्र बुढाथोकी, कोषध्यक्षमा मिलन शाही र सदस्यमा कृष्ण विष्ट, मिना श्रेष्ठ, कमला तिमिल्सिना, हरी काफ्ले र किशोर भण्डारी रहनुभएको छ ।

आइतवार साँझदेखि शुरु भएको अधिवेशनको सभापतित्व समितीका अध्यक्ष मोहन ज्ञवालीले गर्नुभएको थियो । सभामा सचिव गजेन्द्र बुढाथोकीले सचिवको तर्फबाट वाषिर्क प्रतिवेदन र कोषध्यक्षको तर्फबाट रवि किरण कोइरालाले आर्थिक प्रतिवेदन र श्री पराजुलिले सस्थाको विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई छलफलका साथ सहभागीहरुले पास गरेका थिए ।

निर्वाचन समितीको तर्फबाट प.मोतिराज भुषालले नयाँ नेतृत्व चयन र्सवसम्मत रुपमा भएको घोषणा गरेपछि आयोजित औपचारिक कार्यक्रममा नेपाली जनसर्म्पर्क समिति अमेरिकाका महासचिव वेदप्रसाद खरेलले यसरी नेपालीहरुको संगठनमा सहमती र समझदारीका आधारमा नयाँ नेतृत्व चयन हुनु खुसिको कुरा हो भन्दै आज नेपालमा कुर्चीका लागि मारामार चलिरहेको बेलामा मोहन ज्ञवालीले प्रजातान्त्रिक तवरले नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिनु उहाँको महानता हो भन्नुभयो । रिजउड स्थापना गर्ने ज्ञवालीको अनुभवलाई नव निर्वाचित समितिले सदुपयोग गर्न जाने संस्थाको मात्र विकास नभएर सारा अमेरिकामा बस्ने नेपालीहरुको समेत भलाई हुने छ भन्नुभयो ।

त्यसै गरि रिजउड नेपलिज सोर्साईटिका पूर्व सचिव एवं समाजसेवी सरोज श्रेष्ठले रिजउडबाट सुरुवात भएको यो संस्था आज अमेरिका भरिका नेपालीले मात्र होइन नेपालमा बस्ने नेपालीहरुको समेत आस्थाको केन्द्र बन्न पुगेको छ  । नवनिर्वाचित समितीले यसलाई अझ वृहत रुपमा विकास गरि नेपालीहरुको साझा संगठन बनाओस भन्दै अनुभवी साथीहरुलाई समेटी अगाडी बढ्न अनुरोध समेत गर्नुभयो ।
 
ridgewood_nepalese0949485
 

सभालाई संम्वेाधन गर्दै रिजउड नेपलिज सार्साईटिका संस्थापक अध्यक्ष मोहन ज्ञवालीले 'हिजो आफू यस ठाउमा आँउदा एक जना नेपाली थिएनन् । र आज झन्डै हजार जनाको हाराहारीमा हाम्रो बसोवास वृद्धि भएको स्मरण गर्दै हामीले संगठनमा केही लिन हैन दिने भावनाले लाग्नु पर्दछ भन्दै आज यो संस्था रोजगारी नपाउने नेपालीलाई रोजगारी दिलाउने, बास नपाएकालाई बास दिलाउने र मृत्यु भएर सहयोग नपाएका नेपालीलाई सहयोग जुटाउने, दुःख, पीर मर्का परेका नेपालीको मर्म बुझिदिने संस्थाको रुपमा विकास भएको छ । यो संस्थालाई नवनिर्वाचित समितीले अझ संगठित र प्रभावकारी बनाउन पर्दछ भन्दै आफूले कहिल्यै पनि म अध्यक्ष भएं भन्ने भावना राखिन हमेसा मैले म यो अमेरिकामा रहेका नेपालीहरुको चौकिदार हुँ भन्ने भावनालिएर काम गरेकाले आज यो संस्था नेपालीहरुको साझा संस्थाको रुपमा परिणत भएको हो । यसलाई यसरी नै अगाडि बढाउन म तपाईहरुलाई जुनसुकै सहयोग गर्नपनि तत्पर रहेको छु' भन्नुभयो ।
 
 ridgewood_nepalese09929223
Photos courtesy: Bed 

नवनिर्वाचित अध्यक्ष श्री पराजुलिले आफू र आफ्नो टिमलाई र्सवसम्मत रुपमा चयन गरिएकोमा सम्पूर्ण सहभागीलाई धन्यवाद दिदै मोहन ज्ञवालीको योगदान अतुलनिय छ र भविष्यमा उहाँको सक्रिय सहयोग हामीलाई चाहिन्छ भन्दै न्यूयोर्कमा गत साल रिजउड नेपलिज सोर्साईटिद्धारा स्थापति दुर्गा मन्दिरको निर्माण, बिकास र संञ्चालनका लागि म मोहन ज्ञवालीलाई मन्दिर संञ्चालक समितिको अध्यक्षका रुपमा रहिदिन यही सभामा प्रस्ताव गर्छु भन्नुभयो । त्यसरी राखिएको प्रस्तावको सम्पूर्ण उपस्थित सहभागीहरुले ताली बजाए र स्वागत एवं अनुमोदन गरेका थिए । आफूहरु सधैं संस्थाको हितका लागि क्रियाशील रहने, यसैगरी आफूलाई नेतृत्वमा पुर्याउनका लागि सहयोग गर्ने न्युयोर्कका सम्पूर्ण नेपालीहरुलाई नवनिर्वाचित अध्यक्ष ले आभार व्यक्त गर्दै दुई वर्षो कार्यकालमा सम्पूर्ण नेपाली समुदायको हितका लागि क्रियाशील रहने प्रतिवद्धता जनाउँदै नयाँ नेतृत्वलाई सहयोग पुर्याउन सबै शुभेच्छुकहरुलाई आग्रह गर्नु भयो ।

-Bedprakash Kharel in New York, Editor, www.nepalinewsusa.com

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?