NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 21 September 2009 02:21
न्यू योर्क- गैर आबासिय नेपाली संघ अमेरिका (NRNA-USA) को पहिलो न्यू योर्क भेला आयोजकहरुले न्यू योर्कका नेपालीहरुको निक्कै खप्की खाँदै समापन भएको छ।

Slide show presented by Sumanraj Timalsina, NRNA/NAC USA President Sumanraj Timalsina.
आईतवार दिउसो न्यू योर्कको कुइन्स शहरस्थित साँग्रिला टिबेट रेस्टुरेन्टमा डाकिएको भेलामा बक्ताहरुले बिदेशमा बसोबास गर्ने नेपालीहरुको हक अधिकार र कानुनबारे जानकारी मुलक कुरा गरे पनि अमेरिकि एनआरएन (NRNA) को "नेपालीज अमेरिकन काउन्सिल" (Nepalese American Council-NAC) नामक संस्थासंग जोडीएको नामकोबारे आयोजकहरुबाट चित्त बुझ्दो जवाफ आउन नसकेपछि भेलामा चर्को बहस शुरु भएको थियो।
गैर आबासिय नेपाली संघ (NRNA) को आगामी अक्टोबर १३ देखी १५ मा काठमाडौंमा चौथो विश्व अधिबेशन हुँदै छ।
सन् २००३ मा स्थापना भएको NRNA को अहिलेसम्म ४५ देशमा शाखाहरु स्थापना भई सकेको छ।
NRNA को बिधान अनुसार १८० दिन अर्थात ६ महिना नेपाल बाहिर बसेमा उसलाई गैर आबासिय नेपाली (NRN) भनिन्छ भने सरकारले प्रस्तुत गरेको कानुनअनुसार दुई बर्ष नेपाल बाहिर बसेका नेपाली NRN भन्ने ब्यबस्था छ।
NRNA को अमेरिकि शाखा स्थापनाकालदेखी अलग्ग संस्थाभन्दा पनि "नेपालीज अमेरिकन काउन्सिल" अन्तर्गत प्रोमोट गरिएको छ। त्यस कारण उक्त काउन्सिलमा रहेका ३२ वटा नेपाली संस्थाहरुबाहेक अन्य अमेरिकि नेपाली संस्थाहरुका प्रतिनिधिहरुले अमेरिकि NRNA संस्थामा आबद्ध हुन आनाकानी मात्र होइन न्यू योर्क जस्ता शहरमा जहाँ ३२ भन्दा बेशी नेपाली संस्थाहरु कृयाशिल छन् र जो उक्त काउन्सिलमा आबाद्ध पनि छैनन्, ले NRNA संस्था कै बैधानिकता माथि प्रश्न तेर्साएका थिए।
उता ५ डलर लिएर सदस्यता बितरण गरे पनि उक्त रकम तिरी सदस्यता फर्म बुझाएको रसिद माग्दा नदिएर पछि ईमेलबाट पठाइने कुरो गरेको पनि उपस्थित न्यू योर्कबासीहरुलाई पटक्कै चित्त बुझेन।
Sumanraj Timalsina. Photos: eEyeCam.com
कार्यक्रममा काउन्सिल (NAC) का अध्यक्ष तथा NRNA USA का पनि अध्यक्ष सुमनराज तिमल्सिनाले स्लाइड सोबाट NRNA बारे आफ्नो प्रस्तुती राख्नु भएको थियो।
Dr. Tara Niraula.
NAC का पूर्व अध्यक्ष डा. तारा निरौलाले NAC र NRNA अन्तर सम्बन्ध र त्यसले उब्ज्याएको अन्यौलताबारे प्रस्ट पार्ने प्रयास गर्नु भएको थियो।
Lawyer Khagendra G.C.
उता वकिल खगेन्द्र जिसीले नेपाल सरकारलाई NRNA USA को तर्फबाट नयाँ संबिधानमा समेटिन बुझाएको  सुझाब र NRNA मा लागेर किन आफ्ना हक अधिकारका कुरा गर्नु जरुरी छ भन्ने बिषयमा प्रभाबकारी मन्तब्य राख्नु भएको थियो।
H.E. Madhuraman Acharya. Photos: eEyeCam.com

कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि नेपाली स्थाई नियोक प्रमुख महामहिम राजदूत मधुरमण आचार्यले सरकार र आफ्नो तर्फबाट भएका पहलका बारेमा जानकारी गराउनु भएको थियो।
उहाँका अनुसार सन् २००१ देखी २००५ बिच उहाँ परराश्ट्र सचिब हुँदा उहाँले नै पहिलो पटक गैर आबासिय नेपाली संघको स्थापनार्थ सरकारको तर्फबाट आर्थिक सहयोग गरेको खुलाशा गर्नु भयो।
त्यसैगरी, नेपालबाट संयुक्त राष्ट्र संघको ६४ औं महासभामा भाग लिन आउनु भएका नेपाली काँग्रेसका सभासद महेन्द्र ध्वज जिसी र नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष कर्मा ग्याल्जेन शेर्पाले आ-आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो।
CA Member Mahendradhoj G.C.
कार्यक्रमको संचालन डा. बिनोद शाहले गर्नु भएको थियो। डा.  शाह NAC को NRN Affairs New York हेर्ने Director-at-large हुन्।
NRNA अमेरिकाले न्यू योर्कमा फेरी भेला डाक्दा चाँही निक्कै होम ओर्क गर्नु पर्ने देखिन्छ।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our related news:
FIPNA President Karma G. Sherpa.  Photos: eEyeCam.com
Dr. Binod Shah.


Paramendra Bhagat.


Luna Ranjit, Adhkaar's Executive Director.  Photos: eEyeCam.com




Chandra Katiwada, Coordinator, New York Nepalese Media Forum.  Photos: eEyeCam.com





Dhaniram Sapkota.  Photos: eEyeCam.com
For more news York Nepalese community news go to:
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

Comments

avatar NRN Sympathizer
0
 
 
सबै समाचार लाई नकारात्मक रूप माँ किना लेख्नु भएको? यो पत्रकारिता को पहिचान हो की?

एन आर एन का नाम माँ न्यूयार्क माँ कसरी समेतेरा काम गर्ने पहल भयो भन्ने बुजेह जस्तो लाग्यो मलाई त्यहाँ हिजो शामिल हुंदा. नया संस्था को नाम सुंडा, विधान न थाहा हुंदा उठने जायज़ प्रश्न हरु उठेका थिए. तर त्यस्तो गोष्ठी अरु हुँदै गयो भने हामी ले अरु कुरा बुझ्दै यस संस्था माँ सक्रियता का रूप माँ भाग लाइन छौं होला.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?