NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Thursday, 19 November 2009 19:06

मानब अधिकारको लडाईं नेपालदेखी न्यू योर्कसम्म
न्यू योर्क- अमेरिकि घरेलु कामदारहरुको बताइनसक्नुको अन्याय र दयनीय अवस्थाको राम कहानी जति लेखे पनि थोरै हुन्छ। अमेरिका यस्तो एक्लो धनी मुलुक हो जहाँ घरेलु कामदारहरुको निस्चित तलब, बिदा र सुरक्षाको कानुनी ग्यारेण्टी छैन।

 

Labour & Human Rights Activists and domestic workers after recieving New York City Proclamation Award from the city. Photos: eEyeCam.com

न्यू योर्क शहरमा मात्र झन्डै २ लाख घरेलु कामदारहरु छन् जसले शहरका झन्डै ८२ लाख जन संख्यालाई घरेलु सेवा पुर्याउदै आएका छन् तर उनिहरुको अत्यन्त न्युन तलब, असुरक्षा र हिंसाको घटनाले चाँही अमानबीयता र अन्यायको पराकाष्ठा नाघेकोछ।

अमेरिका भरी चाँही १५ लाख घरेलु कामदारहरु रहेको अनुमान गरिन्छ।

घरेलु कामदारहरुको संस्था Domestic Workers United (DWU) डिडब्ल्युयुको एक रिपोर्ट अनुसार न्यू योर्क शहरका दुई लाख घरेलु कामदारहरु मध्ये ९९ प्रतिसत बिदेशमा जन्मिएका, ६६ प्रतिसत गैर अमेरिकि नागरिक र ९३ प्रतिसत महिला रहेको जनाइएकोछ।

यस बर्षको जुलाई २४ देखी लागु भएको न्यूनतम फेडेरल ज्याला (Federal Minimum wage) प्रति घण्टा ७.५० डलर पाउने लागु भएपनि घरेलु कमदारहरुको अवस्थाको कहानी सुनुनसक्नुको छ।

हालै एक नेपाली महिलाले "अधिकार" कि कम्युनिटी अर्गनाइजर नर्बदा छेत्रीलाई भने अनुसार उनले १२ बर्षसम्म एक भारतीय अमेरिकिको घरमा काम गरेको र त्यस बापत जम्मा बिस लाख रुपैयाँ तलबको रुपमा पाएको बताएकी थिइन्। यो तलब बाहेक उनले ग्रिन कार्ड चाँही बनाउन सफल भएकिछिन्। उता महिना भर काम गरेर ४०० देखी ५०० अमेरिकि डलर तलबको रुपमा घर मालिकबाट पाउने नेपाली महिलाहरुको पनि छेत्रीले युएस नेपाल अनलाइनलाई जानकारी गराइन्।

पुरस्कारको पोकोमा अधिकार खोज्दा

न्यू योर्क राज्य संसदमा घरेलु कामदारसम्बन्धी बिल Domestic Workers Bill of Rights सम्बन्धी अन्तिम छलफल भई रहेकै बेला यता न्यू योर्क शहरमा भने गत सोमबार सिटी काउन्सिल सदस्य गेल ब्रेवरले न्यू योर्क शहरको सम्मान पत्र New York City Proclamation Award घरेलु कामदारहरुको प्रतिनिधिहरुलाई प्रदान गरिन्।

New York City Council Woman Gale A. Brewer reading city proclamation award.

काउन्सिल सदस्य ब्रेवर न्यू योर्क शहरको सिटी काउन्सिलमा अहिले बहसको अन्तिम सुनुवाई भईरहेको न्यू योर्कका कामदारहरुको Paid Sick Leave Bill को प्रस्तोता हुन्। उक्त बिलमा कुनै पनि कामदारले काम शुरु गरेको ९० दिन पछि हरेक ३० घण्टा काम पुरा गरेमा १ घण्टा तलबी बिमारी बिदा पाउने ब्यबस्था गरिएको छ।

उक्त सम्मान पत्र घरेलु कामदारहरुको संस्था Domestic Workers United [DWU] लाई प्रदान गरिएको थियो।

सम्मान समारोहको आयोजना संयुक्त रुपमा न्यू योर्क सिटी काउन्सिल सदस्यहरु: Gale A. Brewer, Larry Seabrook, Diana Reyna, Helen Foster, Robert Jackson र  Maria del Carmen Arroyo, न्यू योर्क राज्य सिनेटर Diane Savino, न्यू योर्क राज्य एसेम्ब्लीमेन द्वय Keith Wright र Brian Kavanagh तथा संस्थाहरु: the Working Family Party, Adhikaar for Human Rights, A Better Balance, Broooklyn Congregations United, the New York Immigration Coalition र the Urban Justice Center ले गरेका थिए।

Patricia (Pat) Francois, a domestic worker and DWU member who was beaten and fired by her employer in December, 2008. Read more about her

मानब अधिकारको लडाईं नेपालदेखी न्यू योर्कसम्म

घरेलु कामदारहरुको हक हीतको सुनिस्चितताका लागि न्यू योर्क शहरको कुइन्सस्थित नेपाली मानब अधिकारबादी संस्था Adhikaar ले महत्वपूर्ण भूमिका निर्बाह गर्दै आएको छ।

उक्त संस्था कि कार्यकारी निर्देसक लुना रन्जित र संस्था कि कम्युनिटी अर्गनाइजर नर्बदा छेत्रीले नेपाली कामदार महिलाहरुलाई संगठित र सचेत गर्ने काममा बिशेष पहल गर्दै आएका छन्।

यसैबिच, अधिकार कै नेत्रित्वमा गत १४ जुनमा पहिलो चोटि घरेलु कामदार सम्बन्धी कानून Domestic Workers Bill of Rights पारीत गराउने माग गर्दै आएका अमेरिकि घरेलु कामदार महिला र स्वयंसेबिहरुको होस्टेमा हैसे गर्दै नेपाली महिलाहरुले २४ घन्टे रिले खबर्दारी (24 Hour Vigil) गरेका थिए भने बिल पारित गराउन दबाब दिन न्यू योर्क राज्यको सदरमुकाम अल्बानेसम्म पनि पुगी सकेकाछन्।

"अधिकार" कि नर्बदा छेत्रीले गत सोमबार आयोजित न्यू योर्क सिटी सम्मान कार्यक्रममा बोल्दै Domestic Workers Bill of Rights को महत्वबारे आवाज उठाउदै एक घरेलु कामदार नेपाली महिलाको घर मालिकद्वारा गरिएको अबहेलानाको दर्दनाक कहानी बताएर कार्यक्रममा उपस्थित पत्रकार, राजनेताहरुलाई स्तब्ध पारीन्।

Human Rights Activist Narbada Chhetri speaking at the New York City Proclamation Award ceremony in New York on 16 November, 2009. Photos: eEyeCam.com

उसो त, नेपालमा हिमालयन ह्युमन राइट्स मोनिटरको मकवानपुर शाखा प्रमुखको रुपमा सन् २००६ सम्म काम गर्नुभएकी छेत्री त्यसै बर्षको मार्चमा अमेरिका आए देखिन् नै महिला अधिकारका लागि अमेरिकामा पनि उत्तिकै लागि पर्दै आएकिछिन्।

हेटौंडामा ५०० जना बेशी नेपाली बिधवा महिलाहरुलाई एउटै कार्यक्रममा बिधवाको परम्परागत सेतो बस्त्र फालेर रातो कपडा पहिरिने अभियान छेडदा होस् या बोक्सिको नाममा गाउँलेहरुले महिलाहरुलाई मान्छेको गुहु खुवाएको बिरोध मात्र होइन पीडित महिलाको उपचार गर्दा होस् या अमेरिकामा घरेलु कामदार महिलाहरुको जुलुशमा नेत्रित्व गर्दा नर्बदा छेत्रीले आफुलाई सधैं मानब अधिकारको पक्षमा उभ्याएको देख्न सकिन्छ।

Narbada (3rd from left) with other activists and representatives of domestic workers in New York.

न्यू योर्कमा आफ्नो हक अधिकारका लागि लडिरहेका घरेलु कामदारहरु र उनिहरुको संस्थाहरुसंग हातेमालो गर्दा आफुलाई नेपाल मै भएको अनुभब गर्ने गरेको बताउँदै नबर्दा छेत्रीले भनिन्- "अमेरिका भनेको त धनी देश, सबै सक्दो पुग्दो होला भन्ने सोचेको थिएँ। मानब अधिकारको लडाईं यहाँ आएर पनि लड्नु परिरहेकोछ। मैले नेपालमा पनि आफुलाई मानब अधिकारको रक्षाका निम्ती समर्पित गरेको भएर होला यहाँ (अमेरिकामा) पनि मैले यही अभियानमा आफुलाई समर्पित गरेकोछु।"
















Photos: eEyeCam.com

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?