NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा नेपालबाट आएका मेडिकल डाक्टरको असामयिक निधन PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Tuesday, 11 August 2009 09:31
न्यू योर्क- गत आईतवार (अगस्ट ९) साँझ ९ बजे न्यू योर्क शहरस्थित वाइकफ हाइट्स अस्पातलमा काठमाडौं, भिमसेनगोला, पुरानो बानेश्वर घर भएका २७ बर्शिय डा. सन्दिप मेहर श्रेष्ठको Pulmonary embolism (फोक्सोको रक्त नलिमा रगत जम्ने) रोगका कारण असामयिक निधन हुन पुगेको छ।

गत जुलाईको पहिलो हप्ता मात्र नेपालबाट अमेरिकामा ३ बर्शे पोस्ट ग्रीयाजुएट् (एम्डी) गर्न अमेरिका आइ पुगेका सन्दिपको यस अघी मुटु सम्बन्धी PSVT (मुटुको धड्कन अनिमियमित रुपमा चल्ने) रोग भएको तर उक्त रोग भारतमा उपचार गरेको कुरा सन्दिपका रुममेट अर्का नेपाली डाक्टर बिनय सिग्देलले युएस नेपाल अनलाइनलाई बताए।

यसरी भयो दु:खद अबसान

डा. सिग्देलका अनुसार गत आईतवार बिहान ११ बजे बाथरुम जाँदा रिङ्गाटा लागेर आफु लडेको सन्दिपले बताएका थिए भने दिउसो दुई बज्दा नबज्दै छातीमा असजिलो हुने र रिङ्गगटा लाग्ने भएपछि डा. सिग्देल र डा. भुवनलाल कायस्थले इमर्जेन्सी टेलिफोन नम्बर ९११ मा फोन गरी रिज्वूडस्थित वाइकफ हाइट्स अस्पातलमा भर्ना गर्न लागेका थिए। तर आकशमिक कक्षमा उपचार गर्दागर्दै सोही दिन बेलुकी ९ बजे सन्दिपको दु:खद र अकल्पनिय मृत्‍यु हुन पुग्यो।
 
Photo courtesy: Parmendra Bhagat (via Amit Shah)
 
सन्दिपको शब नेपाल पठाइदै छ

अहिले सन्दिपको शबलाई कुइन्सको कोरोनास्थित फुनेरल होममा राखिएको छ भने उनको शबलाई पारिवारिक इच्क्षा माफिक अगस्ट १३ बिहीवार नेपाल पठाउने तयारी भईरहेको छ।

उक्त तयारीमा रिज्वूड नेपालीज सोसाइटी र सन्दिपका साथीहरु लागि परेका छन्। शब पठाउन लाग्ने खर्च ५ देखी ६ हजार अमेरिकि डलर उठाउन सोसाइटी लागेको छ।

सार्वजनिक श्रद्धान्जली अगस्ट १२ बुधवार

सन्दिपको शब नेपाल पठाउनु अघी अगस्ट १२ बुधवार सन्दिपको शबलाई सार्वजनिक श्रद्धान्जलीको लागि ४९-०१, १०४ स्ट्रिट कोरोना, कुइन्सको फुनेरल होममा दिउसो ३:३०-४:३० बजेसम्म राखिने छ।

को हुन् सन्दिप, के गर्दै थिए उनी?

सन्दिप जुलाई पहिलो हप्ता मात्र अमेरिका आइ पुगेका भएपनि न्यू योर्क स्टेट युनिभर्शिटी अन्तर्गत Suny Down State Medical Center मा स्वयमसेबी (Clinical Observer & Research Assistant) को रुपमा काम थालि सकेका थिए। उसो त सन्दिप गत बर्ष पनि अमेरिका आएर ३ महिना जति सोही स्वयमसेबी काम गरेर फर्केका थिए।

डा. सिग्देलका अनुसार सन्दिपले सन् २००६ मा नेपालगन्ज मेडिकल कलेजबाट एम्बिबिएस गरेका हुन्। अमेरिकाबाट MD गर्न आइ पुगेका सन्दिप एक मिलनसर ब्यक्तित्व थिए।

स्व. सन्दिप कि आमा बेटी श्रेष्ठको पनि यसअघी नै स्वर्गबास भईसकेको छ भने बुवा भोला मेहर श्रेष्ठ नेपालमा हुनुहुन्छ। सन्दिप कि दुई दिदीहरु मध्ये एक दिदी अमेरिका कै बोस्टोन शहरमा अध्ययन गर्दैछिन् भने अर्की एक दिदी नेपालमैछिन्।

स्व. सन्दिप, डा. सिग्देल  र डा. भुवनलाल कायस्थ न्यू योर्कको रिज्वूड शहरमा बस्दै आएका थिए।

स्व. डा. सन्दिप मेहर श्रेष्ठको आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारमा युएस नेपाल अनलाइन परिवार हार्दिक समबेदना ब्यक्त गर्दछ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or,  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
 
For more news York Nepalese community news go to:
 
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

avatar soalteemagar
0
 
 
Tribute to dr.shrestha ,May his soul rest in Peace
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?