NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कबाट प्रेयसीलाई 365 x 2 सम्झिने यो मन PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Pradeep Thapa Magar   
Friday, 04 December 2009 01:38

न्यू योर्क- "बर्षमा ३६५ दिन मात्र होइन हजुर ३६५ भाग २ अर्थात 365 x 2 गर्नुस्। म हरेक दिन बिहान र बेलुका उनिसंग काठमाडौंमा फोनमा कुरा गर्छु।" - स्याङ्जा पुतली बजारका लेखनाथ शर्मा, जो सन् २००५ डिसेम्बरको क्रिस्मसदेखी न्यू योर्कमा बस्दै आएकाछन्, ले युएस नेपाल अनलाइनलाई गर्बकासाथ भने । यसो भनी रहँदा उनको अनुहारमा प्रेमको उच्छबास झल्किन्थ्यो।

 

 

Lekhnath Sharma celebrating his 37th birthday in Hicksville, New York on last Sunday. Photos: eEyeCam.com

यस्तो पो माया प्रीति !

हुन पनि किन नगरुन् त दिनको दुई पल्ट? प्रेम जो गरेका थिए उनले आजभन्दा २३ बर्ष अगाडि अर्थात जब यि दुई जोडी भर्खर १४ बर्षका कलिला किशोर युबा युबती थिए।

लेखनाथले न्यू योर्कको हिक्सभिलमा आफ्नो ३७ औं जन्म दिवस मनाउने क्रममा आफ्नो प्रेमको बेलिबिस्तार लगाउदै यो पङ्क्तिकारलाई भने- "लेख्न हुन्छ कि हुँदैन, उनीसंग प्रेम त गाउँमा बाल्यकालमा गाई चराउँदादेखी नै बसेको थियो। उनी अर्थात उनकी पूर्व प्रेमिका र अहिले अर्धाङ्गिनी हुन्- शुशिला शर्मा।

Chandra Kumari Gurung, Lekhnath's adopted sister giving Tika to him during birthday celebration.

एउटै उमेर, १४ बर्षको किशोरराबस्थादेखी एक अर्काका प्रेममा चुर्लुम्म डुबेका लेखनाथ र शुशिलाले सात बर्षसम्म प्रेमको लुकामारी गर्दै बिताए, कलेज पढ्ने भएपछि २० बर्ष पुग्दा बल्ल लगन गाँठो कस्न पुगे।

लेखनाथ अमेरिका आएपछि कहाँ बस्छिन् त शुशिला? उनले भने- "२३ बर्ष भो डेराको जिन्दगी बिताएको। अझै पनि हामी डेरा मै बस्छौं। मेरी श्रीमती र हाम्रा दुई छोरा अहिले ललितपुर सात दोबाटोमा बस्दछन्।"

Receiving blessing from Mama-Maiju Mohan Chhetry & Laxmi Chhetry.

अर्थशास्त्रको पढाई अर्कोतिर आफु चाँही पासपोर्ट बोकी बिदेशतिर

लेखनाथले त्रिभुवन विश्व बिद्यालय किर्तिपुरमा अर्थशास्त्रमा एम.ए. गर्दै थिए। उता उनको स्याङ्जा बजारमा 'स्याङ्जा अडियो एन्ड भिडियो' नाम गरेको सबैले चिन्ने लोकप्रिय इलेक्ट्रोनिक्स पसल पनि थियो। तर बिसं २०५८ सालको मंशिर ८ गते माओवादिले उनको पसलसंगै रहेको जिल्ला प्रहरी कार्यालयमा आक्रमण गर्दा उनको उक्त दुकानसमेत ध्वस्त भए भयो। स्मरण रहोस्, उक्त आक्रमणमा १६ जना प्रहरी मारिएका थिए।

लेखनाथको उक्त आक्रमणबाट सात लाख ६८ हजार बराबरको धन माल नोक्सान भएको थियो। तर १० बर्षपछि गत अगस्टमा सरकारले जम्मा ५२ हजार रुपैयाँ हर्जाना दिएको छ।

तर उनी दुखेसो पोख्दै भन्छन्- "कोहीले चाँही चाकडीको भरमा झ्यालको एउटा शिशा फुटेकोमा पनि लाखौं खान सफल भएका छन्। हामीलाई चाँही अन्याय गरियो।"

त्यो घटना पछि उनले न्यू योडमा रन्जना सिनेमा हल पछाडि कपडाको पसल खोलेका थिए र पसल पनि राम्रै चलेकै थियो। तर उनी एक्कासी विश्व यात्रामा निस्के- धेरै पैसा कमाउने र आफ्नो मुटुको टुक्रा जस्ती श्रीमतीलाई चैन कटाउने सपना देखेर।

२५ देशको कस्टकर यात्रा र उज्यालो भबिश्यको सपना

तर उनको बिदेश यात्रा सपनाको सुन्दर तानाबानामा होइन हन्डर र ठक्कर खाँदै बित्यो। सन् २००४ मा नेपाल छोडेका उनी अमेरिकामा सन् २००५ को क्रिस्मस साँझ अर्थात डिसेम्बर २५ मा आइ पुग्दा २५ मुलुकहरुको यात्रा तय गर्न पुगे। यो उनको रहर थिएन। उनी त मान्छेलाई अमेरिका जस्तो धनी मुलुकमा पुर्याइदिन्छु भन्ने दलालको फन्दामा पो परेका थिए।

उनले आफ्नो अमेरिका आउँदाको सास्तिको कहानी भन्न चाहेनन्। बरु आफ्नो अमेरिका बसाइको अर्थ र आफ्ना मिठा सपनाहरुको रसिलो कुरो पो गरे । उनले भने- "मेरो जेठो छोरो नितेश अहिले १७ बर्षको छ। उ ३ बर्ष पछी पाइलट बन्दैछ। कान्छो छोरो निस्चल १४ बर्ष को भो, उ लिटल एन्जेल स्कुल, ललितपुरमा कक्षा ९ मा पढ्दैछ। म उनिहरुकै उज्यालो भबिश्यका लागि अमेरिकामा काम गर्दैछु।"

अब चाँही लेखनाथ शर्मालाई प्राउड फादर भन्दा फरक नपर्ला।

Lekhnath celebrating his birthday among his friends.

हिक्सभिलको 'मसला ओक' रेस्टुरेन्टमा काम गर्ने लेखनाथका आमा-बुवा सालीकराम शर्मा र कौशिला शर्मा स्याङ्जा पुतली बजार-६ मै बस्दछन्। उनका ४ भाईहरु मध्ये माइलो भाई छबि सुबेदीको पोखरामा 'नमस्ते पोखरा' नामको रेकर्डिङ स्टुडियो छ। उनी सगरमाथा टिभी र अन्नपूर्ण एफएममा पनि काम गर्दछन्।  साइलो भाई मोहन काठमाडौंमा एक कम्पनीमा काम गर्दछन् भने कान्छो भाई शिव पोखरामा मोडेलिङ पेशामा संलग्न छन्।

पोखराको प्रिथ्बीनारायण क्याम्पसबाट बि.ए. गरेकी उनकी श्रीमती शुशिला चाँही ग्रिहिणी हुन्। उसो त, लेखनाथ शर्मालाई आफ्नो जन्म दिवस मनाउँदै गर्दा फोन आएछ भने जाने हुन्छ- फोन उनैको हो-

"पहिलो पहिलो हो मेरो माया हजुरलाई..."






USNepalOnline.com Life Member Mam Lal Bhusal greeting Lekhnath Sharma. Photos: eEyecam.com


Another Life Member Chandrakumari (Jamuna) Gurung greeting Lekhnath Sharma.












Chandrakumari (Jamuna) Gurung handing over her life membership fee check to USNepalOnline.com Editor-in-Chief Pradeep Thapa. Life Member Mam Lal Bhusal (left) looks on. Photo: Shyam Bhudha Magar





Photos: eEyeCam.com

For more New York Nepalese community news go to:

Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?