NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि ! PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Saturday, 26 September 2009 05:46
राष्ट्रपति या प्रधानमन्त्रीले सार्वजनिक रुपमा क्षमा याचना गर्नु पर्ने माग
न्यू योर्क- पूर्व निर्धारित कार्यक्रमअनुसार नेपालका प्रधानमन्त्री माधवकुमार नेपालसंग हुने भनिएको न्यू योर्कका ३२ वटा नेपाली संस्थाहरुले नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) को नेत्रित्वमा डाकिएको अन्तर्कृया कार्यक्रम "नेपालमा संघियता र नयाँ संबिधान" कार्यक्रममा प्रधानमन्त्री नेपालले आफ्नो मन्तब्य ब्यक्त गरेपछि अर्को कार्यक्रम भन्दै सभाकक्ष्यबाट हिंडेपछि अन्तर्कृया नै हुन नपाई टुङ्गिएको छ।

उसो त आयोजकहरुले झन्डै एक घण्टा ढिलो गरी ६ बजे बेलुकीको साटो ७ बजे कार्यक्रम शुरु गरेका थिए भने प्रधानमन्त्री ९ बजे अर्को कार्यक्रममा जाने भन्दै अन्तर्कृया कार्यक्रमको मुख्य पाटो प्रश्नोत्तर कार्यक्रममा सहभागी नै नभै हिंड्नु भएको थियो जुन कुराले आयोजक संयोजक फिप्नाका सदस्य र समर्थकहरुलाई आक्रोसित बनाएको थियो।
Nepalese artists performing national anthem.
प्रधानमन्त्री नेपालले आयोजकहरुको ढिलाई प्रति ब्यङ्ग्य गर्दै आफ्नो मन्तब्यको शुरु मै यसो भन्नु भयो- "मैले त सोचेको थिएं अमेरिकामा अत्यन्तै टाइममा सबै कामहरु हुन्छ होला भन्ने लागेको थियो मलाई। छोटोमा सबै कुरा अगाडि बढ्छन् होला भन्ने ठान्या थिएं तर अझै पनि हाम्रो यो धेरै कुराहरु परिवर्तन गर्न, सिक्न धेरै नै बाँकी रहेछ भन्ने मलाई लाग्यो।"
Prime Minister Madhavkumar Nepal. Photos: eEyeCam.com More photos being uploaded.
स्मरणीय रहोस्, पोहर सालको संरासं महासभामा भाग लिन आउनु भएका तत्कालिन प्रधानमन्त्री प्रचन्डले कार्यक्रममा आयोजकहरुले लामा लामा भाषण छाँटेर समय खर्चिएपछि "तपाइहरु मध्ये त धेरै नेपालै गएर मन्त्री, प्रधानमन्त्री नै बन्नु पर्ने रहेछ" भनी ब्यङ्ग्य गर्नु भएको थियो।
प्रधानमन्त्री नेपालले आफु र आफ्नो सरकार गैर आबासिय नेपालीहरु शिप र लागानीलाई नेपालमा सदुपयोग गर्न सदा तत्पर रहेको बताउनु हुँदै त्यसका लागि बिशेष प्रोसाहन गरिने र सुबिधाको ब्यबस्था गरिने आश्वासन दिनु भएको थियो। पूर्ण विवरण आउँदैछ...
Foreign Minister Sujata Koirala. Photos: eEyeCam.com
कार्यक्रममा परराश्ट्र न्त्री सुजाता कोइरालाले पनि सम्बोधन गर्नु भएको थियो।
आयोजकहरुले प्रधानमन्त्रीलाई बेलुकी १० बजेसम्म कार्यक्रम हुने निम्तो दिएको र आफुहरुले सोही माफिक बाँकी एक घण्टा प्रश्नोत्तर कार्यक्रमको तयारी गरिएकोमा त्यो हुन नपाएपछि आफुहरु प्रधानमन्त्री नेपाली समुदायप्रति सम्बेदनशील नभएको भन्ने प्रस्ट भएको बताए।
FIPNA President karma G. Sherpa. More photos being uploaded.
तर प्रश्नोत्तर कार्यक्रमबाहेक आयोजकहरुले प्रधानमन्त्रीलाई आफ्ना मागहरुको छुट्टाछुट्टै ज्ञापनपत्रहरु बुझाउन र प्रधानमन्त्री अघी बोल्ने आयोजक बक्ताहरुले आफ्ना मनग्य कुराहरु राख्ने अबसर भने पाएका थिए।
फिप्नाले बुझाएको आफ्नो १८ बुँदे ज्ञापन पत्रका मागहरुमा "नेपालको नयाँ संबिधानमा आत्म निर्णयको अधिकार (Right to self-determination) सहित जातीय स्वायतत्ता (Ethnic autonomy) सुनिस्चित" गर्नु पर्ने माग गर्दै "नेपालमा संघात्मक लोकतान्त्रिक गणतन्त्रको प्रमुख आधार जातिय ऐतिहासिकता, भाषिक र क्षेत्रगत आधारमा हुनु पर्दछ" भनिएको छ।
आदिबासी जनजाति महासंघको मागमा भनिएको छ- "सदियौंदेखी साम्प्रदायिक ब्रामणबादी, पितृ सत्तात्मक सामन्ती राज्य सत्ताबाट नेपालका आदिबासी जनजातिहरुको मौलिक पहिचान, मातृ भाषा, ऐतिहासिक भूमी, संस्क्रितीको बिरुद्ध हुँदै आएको स्वामित्व हरण, शोसण, दमन, उत्पीडन तुरुन्त बन्द गरिनु पर्दछ। बिगतमा आदिबासी जनजातिहरु उपर राज्य सत्ताबाट भएका यि सबै गल्तीहरुको लागि राष्ट्र प्रमुख राष्ट्रपति या सरकार प्रमुख प्रधानमन्त्रिले सार्वजनिक रुपमा क्षमा याचना गर्नु पर्दछ। साथै, आदिबासी जनजातिहरुहरुलाई उचित क्ष्यती पुर्तीको ब्यबस्था गरिनु पर्दछ।"
साथै महासंघले नेपाल सरकारले अनुमोदन गरेको अन्तरराष्ट्रिय श्रम संगठनको महासन्धी १६९ (ILO 169) र आदिबासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघिय घोषणा पत्र (United Nations Declaration on the Rights of Indigenous Peoples-UNDRIP) को प्रभाबकारी रुपमा कार्यान्बयन गरिनुका साथै नेपालको नयाँ संबिधान मै समाबेश गरिनु पर्ने माग अघी सारेको छ।
गैर आबासिय नेपालीहरुलाई नेपाल जाँदा प्रोसाहन स्वरुप नेपालको एयरपोर्ट मा "ग्रिन च्यानल" को ब्यबस्था गर्न र दोहोरो नागरिकता (Dual Citizenship) को ब्यबस्था गर्न पनि "फिप्ना" को मागमा उल्लेख छ।
महासंघको मागहरुको पूर्ण विवरण समाचारको अन्त्यमा पढ्नुहोस्।
महासंघका अध्यक्ष कर्मा ग्याल्जेनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत भाषण UNDF का न्यू योर्क च्याप्टर अध्यक्ष टेक गुरुङले गर्नु भएको थियो।
UNDF NY Chapter President Tek Gurung.
युएस नेपाल अनलाइनले प्रत्क्ष्य अनलाइन प्रसारण गरेको उक्त कार्यक्रममा कलाकारहरु तिलक श्रेष्ठ, संजोग लामा, सपना श्री, पबित बागचन परियार, न्हुछेनारायण डङ्गोल, प्रज्ज्वल बज्राचार्य र यसोदा खालिङ राइले राष्ट्र गान प्रस्तुती गरेका थिए।
महासंघका प्रथम उपाध्यक्ष शिवकुमार राइले महासंघबारे प्रकाश परेका थिए भने प्रभाकर राइले महासंघको ज्ञापन पत्र पढेर सुनाउनु भएको थियो।
FIPNA Vice President Shivakumar Rai.
कार्यक्रमका अन्य बक्ताहरुमा बिष्णु सुबेदी (VP, NDYC), दिपेस लिम्बु, कबिता शेर्पा, अमित शाह (ATNA) थिए।
कार्यक्रममा संयुक्त राष्ट्रको विश्व आदिबासी सम्बन्धी घोषणा पत्रलाई नेपाल सरकारको तर्फबाट अनुमोदन गर्न महत्वपूर्ण भूमिका निभाएकोमा संरासं स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्यलाई बिशेष सम्मान गरिएको थियो।
H.E. Ambassador Madhuraman Acharya receiving appreciation award from FIPNA President Karma G. Sherpa.
कार्यक्रममा प्रधानमन्त्री नेपालका साथै उहाँकी धर्मपत्नी गायत्री नेपाल, परराश्ट्रमन्त्री सुजाता कोइराला, स्वास्थ्य तथा जनसंख्यामन्त्री उमाकान्त चौधरी, संरासं स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्य, उहाँकी धर्मपत्नी डा. गीता आचार्य उपस्थित हुनुहुन्थ्यो।
त्यसै गरी, काँग्रेस नेता एबं पूर्व अर्थ मन्त्री डा. रामशरण महत, एमाले नेता एबं पूर्व मन्त्री अमृत बोहरा, सभासद जितेन्द्र  सोनार, सभासद कबिता सरदार, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रघुजी पन्त, प्रधानमन्त्रीका बिदेश सल्लाहकार राजन भट्टराई लगायतका नेपाली प्रतिनिधि मन्डल पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमको सन्चालन फिप्नाका महासचिब आदित्य महर्जनले गर्नु भएको थियो।
FIPNA General Secretary Aditya Maharjan.
प्रधानमन्त्री नेपालले बिहीवार सेप्टेम्बर २४ मा कोलम्बिया विश्व बिद्यालयको World Leaders Forum मा मुख्य बक्ताको रुपमा आफ्नो मन्तब्य दिनुभएको थियो।
प्रधानमन्त्री नेपालले शनिबार दिउसो ११:४५ बिहान संरासंको ६४ औ महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उता त्यसैबेला दिउसो १२ बजेदेखी ३ बजेसम्म संरासं मुख्यालय अगाडि नेपाल सम्बन्धी बिभिन्न सरोकारहरुको सुनुवाई र कार्यन्बयनको माग राख्दै अमेरिकामा पढ्दै रहेका नेपाली विद्यार्थीहरुले बिरोध प्रदर्सन गर्ने कार्यक्रम छ।
महासभामा सम्बोधनपछि प्रधानमन्त्री नेपालले अमेरिकामा एमाले समर्थक नेपालीहरुसंग बिशेष बैठक बस्नुका साथै नेपालमा अञ्चल स्तरिय अमेरिकि एमाले राज्य कमिटी निर्माण गरेर जाने सम्भाबना रहेको कुरा एक एमाले समर्थकले युएस नेपाल अनलाइनलाई जानकारी गराउनु भएको छ।
एमाले समर्थक नेपालीहरुसंगको बैठक पछि प्रधानमन्त्री नेपाल अमेरिकि सेक्रेटरी अफ स्टेट हिलारी क्लिन्टनद्वारा आयोजित "Meeting on Partnering for Food Security" कार्यक्रममा भाग लिने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री नेपाल शनिबार बेलुकी नै नेपाल फर्किनुहुने छ।
Note: कार्यक्रमको पूर्ण विवरण छिट्टै अपडेट गरिने छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Nepalese Democratic Youth Council in USA VP Bishnu Subedi


Amit Shah.


Kabita Sherpa.

FIPNA NY Chapter Treasurer Pravakar Rai.
Himalayan Yak Restaurant owner Mrs Sonam Lama.

Yeti of Hieizan Restaurant owner Mingma Sherpa.

Read our related news:

-Special: ओबामालाई नेपालका प्रधानमन्त्री माधवकुमार नेपालद्वारा सगरमाथाको चिनो

-प्रधानमन्त्री नेपालद्वारा Climate Change सम्बन्धी संरासं बैठकमा मन्तब्य ब्यक्त

-न्यू योर्कमा नेपाली बिद्यार्थीहरुद्वारा प्रधानमन्त्रीलाई संयुक्त राष्ट्र संघ कार्यालय अघी बिरोध प्रदर्शन गर्ने

-न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला

-१०९ वर्षीय कांशीराम राई भुटानबाट नेपाल र अब अमेरिका मा !

-मन्त्री सुजाताको कृपामा धमलाको न्यू योर्क यात्रा

-अमेरिकी राष्ट्रपति ओबामा र संरासं महासचिव मुनलाई प्रधानमन्त्री नेपालले सगरमाथाको ढुंगा उपहार दिने

-Climate Change: Countdown to Copenhagen 2009

-Don't Miss 1st Live Broadcst from New York City !

नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना)

(Federation of Indigenous Peoples of Nepal in America-FIPNA) द्वारा

नेपालका सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपाल ज्यु समक्ष्य पेश गरिएको
ज्ञापन पत्र
शुक्रबार, २५ सेप्टेम्बर, २००९ (Friday, 25 September, 2009)

सम्माननीय प्रधानमन्त्री ज्यु
नेपाल सरकार, हाल: न्यू योर्क, संयुक्त राज्य अमेरिका

बिषय: ज्ञापन पत्र पेश गरिएको बारे।

महोदय,

सर्ब प्रथमत: नेपालका आदिबासी जनजाति समुदायहरुसंग रगतको नाता जोडिएका हामी नेपाली-अमेरिकन आदिबासी जनजाति समुदायहरुको साझा संस्था "नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना)" (Federation of Indigenous Peoples of Nepal in America-FIPNA) कोतर्फबाट यहाँलाई विश्व प्रजातन्त्रको अग्रणी मुलुक अमेरिकामा हार्दिक स्वागत गर्दछौं।

प्रधानमन्त्री ज्यु,

हामी नेपालदेखी धेरै टाढा उत्तर अमेरिकि राष्ट्र संयुक्त राज्य अमेरिकामा बसोबास गरे पनि हाम्रा परिवारका थुप्रै सदस्यहरु नेपाल मै रहेका छन्। हाम्रो जाति, समुदाय नेपाल मै छ। यहाँ हामी जे जस्तो परिस्थितीका कारण रहे पनि नेपालमा नेपालीलाई नेपाल दुख्दा हामीलाई पनि उत्तिकै नेपालको पिडा हुन्छ। त्यसैले हामीले आफुलाई कहिल्यै पनि नेपाल नेपालीको भाग्य भबिश्यसंग अलग गर्न सक्दैनौं।

महोदय,

नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक एबं बहुसाँस्कृतिक राष्ट्र हो भन्ने कुरा सर्ब बिदितै छ। यस्तो बिबिधतापूर्ण राष्ट्रियता भएको देश नेपाल विश्वको सर्बोच्च शिखर सगरमाथा शान्तीका अग्रदूत गौतम बुद्धको जन्म भुमी पनि हुनु हाम्रो लागि अत्यन्त गर्ब र सौभाग्यको कुरो हो। तर बिडम्बनाको कुरा, यस्तो सुन्दर मुलुकमा त्यहाँका आदिबासी जनजाति, महिला, कथित रुपमा दलित बनाइएका समुदाय, मधेसी, सिमान्तकृत जनताहरु चाँही देशको मुल प्रबाहमा समाबेश हुन पाएकाछैनन्। जसको कारण उनिहरु सदियौदेखी राज्य सत्ता तथाकथित उच्च जातिका सम्भ्रान्तहरुबाट तिरस्कार, शोषण, दमनको पिडा सहन वाध्य छन्।

तर नेपाल अहिले २४० बर्षको शाह बंशीय राजतन्त्रात्मक हिन्दू राज्य सत्तालाई फालेर नयाँ नेपाल निर्माणतिर उन्मुख छ। अब नयाँ नेपालमा सम्पूर्ण जात, जाति र समुदायका जनताले समानतापूर्वक बाँच्न पाउने राज्य सत्तामा समानुपातिक प्रतिनिधित्व हुनु पर्ने भन्ने नेपाली जनताको म्यान्डेट हाम्रो पनि यो मान्यतामा पूर्ण समर्थन छ।

प्रधानमन्त्री ज्यु,

यस क्रममा हामी अमेरिकामा रहेका नेपाली-अमेरिकन आदिबासी जनजाति समुदायहरु नेपालमा नयाँ संबिधान बन्न लागेको यो पूर्व सन्ध्यामा यहाँ समक्ष्य बिशेष गरी नेपाली आदिबासी जनजातिहरुको हक अधिकारको सुनिस्चितताका लागि निम्न लिखित मागहरु कार्यान्बयन गर्न, गराउन यो ज्ञापन पत्र प्रेश गरेका छौं।

हाम्रा मागहरु:

१- नेपालमा संघात्मक लोकतान्त्रिक गणतन्त्रको प्रमुख आधार जातिय ऐतिहासिकता, भाषिक क्षेत्रगत आधारमा हुनु पर्दछ।

२- नेपालको नयाँ संबिधानमा आत्म निर्णयको अधिकार (Right to self-determination) सहित जातीय स्वायतत्ता (Ethnic autonomy) सुनिस्चित हुनु पर्दछ।

३- आर्थिक, सामाजिक, शैक्षिक दृष्टिले पछि पारिएका आदिबासी जनजाति, महिला, दलित, मधेसी, सिमान्तकृत, उत्पीडित बर्ग, गरीब किसान, मजदुरलाई समानुपातिक सिन्द्धान्तको आधारमा राज्यको संरचनामा सकृय सहभागी गरिनु पर्दछ।

४- सदियौंदेखी साम्प्रदायिक ब्रामणबादी, पितृ सत्तात्मक सामन्ती राज्य सत्ताबाट नेपालका आदिबासी जनजातिहरुको मौलिक पहिचान, मातृ भाषा, ऐतिहासिक भूमी, संस्क्रितीको बिरुद्ध हुँदै आएको स्वामित्व हरण, शोसण, दमन, उत्पीडन तुरुन्त बन्द गरिनु पर्दछ। बिगतमा आदिबासी जनजातिहरु उपर राज्य सत्ताबाट भएका यि सबै गल्तीहरुको लागि राष्ट्र प्रमुख राष्ट्रपति या सरकार प्रमुख प्रधानमन्त्रिले सार्वजनिक रुपमा क्षमा याचना गर्नु पर्दछ। साथै, आदिबासी जनजातिहरुहरुलाई उचित क्ष्यती पुर्तीको ब्यबस्था गरिनु पर्दछ।

यस सन्दर्भमा, गत बर्ष अमेरिकाको छिमेकी मुलुक क्यानाडा, अस्ट्रेलिया, न्यूजिल्यान्ड सरकारले बिगतमा राज्य सत्ताकोतर्फबाट भएका बिभेद गल्तीको लागि त्यहाँका आदिबासी जनजातिहरुसंग सरकारकोतर्फबाट प्रधानमन्त्रीले सार्वजनिक क्षमा याचना गरेको स्मरण गराउन चाहन्छौं नेपाल सरकारले पनि यसो गर्न कुनै कन्जुस्याइ र ढिलाई नगरोस् भन्न चाहन्छौं।

५- नेपालका आदिबासी जनजाति, महिला, दलित, मधेसी, सिमान्तकृत जनताहरुको आफ्नो हक अधिकार उपभोग गर्नबाट बन्चित गर्ने हरेक प्रकारका जातीय, भाषिक, धार्मिक, साँस्कृतिक, क्षेत्रिय, लैङ्गिक बिभेदहरुका कानुनी प्राबधानहरु तुरन्त निर्मुल गरिनु पर्दछ।

६- नेपाल सरकारले अनुमोदन गरेको अन्तरराष्ट्रिय श्रम संगठनको महासन्धी १६९ (ILO 169) आदिबासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघिय घोषणा पत्र (United Nations Declaration on the Rights of Indigenous Peoples-UNDRIP) को प्रभाबकारी रुपमा कार्यान्बयन गरिनु पर्दछ। यि महासन्धी र घोषणापत्रमा सुनिस्चित गरिएका आदिबासी जनजातिहरुको हक अधिकारका धाराहरु नेपालको नयाँ संबिधान मै समाबेश गरिनु पर्दछ।

७- आदिबासी जनजातिले परम्परागतरुपमा भोग चलन गरी आएको, ऐतिहासिक एबं सांस्कृतिक सम्बन्ध रहेको भूमि, चरण, बन जंगल, जलश्रोत लगायतका प्राकृतिक संसाधनहरुमा उनिहरुको संबैधानिक रुप मै स्वामित्व रहने ब्यबस्था हुनु पर्दछ। त्यसमा राज्यले हस्तक्षेप गर्नु हुँदैन।

८- आदिबासी जनजातिले आफ्नो साँस्कृतिक सम्पदा, ज्ञान, शिप, कला, साहित्य, प्रबिधी, आबिस्कार (Indigenous Knowledge, skill) सो संग जोडिएर आउने भौतिक तथा अभौतिक बिषय वा बस्तुहरु सुरक्षित राख्ने, उपभोग गर्ने, नियन्त्रण एबं ब्यबस्थापन गर्ने पूर्ण अधिकार उनिहरुमा निहित हुनु पर्दछ सो कार्यमा सरकारले सहयोग प्रोत्साहन गर्नु पर्दछ।

९- विश्वमा देखा परेको बाताबरणीय बद्लाब (Climate Change) को असरबाट नेपालका आदिबासी जनजातिहरु अछुतो रहन सक्दैनन्। त्यसर्थ, नेपाल सरकारले नेपालका आदिबासी जनजातिहरुमा पनि बिशेष गरी अत्यन्त कबिला (Tribal) अवस्थाका आदिबासी जनजातिहरुलाई जोगाउन बिशेष संरक्षण क्षेत्र (Special Preservation Area) को ब्यबस्था गर्नु पर्दछ।

१०- नेपालका जात, जाति, धर्म, भाषा, बर्ण, लिङ्ग, समुदाय र सम्प्रदायको बिशिस्टता र बिबिधतालाई सम्मान गर्दै समाजमा सद्भाब, न्याय, नैतिकता र पारस्परिक समातामुलक समाजको स्थापनामा सरकारले जोड दिनु पर्दछ।

११- नेपालका हरेक जात, जातिहरुलाई आफ्ना मौलिक रिती रिवाज, प्रथाजनित कानून र परम्परागत सामुदायीक संरचना अनुरुप आफ्नो पृथक पहिचान कायम गर्ने अधिकार दिनुका साथै सरकारले प्रयोगका लागि जोड दिनु पर्दछ।

१२- नेपालको राष्ट्रिय झण्डा नयाँ बनाइनु पर्दछ। नयाँ झण्डाले सम्पूर्ण जाति, भाषा, धर्म, समुदायको प्रतिनिधित्व गर्ने र राष्ट्रियता झल्किने हुनु पर्दछ।

१३- नेपालको संबिधानमा बिद्यामान राष्ट्रिय प्रतिकहरु परिवर्तन गरिनु पर्दछ। नयाँ राष्ट्रिय प्रतिकहरुको चयन गर्नु परे नेपालको सांस्कृतिक र भौगोलिक बिबिधता झल्कने खालका चुन्नु पर्दछ।

१४- नेपालका सबै जात, जाति तथा आदिबासी जनजातिहरुले परम्परादेखी प्रयोग गर्दै आएको पोशाकहरुलाई राष्ट्रिय पोशाक मानिनु पर्दछ।

१५- सम्पूर्ण जनजातिय मातृभाषाहरुमा बिद्यालयदेखी विश्वबिद्यालय तहसम्म पठन पाठन, अध्ययन अनुसन्धानको ब्यबस्था गरिनु पर्दछ।

१६- नेपालका आदिबासी जनजातिको हकमा उनीहरुका प्रतिनिधिमुलक निकायले शिफारिस गरेको खण्डमा नागरिकता प्रदान गर्ने ब्यबस्था गरिनु पर्दछ।

१७- बैदेशिक रोजगारी या बिदेशमा बसोबास गरेका नेपालीहरुबाट आउने रिमिट्यान्सलाई प्रोत्साहन गर्न गैर आबासिय नेपालीहरु नेपाल फर्किदा नेपालको बिमानस्थलमा "ग्रिन च्यानल" को ब्यबस्था गरी बिशेष सुबिधा दिनु पर्दछ।

१८- गैर आबासिय नेपालीहरु (Non-Resident Nepalese) लाई नेपालमा लगानी गर्न आकर्सित गर्न नेपाल सरकारले संबिधानमै दोहोरो नागरिकता (Dual Citizenship) को ब्यबस्था गर्नु पर्दछ।

प्रार्थी,
कर्मा
ग्याल्जेन शेर्पा
अध्यक्ष
नेपाल
आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना)
(Federation of Indigenous Peoples of Nepal in America-FIPNA)

तथा महासंघ अन्तर्गत का निम्न संघ संस्था हरु:

FIPNA Members Organizations:

1. Gyalsunda Sewa Sastha USA

2. Hyolmo Ama Yangri Kyidug

3. Hyolmo Society of America

4. Kirat Rai Society of America

5. Kirat Yakthum Chumlung USA

6. Langhali Association USA

7. Manag Samaj

8. Mugum Welfare Association USA

9. Mustang Kyiduk, USA

10. Newa Guthi New York

11. Nupri Association

12. Sherpa Kyidug, New York

13. Tamang Society of America

14. Tamu Society of America

15. Thakali Samaj, New York

16. United Kirat Rai Organization of America

17. Walung Samaj

बोधार्थ:

1. नेपालका राष्ट्रपति

2. संबिधान सभाका अध्यक्ष

3. संबिधान सभासदहरु

4. नेपालका राजनीतिक प्रमुख दल हरु

5. नेपाल आदिबासी जनजा ति महासंघ (NEFIN)

6. National Foundation for Development of Indigenous Nationalities (NFDIN)

7. संयुक्त राष्ट्र संघ (United Nations) का महासचिब बान कि-मुन

8. United Nations Permanent Forum on Indigenous Issues (UNPFII)

9. James Anaya, UN Special Rapporteur on the situation of human rights and fundamental freedom of indigenous peoples.

Read our last year's 63rd UN General Assembly meeting reporting:
प्रधानमन्त्री प्रचन्ड जाँदाजाँदै 'स्टेचु अफ लिबर्टी' र न्यूयोर्कको 'सब वे त्रेन' चढे
-न्यू योर्कमा प्रधानमन्त्री प्रचन्डले जिते नेपालीहरुको मन
(20 Photos)
अमेरिकि नेपालीहरुले भने "प्रमले हाम्रो मन नेपाल फर्कौं बनाए"

-प्रधानमन्त्री प्रचन्डद्वारा सं. राष्ट्र संघको ६३ औं महासभालाई सम्बोधन
(6 Photos)
गरिवी निबारण, बिकास, दीगो शान्‍ति र मानबाधिकारको रक्षा प्रमुख एजेन्डा
-UN Wants to End Poverty by 2015 But Is Wary About the Deadline (6 Photos)
Nepal’s New Prime Minister Envisions Achievement by 2018

-न्यू योर्कमा नेपालीहरुद्वारा प्रधानमन्त्री प्रचन्डको भब्य स्वागत (27 Photos)
-"Mr. Prachanda, You're a Legend."-Prime Minister of Bhutan
For Many World Leaders: UN Is a Must-Win Battle Ground : But at What Cost? (12 Photos)
-News update:
बुश र प्रचन्ड दुबै प्रसन्न

अमेरिकि सहयोग आउने कुरामा प्रधानमन्त्री ढुक्क
For more New York Nepalese community news go to:

Comments

Where is the video from the event? Please display in the archives. And please make embedding possible elsewhere.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?