NEWS: बिबिसी नेपाली सेवा ::

Inside

ओबामालाई नेपालका प्रधानमन्त्री माधवकुमार नेपालद्वारा सगरमाथाको चिनो PDF Print E-mail
Share
User Rating: / 8
PoorBest 
Written by Pradeep Thapa Magar   
Wednesday, 23 September 2009 15:21
न्यू योर्क- संयुक्त राष्ट्र संघको ६४ औं महासभामा भाग लिन न्यू योर्क आइ पुग्नु भएका नेपालका प्रधानमन्त्री माधवकुमार नेपालले आज बुधवार अमेरिकि राष्ट्रपति बाराक ओबामालाई दुई पटक भेट्ने अबसर प्राप्त गर्नु भयो।

US President Barack Obama and Nepal's Prime Minister Madhavkumar Nepal at UN HQ in New York. Photo courtesy: H.E. Madhuraman Acharya

उक्त अबसरमा प्रधानमन्त्री नेपालले राष्ट्रपति ओबामालाई नेपाल भ्रमणमा आउन निम्तो गर्नु भयो भने सगरमाथाको चुचुरोबाट लिएको ढुङ्गा उपहार स्वरुप प्रदान गर्नु भयो।
Prime Minister Nepal's gift to President Obama: a stone from Mt. Everest, the tallest mountain in the world. Photo: eEyeCam.com
प्रधानमन्त्री नेपालले बाताबरणीय बदलाब (Climate Change) का कारण सगरमाथाको चुचुरोमा हिउँको सट्टा ढुङ्गा फेला पर्न थालेपछि १९ पटक विश्वको सर्बोच्च शिखर चढेर किर्ती कायम गरेका आप्पा शेर्पाले शिखरको टुप्पोबाट ल्याउनु भएको सानो ढुङ्गोलाई WWF (World Wildlife Fund) र नेपाल सरकारको अभियान "Climate for Life ...a call from the Himalayas" को दुई पाते बिरुवा र जीवन चिन्हसंग जडान गरिएको चिटिक्क परेको ट्रफी उपहारको रुपमा प्रदान गर्नु भएको हो।
Apa (Lhakpa Tenzing) Sherpa, 19th time Mt. Everest climber Nepali who brought stone from the Everest summit. Photo courtesy: AFP via BBC.co.uk
उक्त उपहारको अघिल्तिरको प्लेटमा लेखिएको छ:
"Rt. Honorable prime Minister of Nepal Madhavkumar Nepal presents the piece of rock from the top of Mount Everest to His Execellency President of United States barack Obama as a symbol of Melting Himalayas in the the wake of Climate Change."
पछील्तिरको प्लेटमा लेखिएको विवरण यस प्रकार छ:
"Climate for Life is a campaign facilitated by WWF in collaboration with the Government of Nepal and partners to draw global attention to impacts of Climate Change in the Himalyas."
तर प्रधानमन्त्री नेपालले दिन लागेको ढुङ्गो उपहार सिधै दिन नमिल्ने भएपछि प्रधानमन्त्री नेपालले उक्त उपहारको साटो उक्त उपहारको फोटो फ्रेममा हालेर दिनु भएको थियो।
प्रधानमन्त्रीको उपहार बिशेष सुरक्षा जाँच पछि राष्ट्रपति ओबामाको कार्यालय ह्वाइट हाउसमा सिधै पुग्ने छ।
PM Nepal's gift to President Obama. Photo: eEyeCam.com
(Discloser: अपर्झटमा ढुङ्गाको सट्टा फोटो दिने भएपछि प्रधानमन्त्री नेपालले युएस नेपाल अनलाइनलाई उक्त उपहारको फोटो खिच्न र त्यसलाई फोटो फ्रेममा लगाउन "निर्देशन " दिनु भएको थियो।)
आज बुधवार (सेप्टेम्बर २३) प्रधानमन्त्री नेपाल राष्ट्रपति ओबामाले दिउसो डाक्नु भएको संरासंलाई शान्ती सेना उपलब्ध गराउने विश्वका ८ प्रमुख मुलुकहरुको बिशेष बैठक र बेलुकी आफु र श्रीमती मिचेल ओबामाले आयोजना गर्नु भएको स्वागत कार्यक्रममा आफ्नी धर्मपत्नी गायात्री नेपालका साथ भाग लिनु भएको थियो।
संयुक्त राष्ट्र संघका लागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्यका अनुसार दिउसोको बैठकमा राष्ट्रपति ओबामा र प्रधानमन्त्री नेपालबिच संरासं शान्ती सेनामा नेपाल सरकारले पुर्याएको योगदानको राष्ट्रपति ओबामाले सराहना गर्नु भएको थियो।
आजको भेटमा राष्ट्रपति ओबामाले संरासं शान्ती सेनामा नेपालको निरन्तर सकृय सहयोगको आफुले अपेक्षा गरेको बताउनु भएको थियो।
नेपाल विश्वमा शान्ती सेनामा सबैभन्दा धेरै आफ्नो सेना र प्रहरी पठाउने पाँचौं राष्ट्र हो। नेपालबाट अहिले ४ हजार २ जना सेना र प्रहरी शान्ती सेनामा खटिएको राजदूत आचार्यले युएस नेपाल अनलाइनलाई बताउनुभयो।
शान्ती सेनामा हाल पाकिस्तानले १० हजार ६२५, बङ्गला देशले ९ हजार २२० जना, भारतले ८ हजार ६१७ जना र नाइजेरियाले ५ हजार ७९२ जना आफ्ना सेना र प्रहरी खटाइ रहेको संरासंले जनाएको छ।
गत बर्ष ७.१ अर्ब अमेरिकि डलर शान्ती सेनाका लागि खर्च भएको थियो जसमा संयुक्त राज्य अमेरिका (USA) ले २५.९६ प्रतिसत खर्च ब्यहोरेको थियो भने जापानले १९.६२ प्रतिसत, जर्मनीले ८.५८ प्रतिसत, बेलायतले ७.८४ प्रतिसत, फ्रान्सले ७.४४ प्रतिसत र इटालीले ५.०८ प्रतिसत अनुदान गरेका थिए। राष्ट्र संघकाअनुसार यो खर्च विश्व सैन्य खर्च १ खर्ब २३२ अर्ब अमेरिकि डलरको शिर्फ ०.५ प्रतिसत मात्र हो।
शान्ती सेनामा अहिले ११७ देशका ८२ हजार सेना र प्रहरीहरुले सेवा पुर्याइरहेका छन्।
Prime Minister Nepal and Foreign Minister Sujata Koirala with US Secretary of State Hilary Clinton. Photo courtesy: H.E. Madhuraman Acharya
त्यसैगरी, आजै प्रधानमन्त्री नेपाल र परराश्ट्रमन्त्री सुजाता कोइरालाले अमेरिकि सेक्रेटरी अफ स्टेट हिलारी क्लिन्टनलाई पनि भेट गर्नु भयो। राष्ट्रपति ओबामाले बुधवार दिउसो डाक्नु भएको संरासंलाई शान्ती सेना उपलब्ध गराउने विश्वका ८ प्रमुख मुलुकहरुको बिशेष बैठकमा उक्त भेट भएको थियो।
Prime Minister Nepal attedning at the high-level meeting on "Investing in Our Common Future: Healthy Women, Healthy Children", chaired by Gordon Brown, Prime Minister of the United Kingdom and Northern Ireland, and Robert Zoellick, President of the World Bank. The Prime Minister and Bank President also co-chair the Taskforce on Innovative International Financing for Health Systems, which hosted the event at UN, New York on 23 September 2009. Photo courtesy: Mark Garten, UN Photo.
यसका अलावा, प्रधानमन्त्री नेपालले बुधवार दिउसो बेलायतका प्रधानमन्त्री गोर्डोन ब्राउन र विश्व बैकका  प्रेसिडेन्ट रोबर्ट जोएलिकले आयोजना गरेको "Investing in Our Common Future: Healhy Women, Healthy Children" बिषयक बैठकमा भाग लिनु भएको थियो।
Prime Minister Madhavkumar Nepal Nepal (1st row 3rd from left) at the Group Photo of Innovative International Financing for Health Systems Members Members of the Taskforce on Innovative International Financing for Health Systems pose for a group photo. The Taskforce is chaired by Gordon Brown (fifth from right, first row), Prime Minister of the United Kingdom and Northern Ireland; and Robert Zoellick (right, first row), President of the World Bank. Photo courtesy: Mark Garten, UN Photo.
प्रधानमन्त्रीको कार्यक्रम नै कार्यक्रमहरुको ताँती

प्रधानमन्त्री नेपालले बिहीवार सेप्टेम्बर २४ मा कोलम्बिया विश्व बिद्यालयमा मुख्य बक्ताको रुपमा आफ्नो मन्तब्य दिने कार्यक्रम छ भने शुक्रबार सेप्टेम्बर २५ बेलुकी ६ बजे चियान फेडेरेसन, अस्टोरिया, कुइन्समा न्यू योर्कका ३२ वटा संस्थाहरुद्वारा आयोजना गरिएको अन्तर्कृया कार्यक्रममा भाग लिनुहुने छ।
An Interaction with Prime Minister Madhavkumar Nepal:
"Federalism in Nepal & the New Constitution"
"नेपालमा संघियता र नयाँ संबिधान"
-Don't Miss 1st Live Broadcst from New York City ! on 25 September, 2009, 6-10 pm EST
प्रधानमन्त्री नेपालले सेप्टेम्बर २६ शनिबार बेलुकी नेपाल फर्किनु अघी दिउसो संरासंको ६४ औं महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। माथि उल्लेखित कार्यक्रमहरु केही मुख्य मुख्य दिइएका हुन्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our related news:

-प्रधानमन्त्री नेपालद्वारा Climate Change सम्बन्धी संरासं बैठकमा मन्तब्य ब्यक्त

-न्यू योर्कमा नेपाली बिद्यार्थीहरुद्वारा प्रधानमन्त्रीलाई संयुक्त राष्ट्र संघ कार्यालय अघी बिरोध प्रदर्शन गर्ने

-न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला

-१०९ वर्षीय कांशीराम राई भुटानबाट नेपाल र अब अमेरिका मा !

-मन्त्री सुजाताको कृपामा धमलाको न्यू योर्क यात्रा

-अमेरिकी राष्ट्रपति ओबामा र संरासं महासचिव मुनलाई प्रधानमन्त्री नेपालले सगरमाथाको ढुंगा उपहार दिने

-Climate Change: Countdown to Copenhagen 2009

-Don't Miss 1st Live Broadcst from New York City !

Read our last year's 63rd UN General Assembly meeting reporting:
प्रधानमन्त्री प्रचन्ड जाँदाजाँदै 'स्टेचु अफ लिबर्टी' र न्यूयोर्कको 'सब वे त्रेन' चढे
-न्यू योर्कमा प्रधानमन्त्री प्रचन्डले जिते नेपालीहरुको मन
(20 Photos)
अमेरिकि नेपालीहरुले भने "प्रमले हाम्रो मन नेपाल फर्कौं बनाए"

-प्रधानमन्त्री प्रचन्डद्वारा सं. राष्ट्र संघको ६३ औं महासभालाई सम्बोधन
(6 Photos)
गरिवी निबारण, बिकास, दीगो शान्‍ति र मानबाधिकारको रक्षा प्रमुख एजेन्डा
-UN Wants to End Poverty by 2015 But Is Wary About the Deadline (6 Photos)
Nepal’s New Prime Minister Envisions Achievement by 2018

-न्यू योर्कमा नेपालीहरुद्वारा प्रधानमन्त्री प्रचन्डको भब्य स्वागत (27 Photos)
-"Mr. Prachanda, You're a Legend."-Prime Minister of Bhutan
For Many World Leaders: UN Is a Must-Win Battle Ground : But at What Cost? (12 Photos)
-News update:
बुश र प्रचन्ड दुबै प्रसन्न

अमेरिकि सहयोग आउने कुरामा प्रधानमन्त्री ढुक्क
For more New York Nepalese community news go to:

Comments

avatar Santosh
0
 
 
Pradeep Jee,
Congratulation for your wonderful coverage as non of the US based online news covered this time. Also, you have got great opportunity to picturise and frame the gift to Obama. Keep moving.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?