न्यू योर्क- सगरमाथाको टुप्पोमा फेला परेको ढुङ्गो लिएर विश्व समुदायका सामु बातावरणीय बदलाब (Climate Change) का कारण नेपालले भोग्नु परेको र भबिश्यमा भोग्नु पर्ने सास्तीको बेलिबिस्तार लगाउन न्यू योर्क आउनु भएका नेपालका प्रधानमन्त्री माधवकुमार नेपालले मंगलबार संरासंको ६४ औं महासभाका अबसरमा संरासं महासचिब बान कि मुनद्वारा आयोजना गरिएको उच्चस्तरीय गोल मेच कार्यक्रममा प्रभाबसाली बक्तब्य दिनु भयो।
Prime Minister Madhavkumar Nepal (right) with President of Bolivia, H. E. Eva Morales. Exclusively for usnepalonline by: eEyeCam.com
उहाँले आफ्नो बक्तब्यमा नेपालको बाताबरणीय बदलाबका कारण हिमालय श्रिङ्गखलाहरुका हिउँ द्रुत गतिमा पग्लिदै गएको तथा हिम ताल (glacial lakes) हरु फुट्ने स्थिती रहेको बताउनु भएको छ। जसका कारण धन जनको ठ्लो क्षेती हुनुका साथै दक्षिण एसिया कै खानेपानीको मुहानको रुपमा रहेका हिम श्रिङ्गखलाहरु र नदीहरुमा भर पर्ने एक अर्ब बेशी मानब समुदायलाई असर पर्ने उल्लेख गर्नु भएको छ।
PM Nepal with UML leader Amrit Bohara, Nepali Congress leader, former Finance Minister and CA Member Dr. Ramsaran Mahat. Back row: PM's Foreign Advisor Rajan Bhattarai and Gayatri Nepal, wife of PM Nepal. Exclusively for usnepalonline by: eEyeCam.com
प्रधानमन्त्रीले बुँदागत रुप मै उल्लेख गर्दै बाताबरणीय बदलाबका कारण मौसम र मनसुनमा आउने फेरबदलले कृषि उत्पादन र खाध्यान्न सुरक्षामा आँच आउने, सरुवा रोगको महामारीले जनतामा असर पर्ने बताउनु भएको छ।
PM Nepal with Nepalese delegates. Exclusively for usnepalonline by: eEyeCam.com
प्रधानमन्त्रीले नेपाल जस्तो गरीब मुलुकले आफ्नो मात्र बल बुताबाट मात्र समस्याको समाधान गर्न नसक्ने पनि विश्व समुदायसंग स्पस्ट पार्नु भएको छ।
प्रधानमन्त्री नेपालले संरासं Climate Change बैठकका अबसरमा जारी गर्नु भएको भिडियो बक्तब्य:
Video statement by The Right Honourable Madhav Kemur Nepal, Prime Minister of Nepal
Source: http://www.un.org/wcm/content/site/climatechange/pages/2009summit/statements#m
मंगलबार नै प्रधानमन्त्री नेपालले दक्षिण अमेरिकि मुलुक बोलिभियाका आदिबासी राष्ट्रपति इभा मोरेल्ससंग बिशेष भेट गर्नु भयो।
Prime Minister Madhavkumar Nepal (right) with President of Bolivia, H. E. Eva Morales. Exclusively for usnepalonline by: eEyeCam.com
राष्ट्रपति मोरेल्ससंगको भेटमा प्रधानमन्त्रीले नेपाल सर्बोच्च शिखर माउन्ट एभरेस्ट (सगरमाथा) को देश भनेर आफ्नो चिनारी दिनु भएको थियो।
प्रधानमन्त्रीले नेपालमा आफुहरु नयाँ संबिधान बनाउन लागि परेको र बोलिबियाबाट आफुले केही कुरा सिक्न चाहेको बताउनु भएको थियो।
Prime Minister Madhavkumar Nepal (right) with President of Bolivia, H. E. Eva Morales. H.E. Madhuraman Acharya (left). Exclusively for usnepalonline by: eEyeCam.com
प्रधानमन्त्रीका बिदेश सल्लाहकार राजन भट्टराईका अनुसार प्रधानमन्त्री नेपाल र राष्ट्रपति मोरेल्स बिच एक अपासलाई अनौपचारिक रुपमा आ-आफ्नो मुलुकको भ्रमण गर्न निम्तो दिने काम भयो।
सल्लाहकार भट्टराईका अनुसार दुबै नेताहरुबिच ब्यापारिक र कुट्नैतीक सम्बन्ध बिस्तार गर्नेबारे पनि कुराकानी भएको थियो।
त्यसैगरी, आजै प्रधानमन्त्री नेपालले कतारका प्रधानमन्त्री हमद बिन अल थानी र दक्षिण कोरियाका राष्ट्रपति लि म्युङ बाकसंग पनि छुट्टाछुट्टै कार्यक्रमका बिच भेट गर्नु भयो।
प्रधानमन्त्रीको कार्यक्रम नै कार्यक्रमहरुको ताँती
प्रधानमन्त्री नेपालले बुधवार महासभाको छलफल सत्रको उद्घाटन कार्यक्रममा भाग लिने कार्यक्रम छ भने दिउसो बेलायतका प्रधानमन्त्री गोर्डोन ब्राउन र विश्व बैकका प्रेसिडेन्ट रोबर्ट जोएलिकले आयोजना गरेको "Investing in Our Common Future: Healhy Women, Healthy Children" बिषयक बैठकमा सहभागी हुनेहुनु हुने छ।
बुधवार नै उहाँले अमेरिकि राष्ट्रपति बाराक ओबामाले डाक्नु भएको संरासंलाई शान्ती सेना उपलब्ध गराउने विश्वका ८ प्रमुख मुलुकहरुको बैठक र बेलुकी राष्ट्रपति ओबामा र उहाँ कि श्रीमती मिचेल ओबामाले आयोजना गर्नु भएको स्वागत कार्यक्रममा आफ्नी धर्मपत्नी गायात्री नेपालका साथ भाग लिनु हुने कार्यक्रम छ।
प्रधानमन्त्री नेपालले बिहीवार सेप्टेम्बर २४ मा कोलम्बिया विश्व बिद्यालयमा मुख्य बक्ताको रुपमा आफ्नो मन्तब्य दिने कार्यक्रम छ भने शुक्रबार सेप्टेम्बर २५ बेलुकी ६ बजे चियान फेडेरेसन, अस्टोरिया, कुइन्समा न्यू योर्कका ३२ वटा संस्थाहरुद्वारा आयोजना गरिएको अन्तर्कृया कार्यक्रममा भाग लिनुहुने छ।
प्रधानमन्त्री नेपालले सेप्टेम्बर २६ शनिबार बेलुकी नेपाल फर्किनु अघी दिउसो संरासंको ६४ औं महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। माथि उल्लेखित कार्यक्रमहरु केही मुख्य मुख्य दिइएका हुन्।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read our related news:
-न्यू योर्कमा नेपाली बिद्यार्थीहरुद्वारा प्रधानमन्त्रीलाई संयुक्त राष्ट्र संघ कार्यालय अघी बिरोध प्रदर्शन गर्ने
-न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
-१०९ वर्षीय कांशीराम राई भुटानबाट नेपाल र अब अमेरिका मा !
-मन्त्री सुजाताको कृपामा धमलाको न्यू योर्क यात्रा
-अमेरिकी राष्ट्रपति ओबामा र संरासं महासचिव मुनलाई प्रधानमन्त्री नेपालले सगरमाथाको ढुंगा उपहार दिने
-Climate Change: Countdown to Copenhagen 2009
-Don't Miss 1st Live Broadcst from New York City !
Read our last year's 63rd UN General Assembly meeting reporting:
For more New York Nepalese community news go to:


UN General Secretary Ban-ki-Moon (center) and President of 64th General Assembly Ali Treki (left) and Muhammad Shaaban, Under-Secretary General for General Assembly Affairs and Conference Management. Exclusively for usnepalonline by: eEyeCam.com

Prime Minister Madhavkumar Nepal and CA Member & Chairman, Development Committee Legislature Parliament Jitendra Sonar. Photo courtesy: Sonar

64th UN General Assembly meeting on Tuesday, 25 September, 2009. Exclusively for usnepalonline by: eEyeCam.com

UN General Assembly Hall after the meeting on Tuesday, 25 September, 2009. Exclusively for usnepalonline by: eEyeCam.com



UN HQ as seen on Tuesday, 25 September, 2009. Exclusively for usnepalonline by: eEyeCam.com
Comments