NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिका जहाँ सुत्केरी आमाहरुलाई एक दिन पनि तलबी बिदा दिइदैन, १६८ देशहरुमा चाँही तलबी बिदा मिल्छ PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Thapa Magar   
Friday, 21 August 2009 02:29
Paid Sick Leave Bill Ensures the rights of New York Workers
न्यू योर्कका १० लाख कामदारहरुलाई तलबी बिदाको माग
11 photos: न्यू योर्क- अमेरिका यस्तो एउटा मात्र बिचित्रको धनी, बिकसित मुलुक हो जहाँ काम्दारहरुलाई तलबी बिमारी बिदा (Paid Sick Leave) मिल्दैन। त्यती मात्र कहाँ हो र ! अमेरिका त्यसो एक मात्र सम्पन्नशाली देश हो जहाँ सुत्केरी आमाहरुलाई एक दिन पनि तलबी बिदा दिइदैन, जबकी विश्वका १६८ देशहरुमा चाँही दिइन्छ।
Restaurant and other wokers demanding paid sick leave. Photos: eEyeCam
अमेरिकाको छिमिकी देश क्यानाडामा सुत्केरी आमाहरुलाई पुरा एक बर्ष २ हप्ता तलबी बिदा दिइन्छ भने हाम्रै मुलुक नेपालमा झन्डै २ महिना अर्थात ५२ दिन र छिमिकी मुलुकहरु भारत र चिनमा ३ महिना  तलबी बिदा दिइन्छ।
न्यू योर्क शहरको म्यान्हटन बोरोह प्रेसिडेन्ट स्कोट एम स्ट्रिङ्गरले सन् २००८ आ जारी गरेको रिपोर्ट A Working Balance: Suporting New York City's Families Through Paid leave का अनुसार अमेरिकासहित यसरी सुत्केरी आमाहरुलाई तलबी बिदा नदिने देशहरु विश्वमा ४ वटा रहेछन्- ३ अत्यन्त गरीब मुलुकहरु: लाइबेरिया, पपुवा न्यू गिनिया, स्वाजिल्यान्ड र एक अत्यन्त धनी मुलुक संयुक्त राज्य अमेरिका। राम राम, के भा' को यस्तो?
Scott Stringer, Manhattan Borough President.
अब प्रसंग बदलौं, अमेरिकामा कामदारहरुको बिमारी बिदाको । बेलायत, स्विडेन, फ्रान्स जस्ता बिकसित मुलुकहरुमा कामदारहरुले २० देखी २५ दिन तलबी बिमारी बिदा पाउँछन् भने अमेरिकामा चाँही त्यसो कानुन बनी सकेको छैन। त्यसैले अमेरिकामा बिमारी हुनु भनेको नोकरीबाट हात धुनु हो। कामदारहरुको कुनै कानुनी रक्षा नभएकै कारण Hire & Fire उखान यहाँ निक्कै प्रचलित छ।
तर न्यू योर्कका झन्डै १० लाख कामदारहरुले अब तलबी बिमारी बिदा (Paid Sick Leave) पाउने सम्भाबना छ। हिजो दिउसो न्यू योर्कको सिटी हलमा जम्मा भएका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र न्यू योर्क शहरका काउन्सिल सदस्यहरु जस्ले तलबी बिमारी बिदा कानुनको प्रस्ताब गरेकाछन्, बताए कि - अब न्यू योर्क शहरका ५२ मध्ये ३५ जना काउन्सिल सदस्यहरुले उक्त कानुनलाई समर्थन गरिसकेका छन्।
Gale Brewer, Council Member of New York City who introduced the Paid Sick Leave Bill today at the NYC City Council. Photos: eEyeCam
यो कानुन महिला काउन्सिल सदस्य गेल ब्रेवेरले गत जुलाई २९ मा A Better Balance र New York State Paid Family Leave Coalition संग मिलेर Earned Paid Sick Time in New York City अभियान थालनी गरेकी थिइन् भने हिजो अगस्ट २० मा औपचारिक रुपमा सिटी काउन्सिलमा तलबी बिमारी बिदा सम्बन्धी बिल (Paid Sick Leave Bill) पेश गरिएको छ।
५२ मध्ये ३५ जना काउन्सिल सदस्यहरुले उनीहरुको चुनावको मुखमा समर्थन गर्न वाध्य भएको परिस्थितीमा आगामी सेप्टेम्बर या अक्टोबर महिनामा बस्ने सिटी काउन्सिलको बैठकबाट यो बिल सजिलै पारीत हुने सम्भाबना बलियो बनेको छ।
न्यू योर्क शहरमा प्रस्तुत गरिएको Paid Sick Leave Bill अनुसार कुनै पनि कामदारले काम शुरु गरेको ९० दिन पछि हरेक ३० घण्टा काम पुरा गरेमा १ घण्टा तलबी बिमारी बिदा पाउने ब्यबस्था गरिएको छ।
यस हिसाबले बिमारी बिदा थपिदै गएपनि १० जनाभन्दा कम कामदार भएको ब्याबसायीको हकमा मालिकले कामदारलाई बर्षमा ५ दिन तलबी बिमारी बिदा दिनु पर्ने, १० भन्दा धेरै कामदारहरु भएका कम्पनी, रेस्टुरेन्टहरुले चाँही बर्षमा ९ दिनसम्म तलबी बिदा दिनु पर्ने भन्ने ब्यबस्था छ।
Donna Dolan, Chair, New York State Paid Family Leave Coalition, speaking at the protest event.
हिजोको बिरोध प्रदर्सनीमा New York State Paid Family Leave Coalition कि अध्यक्ष डिना डोलानले सिटी हलको प्राङ्गणमा कानुन पारीत हुने विश्वाश गरिन्।
कानुन प्रस्तोता काउन्सिल सदस्य गेल ब्रेवेरले भनिन्- "कसैले पनि बिमारी परेको कारण तलब कटाउने र नोकरी जोखिममा पर्ने अब हुनु पर्ने छैन।"
Nepalese activist Shailesh Shrestha speaking at the event. Photos: eEyeCam
उता नेपालीहरुकोतर्फबाट एक्लै सिङ्गौरी खेल्दै आएका शैलेश श्रेष्ठका अनुसार यो कानुनले आफु बिमारी भएपछी घरमा आराम गर्न पाईन्छ भन्ने ग्यारेन्टीले जो कसैलाई राम्रो कामदार बन्न सघाउँछ। त्यसका साथै रोग सहकर्मी र ग्राहकमा सर्नबाट पनि जोगाउँछ। शैलेश Restaurant Opportunities Center of NY का संस्थापक र बोर्ड मेम्बर हुन्। उनी यस अघी वर्ल्ड ट्रेड सेन्टरको १०६ औं तल्लामा रहेको रेस्टुरेन्टमा काम गर्थे। सन् २००१ को सेप्टेबर ११ मा आतङ्ककारीहरुको हमलाबाट उक्त सेन्टर ढलाउँदा उनी भाग्यबश घर मै रहेका थिए।
उसो त तलबी बिमारी बिदा (Paid Sick Leave) सम्बन्धी कानुन अमेरिकाका ५० मध्ये १५ राज्यहरुमा प्रस्तुत गरिएका थिए तर हालसम्म उक्त कानुन कही पनि पारीत हुन सकेको छैन। बरु आयोजकहरुका अनुसार यस अघी अमेरिकी तीन शहरहरु सानफ्रान्सिस्को, वासिङ्गटन डिसी र मिल्वाकी शहरले चाँही तलबी बिमारी बिदा सम्बन्धी स्थानिय कानुन पास गरिसकेको जानकारी गराए। न्यू योर्क शहरले यदी यो कानुन पारीत गर्‍यो भने चौथो अमेरिकि शहर बन्ने छ।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read related news:
Sherry Leiwant, Co-founder and Executive Director of A Better Balance: The Work and Family Legal Center. Photos: eEyeCam

Lois Uttley, Public Health Association of NYC. Photos: eEyeCam




Dan Cantor, Executive Director, Working Families Party.


Betsy Gotbaum, New York City Public Advocate. Photos: eEyeCam


Shailesh Shrestha with his co-workers.

ROC-NY members inside the City Hall. Photos: eEyeCam

For more news York Nepalese community news go to:

Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?