NEWS: बिबिसी नेपाली सेवा ::

Inside

प्रधानमन्त्री नेपालले साइतमै दशैंको टीको लगाउने गरी स्वदेश फर्किए PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 27 September 2009 11:41
न्यू योर्क, काठमाडौं- नेपालका प्रधानमन्त्री माधवकुमार नेपाल संयुक्त राष्ट्र संघको ६४ औं महासभामा भाग लिएर हिजो सांझ कतार एयरको फ्लाइट नम्बर QR 084 बाट नेपाल फर्किएका छन्।
संयुक्त राष्ट संघीय ६४ औं महासभामा भाग लिएर हिजो नेपाल फर्केका प्रधानमन्त्री माधबकुमार नेपालले साइतमै दशैंको टीको लगाउने गरी स्वदेश फर्कने कार्यक्रम तय गरेपनि केही उच्च पदस्थ अधिकारीहरुले उनकै कारण साइतमै टीका लगाउन नपाउने भएका छन् ।
प्रधानमन्त्री टीकाको साईत भन्दा केही अगाडिमात्र त्रिभुवन विमानस्थल आइपुग्ने र उनलाई स्वागत गर्न लाइनमा जानुपर्ने कारण यस्तो स्थिति सिर्जना भएको हो ।
दशैंको टीकाको शुभसाइत असोज १२ गते विहान दश बजेदेखि साढे दशबजेसम्मको अवधिलाई मानिएको छ । प्रधानमन्त्री नेपालको सवार जहाज भने विहान ८ बजे त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आइपुग्नेछ । जहाज अवतरण भई उनी जहाजबाट निस्कँदा साढे आठ बजिसकेको हुनेछ । त्यसपछि विमानस्थलमा सरकारी अधिकारीहरुले उनको स्वागत गर्नेछन् ।
'दश बजे टीकाको शुभसाइत छ, तर प्रधानमन्त्रीलाई स्वागत गर्दा शुभसाइतको समय त्यहीं बित्ने स्थिति छ, प्रधानमन्त्री त हाम्रो स्वागत खाएर सिधै आफ्ना बाबुसँग साइतमै टीका लगाउन बालुवाटार पुग्लान्' एक उच्च अधिकारीले यूसनेपालअनलाइनसँग भने- 'तर हामी घर आइपुग्दासम्म ११ बज्ने भएकाले हामीले शुभसाइनमा टीका लगाउन नपाउने भयौं ।'
-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?