NEWS: बिबिसी नेपाली सेवा ::

Inside

हिन्दी भाषालाइ नेपालमा एकछत्र बनाउने प्रयाशको शिलान्यास PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Santosh Thapalia   
Wednesday, 02 September 2009 23:26
न्यु योर्क -"आफै झाँक्री आफै बोक्सी" यो नेपालमा धेरै प्रचलित उखान हो ।

आज नेपाली जनताहरु समयमै संविधान पाएर आफु लोकतान्त्रिक गणतन्त्रका छायाँमुनि बस्न आतुर छन् भने जनताका भरोसाका प्रतिनिधिहरु भने भाषाको लडाइमा शब्दबाण लिएर एक-अर्काको मानमर्दन गर्दै सर्बोच्च अदालतको अवसान गराउन जुटेका छन् ।
 
"म नेपाली भाषामा शपथ पनि खान्न, राजिनामा पनि दिन्न" नेपालका उप-राष्ट्रपति परमानन्द झाले सगौरब पत्रकार सम्मेलन गरी नेपाली जनता, नेपाल सरकार, सर्बोच्च अदालत र नेपालको वर्तमान संविधानलाइ यसरी नै चुनौती दिए ।

वर्तमान अन्तरिम संविधान अनुसार कानूनको व्याख्या गर्ने काम सर्बोच्च अदालतको हो तर नेपालमा हिजोआज हर राजनीतिक पार्टीका नेताहरु न्यायाधिश बनि टोपल्ने जुन परम्परा बसाउदै छन् कानूनी राज्यको लागि दुर्भाग्यपूर्ण हो ।

अब प्रश्न उठ्छ -संविधान नमान्नेहरूले देशमा कसरी ऐन-कानुन कार्यान्वयन गराउँछन् त हत्यारा, वलात्कारी र अपराधिहरु माथि? हत्यारा, वलात्कारी र घुसखोरीहरु भोलि आफुहरुले पनि परमानन्द झा जस्तै कानुनबाट उन्मुक्ति पाउनु पर्छ भन्दै आन्दोलनको तयारीमा जुटे भने के उत्तर दिन्छन् झा महोदयले ? के सर्बोच्च अदालतले कुनै मुद्दामा फैसला गरिसकेपछि त्यसलाई मान्दिन वा आफुले चाहे अनुसार भएमात्र मान्छु, वा संविधान परिवर्तन गरेर फैसलालाई उल्टाउनु पर्छ भन्न मिल्छ? कि संविधानले उप-राष्ट्रपतिलाई पुरानो श्री ५ जस्तै छुट दिएको छ? यदि छैन भने यो बेमौसमको बाजा किन बजाइदै छ त?
 
बाहिर टिका-टिप्पणीहरु जे भएपनि भित्रि खेल भने गम्भीर छ । उप-राष्ट्रपतिलाइ तीर बनाएर शिकार भने देशको सार्वभौमिकता र नेपाली भाषामाथि गर्न खोजिदै छ । पर्दा पछाडिबाट "देखाजायेगा" भन्नेहरुले झालाइ प्रयोग गरेर निकै लामो स्वार्थ-यात्राको श्रीगणेश गर्न खोज्दै छन् । महान नेपाली जनताको समावेसी, शान्त र सुन्दर नेपालको सपनाको तलाउमा जसले ढुंगा हाने पनि त्यसलाई कामयाव हुन नदिन राजनीतिक पार्टीहरु सुझबुझका साथ अगाडि बढ्नु पर्नेमा सत्ता गुठबंदका लागि सर्बोच्च अदालतलाइ पंगु बनाउनतिर लाग्नु ऐतिहासिक भुल सावित हुनेछ ।
 
शपथ ग्रहणको सम्पूर्ण कार्यक्रम तय भैसके पश्चात अन्त्यमा कसले उप-राष्ट्रपतिलाइ काँधमा बोक्यो र वहाँ उपस्थित हुन मान्नु भएन? प्रश्नलाइ नेपालका नेताहरुको अदूरदर्शिता, अक्षमता, सत्तालोलुपताका कारण हलुका रुपमा लिइए पनि भारतको हिन्दी भाषालाइ नेपालमा एकछत्र बनाउने प्रयाशको शिलान्यासको रुपमा यसलाई हेरिनु आबश्यक छ ।
 
संविधान मान्ने हो भने उहाँहरूको जुँगाको मूल्य घट्ने भने पक्कै होइन बरु यसले नयाँ नेपाल बनाउने उच्च आकांक्षा बोकेका जनताहरुलाई अनुशासित र कानुनी राजमा बाँच्न सिकाउछ । सामन्ती युगलाई समाप्त गरेर नयाँ युगको सुरुवात गर्न जनताबाट पठाइएकाहरु बाटै यस्ता अराजक काम कार्यवाही हुँदै गएमा भने नेपाली जनताले पुनः एक पल्ट ठण्डा दिमागले सोच्नु पर्ने हुन् सक्छ।

-Santosh Thapalia in New York.
 
Read more article by Santosh:
For more news York Nepalese community news go to:
 
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?