NEWS: बिबिसी नेपाली सेवा ::

Inside

बिपि र उनका मिल्ने साथी हजुरबुवाको यादमा न्यू योर्कमा घित्लिदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Friday, 07 August 2009 06:39
न्यू योर्क- आज आफुपनि ४५ बसन्तमा पुगिएछ । बिपि भन्नुहुन्थ्यो- परिपक्क त ४५ नाघेपछि भइन्छ ।
 
Ashok Gyanbandhu K.C at BP Memorial event in New York. Photo: eEyeCam
 
स्वदेशमा सबैजना बिपि सप्ताह मनाउन ब्यस्त भएको बेला बिश्वको महान राष्टको मुटु न्यूर्योक शहरमा यो सप्ताह मनाउने निकै ठुलो होड थियो तर तिहार पछिको पिठो पनि काम लागेन ।

समय सापेक्षतालाई मध्यनजर राखी यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने हो भन्ने कुरामा दुइमत छैन होला । तर स्वदेशमा भन्दा बढी स्ततन्त्रतापुर्बक कार्यक्रम गर्ने अबसर मिलेको यस ठाउमा क कसले पार्टीको जिम्मेबारी सम्हालेको बारेमा प्रष्ट जानकारी भने छैन। न्यूर्योक शहरमा बसेको र नेपाली पत्र पत्रिका पढेको आधारमा अमेरीकामा जन्म काग्रेस र बनावटी काग्रेस थरी थरी भएको थाहा भयो । नामका लागी नामाकरण काग्रेस र बास्तबिकतामा यथार्थ सिद्दान्तबादीहरुको बिपि प्रतिको चिन्तन फाइदाकालागी मात्र रहेछ जस्तो लाग्यो ।

बिपिेको सम्झना यसरी आयो- बिपिलाई जान पहिचान एक जना बिदेशीले नेपालीको नाताले मलाई सम्झायो । मैले उसंग केही बार्तालाप गरें- बिपि नेपालको लागी एकदम राम्रो मान्छे हो भनेर भन्दा मलाई गौरव लाग्यो र मैले बिपि त मेरो हजुरबुबा स्व. डम्बर खत्रीको मिल्ने साथीभन्दा मलाई झन तारीफ गरी तिमीलाई स्वागत धेरै धेरै स्वागत भनी कफी खुवाएर बिदा गरी गए ।

ती बिदेशी ब्यक्तिको तारीफ पाउदा मलाई हर्षको सिमा रहेन । बिपिको ६८ बर्षसम्मको लामो राजनितिक यात्राको गन्ध यहाँसम्म र प्रत्यक्ष रुपमा पृष्टपोषण पाउदा यथार्थता नै लाग्यो । उनी साहित्यकार, कथाकार र राजनितीक ब्यक्तित्व हुन् । नेपालकाको राजनितिमा धेरै प्रधानमन्त्री बने तर यस्ता प्रधानमन्त्री बिरलै बने होलान् । नेपालको इतिहास २४ औ प्रधानमन्त्रीका रुपमा २७ मे १९५९ देखी डिसेम्बर १५ १९६० सम्म नेपालको प्रधानमन्त्री बने र तत्कालिन निरँकुस पचायती ब्यबस्थाबाट प्रतिबन्धित जीबन बिताउदै नेपाली काँग्रेसको समाजबादी नितिलाई उजागर पार्दै आफनो जीबन आहुती दिए ।
 
  
Prime Minister BP Koirala in Taj Mahal (1960). Photos: NepalCongress.Org
 
म आफनो गन्तब्यमा लागें तर मलाई उसको भनाईले पुरानो याद दिलायो । २०३६ सालतिर बिपि मेरो घरमा आएर बसेको अनी मलाई त्यतिबेला सिकाएका कुरा एकाएक सम्झना भए । म यात्रामा थिएँ तर मेरो यात्रामा बसको गतिलाई मेरो उथलपुथल मनले थाम्न सकिरहेको थिएन । साँझ घरमा आएपछि थकाइले भुतुककै भएर लडेछु । भोलीपल्ट बिहानी पख उठेर दैनिक सुचिनिची सकेर दुईहरफ कोरेर बहनी लगाँए । अमेरीकाको जीबन समयको महत्व बुझाउन पर्ने बिहानै कामको लागी गसाँझ । मनमा कुरा खेलाउदै दिन बिताइ घर फर्की पुन: स्मरण गरी केही थप कुरा सोच्न मन लाग्यो ।

मेरो पनि जन्म महिना परेको शुद्द श्राबण बसिन्थ्यो स्वदेशमा त तर यहा कसरी सम्भव हुने । बोलबम जाने फर्केर आउदा बिपि बारीमा जल झार्ने गरिन्थ्यो । आज आफुपनि ४५ बसन्तमा पुगिएछ । बिपि भन्नुहुन्थ्यो- परिपक्क त ४५ नाघेपछि भइन्छ । आज मेरो पनि त्यो दिन पर्खेर बसेको रहेछ । बिपि जनम सप्ताह मनाउन नेपाली समाज सामु उपस्थित नभएपनि मनमा जम्मा गराएर मनाउदै छु । बिपि अमर हुन् । अजर हुन् र त्यो नेतृत्वको काँध जो कोही महान सपना बोक्ने नेपाली सपुतको मानसपटलमा पुगोस यही शुभकामना दिउन् बिपिले । 

वास्तवमा बिपि एक समाजबादी नितिका प्रर्बतक नै हुन् । उनी यौनबादी साहित्यमा निपूर्ण देखिन्छन् । सुम्निमा, जर्नेलको घोडा जस्ता धेरै पुस्तकका लेखक बिपि नेपालको माटो, हावापानी र भूगोलले चाहेका असल राजनितिक, सामाजिक क्षेत्रका एक सफल ब्यक्तित्व थिए । उनले रचेको समाजबादको निति समाजमा लागु गरी समाजबादी मुलुक र कानुनी राज्य स्थापना गरी छाडने चाहना हामी सबैले पुरा गर्नु पर्छ ।

बिपिले रचेको जनसमपर्क निति हरेक राष्टमा बाच्ने नेपालीका लागी समानताका आधारमा एकताको शुत्रधार बनेको थियो । तर आज यसलाई आ-आफनो ढंगले उपभोग भएको छ । अमेरकिामा आउने सबै नेपाली काग्रेस होइनन् तर अमेरीका आएपछि सबै काग्रेस पनि भएका छैनन् । तर कामका लागी खेलौना बनेर बनाएर पार्टीको बदनाम मात्र भएको छ । यसमा बन्नेभन्दा बनाउनेले बिचार गर्नु पर्ने कुरामा बिचार हुनुपर्छ । जनसम्पर्क समिति सबै नेपालीको एउटै द्दार र एकताको थलो बनाउनु पर्नेमा सबैको ध्यान पुग्नुपर्ने हो ।

बिपिको एउटा कुरा के सम्झना गर्न मन लाग्यो भन्दा भारतमा निर्वासित हुदा मेरा हजुरबुबा पनि बिपिेको साथमा हुनु हुन्थ्यो र भन्नु हन्थ्यो रे देश बाहिर बसेर पनि देशका सारा समस्या समाधान गर्न सके पो बल्ल माटोले स्याबासी दिन्छ । बिदेसीसंग सन्धी सम्झौता गर्दा एकपटक मातृभुमीको याद गरी गर्न उचित छ छैन बिचार गर्नु र मात्र सही गर्नुपर्छ भनेर कुरा गरेको सुन्थें। त्यस्तै आज बिदेशमा छरिएर रहेका सबै नेपाली एक भएर देशलाई परेको समस्यामा सहयोग गर्नुपर्छ ।

'धन जोरजाम गर्न कि त बाख्राको पाठो कि त टाढाको बाटो' भन्ने उखान गरी ठाउमा बस्नुपर्छ भनेर भन्नुहुन्थ्यो । गाउँमा बस्ने साथी बाख्राको पाठो समात्दैछन त अमेरीकामा कोही डलर । ठिकै छ, टाढाको बाटो आएर यहा दुर्दशा पनि छ ।

-Ashok Gyanbandhu KC in New York
 
Read related news:
 
For more news York Nepalese community news go to:
 
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती" 

Comments

avatar sagarmatha
0
 
 
yo katha ho ki samachar ho ? khoi bujhnai sakiyena, ani kasle manayeko hola BP smriti tyo pani thaha bhyena ,tesaile samachar tayar garda sabai kuralai nasamete pani eso ali ali ta hunu parne ,tai pani dhanye thiye hamra BP. Prajatantra amar rahos.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?