| न्यू योर्कमा काँग्रेसको घाऊ अरु बल्झियो |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Monday, 28 September 2009 17:14 | |||
|
परराश्ट्रमन्त्री सुजाता कोइरालाको स्वागतको सट्टा "कोइरालाबाद मुर्दाबाद" को नारा
न्यू योर्क- अमेरिकामा रहेका नेपाली काँग्रेस समर्थकहरु बिच मनमुटाबको खाल्डो परराश्ट्रमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रशाद कोइराला पुत्री सुजाता कोइरालाको आगमनसंगै अझ गहिरिन पुगेको छ।
Foreign Minister Sujata Koirala at the Nepali Congress supporters meeting in Queens, New York. Photos: eEyeCam.com
आईतवार साँझ केही घण्टाको फरकमा डाकिएको काँग्रेसीहरुको दुइटा कार्यक्रममा सहाभागी भएर अमेरिकामा चिरा परेका काँग्रेसी कार्यकर्ताहरुलाई खुशी तुल्याउन खोज्दा न्यू योर्क शहरमा कोइराला पुत्रीले आफ्नै कानको जाली फुट्ने गरी "कोइरालाबाद मुर्दाबाद" र "परिवारबाद मुर्दाबाद" को कोइराला खानदान बिरोधी नारा सुन्न वाध्य हुनु परेको छ।
यो अप्रिय घटना नेपाली काँग्रेस केन्द्रिय समितीद्वारा गत जून १८ तारिख बिघटन गरिएको नेपाली जन संपर्क समिति अमेरिका नामको दुई वटा संगठन देबकोटा र बिष्ट समुह मध्ये देबकोटा समुहको न्यू योर्क च्याप्टरद्वारा च्याप्टर कै कार्यालय कुइन्स सनीसाइडमा आयोजना गरिएको कार्यालयमा घटेको हो।
घटना अनुसार, मन्त्री कोइराला कार्यालय निरिक्ष्यण कार्यक्रममा आउने बताएर च्याप्टरद्वारा कार्यकर्ताहरुलाई साढे दुई बजेदेखी नै बोलाईए पनि मन्त्री कोइराला चाँही बेलुकी सवा छ बजेतिर मात्र आउनु भएको थियो।
कुइन्स सनीसाइडको बेसमेन्टमा रहेको कार्यालयमा छिर्ने बित्तिकै मन्त्री कोइरालाले- "सोमनाथ जि, मलाई यहाँ कहाँ लिएर आएको? मलाई तपाईंले यहाँ यसरी बिबादमा पार्न ल्याएको हो?" भनेर कड्किएपछि झन्डै ४ घण्टादेखी मन्त्री कोइरालाको झुल्को देख्न कुरेर बसेका काँग्रेसीबन्धुहरु र दिदी बहिनीहरुले -"नेपाली काँग्रेसको नेता भएपछि काँग्रेस कै कार्यालयमा आउन किन बिबाद हुन्छ?" भन्दै मन्त्री कोइरालाको प्रतिबाद गरेका थिए।
आफ्नो मन्तब्य दिने क्रममा मन्त्री कोइरालाले - "यहाँ तपाईंहरुले राजनीति गर्ने होइन, राजनीति नै गर्ने हो भने नेपालमा आउनुहोस्। जन संपर्क समिती बिघटन भई सकेको छ। दुई टुक्रा हुनु भएन। अधिबेसन गर्नुहोस्। अधिबेसन गरेर जस्ले जित्छ उसैले जन संपर्क समितीको नेत्रित्व गर्नु पर्दछ।" भनेर आफुलाई बोलाएकोमा धन्यबाद्समेत नभनेर पाँच मिनेट मै काँग्रेसीहरुको अर्को संयुक्त स्वागत तथा अन्तर्कृया कार्यक्रममा जाने तरखर थालेपछि कार्यालयमा उपस्थित काँग्रेसीहरुले "कोइरालाबाद मुर्दाबाद" नारा लगाउन थालेको च्याप्टर कि उपाध्यक्ष जेनेस गुरुङले युएस नेपाल अनलाइनलाई जानकारी गराइन्।
उपाध्यक्ष गुरुङले भनिन्- "हामीले हाम्रो नेता भनेर यतिकाबेर कुरेर बसेपछि उहाँले पनि कमसे कम खुशी ब्यक्त गर्नु पर्नेमा उल्टो हामीले नै उहाँलाई बिबादमा फसाएको आरोप लगाएपछि हामीले कसरी चुप लाग्न सक्छौं त?"
तर उता साढे छ बजे अर्को संयुक्त भनिएको काँग्रेसी कार्यक्रममा जानु पर्ने भएपछि मन्त्री कोइराला ५ मिनट मै उठेर हिंड्ने तरखर गर्न थालेको र त्यसै बेला च्याप्टरका अशोक ज्ञावाली लगायतले मन्त्री कोइरालाको बाटो छेकेरै प्रतिप्रश्नहरुको ओइरो लगाएका थिए। मन्त्री कोइरालाले- "अर्को कार्यक्रममा आउनुहोस्, त्यही कुरा गरौंला" भनेर हिंड्न थालेपछि भने मन्त्री कोइराला कै अघिल्तिर नाराबाजी लगाउन शुरु गरिएको थियो। मन्त्री कोइराला नाराबाजी कै बिच कार्यलयबाट निस्केर अर्को काँग्रेसी कार्यक्रममा सहभागी हुन जानु भएको थियो।
यो रडाकोको बिषयमा च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेकाअनुसार मन्त्री कोइरालाले दुई तीन दिन अघीदेखी नै कार्यालयमा आउने बचन दिएकोले आफुले कार्यकर्ताहरुलाई मन्त्रीको स्वागत गर्नका लागि आफुले बोलाएको तर अर्को पक्षका केही ब्यक्तीहरुले जन संपर्क समितीको कार्यालयमा जानु हुँदैन भनेर कन्भिन्स गरेकाले अन्त्तिम समयमा आएर मन्त्री कोइरालाले कार्यालयमा आउन आनाकानी गरेको बताए।
तर उनले आफ्ना च्याप्टरका साथीहरुले मन्त्री तथा पार्टी नेतामाथि जन संपर्क समिती कै कार्यालयमा नाराबाजी गरेकोमा आफुले क्षमा याचना गर्न चाहेको युएस नेपाल अनलाइनलाई बताए।
उनले भने- "हाम्रा साथीहरुले जो गरे त्यो ठुलो गल्ती हो। आफ्नै पार्टिका नेतालाई त्यसरी नाराबाजी गर्नु हुँदैन्थ्यो। म सम्पूर्ण साथीहरुकोतर्फबाट क्षमा माग्न चाहन्छु।"
उनले अक्टोबर १ तारिख नेपाल फर्किनु अघी नै मन्त्री कोइरालासंग भेट गरी माफि माग्ने पनि खुलाशा गरे।
यो घटना अघी जन संपर्कको निम्तोमा उक्त कार्यालयमा आउनुभएका सभासद तथा काँग्रेस नेता प्रदिप गिरी झन्डै एक घण्टासम्म बस्दा पनि मन्त्री कोइराला आउने र कार्यक्रम शुरु हुने छाँट नदेखेपछि अर्को कार्यक्रममा जान ढिला हुने भनेर कार्यालयबाट निस्कनु भएको थियो। यो पङ्तिकार पनि एक घण्टाको कुराइपछि पनि मन्त्री कोइराला आउने सम्भावना नदेखेपछि अर्को कार्यक्रममा भाग लिन गएको थियो।
च्याप्टर कि उपाध्यक्ष जेनेस गुरुङका अनुसार च्याप्टरको कार्यालयमा भएको कार्यक्रमको सभापतित्व माया भट्टले गर्नु भएको थियो भने रोशन ढुङ्गानाले कार्यक्रमको सन्चालन गर्नु भएको थियो। कार्यक्रममा मन्त्री कोइराला आउन निक्कै ढिलो भएपछि सभासद महेन्द्रध्वज जिसीलाई मुख्य अतिथी बनाइ कार्यक्रमको शुरुवात गरिएको थियो। कार्यक्रममा उपाध्यक्ष गुरुङले जन संपर्क समिती न्यू योर्क च्याप्टरको गतिबिधीबारे प्रकाश पार्नु भएको थियो।
स्मरण रहोस्, यस अघी देबकोटा समुहले नेका केन्द्रिय समितीद्वारा आफ्नो संस्थालाई बैधानिक समिती मानेको तर एकता कायम गर्न नेत्रित्व असक्ष्यम भएको भन्दै बिघटन गरेको प्रति कडा आपत्ति जनाउदै काँग्रेसको उक्त निर्णयको अबज्ञा गर्ने निर्णय गर्दै समिती यथावत रहेको बताएको थियो भने बिष्ट समुहले भने बिघटनको स्वागत गरेको थियो।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read related news:
जन संपर्क होइन धन संपर्क खोल्नुहोस्-प्रदिप गिरी नेका नेता
For more New York Nepalese community news go to:
Read our feature stories:
-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो - न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट -Adhikaar: Nepalese Women's Voice in New York (25 photos) -सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन् (24 Photos)
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments