| न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Tuesday, 13 October 2009 06:43 | |||
|
Special Feature news: "हाम्रो देशमा पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद न्यू योर्क- नेपालीज डेमोक्रेटिक युथ काउन्सिलले न्यू योर्कको कुइन्सस्थित थकाली किचन रेस्टुरेन्टमा बडा दसैं र तिहारको उपलक्ष्यमा आयोजना गरेको शुभ कामना आदानप्रदान तथा "नयाँ नेपालको लोकतान्त्रिक सबिधान कस्तो हुनु पर्छ ?" र "कार्यकारी अधिकार राष्ट्रपतिमा वा प्रधानमन्त्रिमा?" बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता गिरीले उक्त कुरा बताउनु भएको हो।
Nepali Congress leader and CA Mmeber Pradeep Giri at the interaction event in New York. Photos: eEyeCam.com उक्त कार्यक्रममा नेपाली काँग्रेसका थिङ्क ट्याङ्क ब्यक्तित्वको रुपमा चिनिने सभासद गिरीले आफ्नो बौद्धिक्ता मात्र प्रदर्सन गरेनन् बल्की नेपालको फादरक्रेसी उर्फ पितातन्त्र संस्क्रिती प्रति गतिलो प्रहार पनि गरे। यो अन्तर्कृया बौद्धिक खुराकको हिसाबले न्यू योर्कमा आयोजित सम्भबत: पहिलो पेचिलो नेपाली कार्यक्रम थियो। नेपालका प्रधानमन्त्री, मन्त्री र नेताहरु न्यू योर्क घुम्न आउँदा आ-आफ्ना दल र नेताहरुको डम्फु ठोक्दै र मन नपरेका नेताहरुलाई तथानाम गाली गर्दै आफ्नो भाषण सिध्याउने भाषण सुन्दा सुन्दा वाक्क भएका न्यू योर्कका नेपालीहरुलाई नेता गिरीको भाषण गुनिलो बौद्धिक खुराक साबित भएको कुरा सहभागीहरु उनका गहकिला कुरा सुन्दा घत लागेर ताली ठोक्दा होस् या पेचिलो ठट्टा गर्दा गलल हाँस्दा होस्, यो पङ्क्तिकारलाई विश्वाश गर्न करै लाग्यो। Dr. Tara Niraula speaking at the event. उता कार्यक्रममा न्यू योर्कका बौद्धिक ब्यक्तित्व डा. तारा निरौलाले नेपाल कार्यकारी राष्ट्रपतिय पद्दतिमा जानु पर्दछ भन्ने तर्क पेश गरेका थिए भने अमेरिकामा रहेका काँग्रेसी नेता मकर पोख्रेलले राष्ट्रपती संबैधानिक हुनुपर्दछ भन्ने जिकिर गरेका थिए। तर नेता प्रदिप गिरीले डा. निरौला र पोख्रेलको भनाइको सराहना गर्दै भने- "म तेश्रो प्रणालीको पक्षमा छु। अप्रतक्ष चुनावबाट राष्ट्रपति छानियुन्, उनी राष्ट्र प्रमुख पनि रहुन्, प्रधानमन्त्रीको चुनाव प्रतक्ष निर्वाचनबाट होस्। संसदको काम र प्रधानमन्त्रिको सम्बन्ध अमेरिकामा राष्ट्रपतिसंग यहाँको सिनेटको रहे जस्तो होस्। सर्बोच्च अदालतको परम्परा एकदम मजबूत होस्। कानूनको व्याख्या गर्ने अन्तिम अधिकार सर्बोच्च अदालत संग रहोस्।" उनले यस्तो मिश्रित मध्यमार्गी सोचलाई जाउलोको संज्ञा दिदै भने- "हामी केही साथीहरु मिलेर यही प्रस्ताब अघी सरेका छौं। न राष्ट्रपती प्रणाली, न प्रधानमन्त्री प्रणाली, जाउलो प्रणाली। जाउलो मिठो हुन्छ, यसले कसैलाई खराब गर्दैन।" नेता गिरी यती भने पछी नयाँ नेपालको संबिधानको स्वरुप र प्रधानमन्त्री र राष्ट्रपतीको बिषयमा सिमित रहेनन् बल्की नेपाली कुन्ठित संस्कृतिको चिरफार गर्नतिर लागे। नेता गिरिले पूर्व प्रधानमन्त्री कृष्णप्रशाद भट्टराई चुनाव हारेपछी २०४७ सालको संबिधानले कसरी हारेको ब्यक्ती प्रधानमन्त्री बन्नबाट रोक्यो भन्ने रोचक घटना सुनाउनु भयो- "म आज तपाईंहरुलाई दुईवटा कुरा भन्न चाहन्छु। यो शायद लेखिएको पनि छैन, भनिएको पनि छैन। धेरै मान्छेलाई थाहा पनि छैन। २० बर्ष भई सक्यो अब भने पनि हुन्छ। २०४७ सालमा किसुन जि एक सफल प्रधानमन्त्री हुनुहुन्थ्यो। तर उहाँ चुनाव हार्नु भो। चुनाव हारेपछी किसुन जि त्यती मर्माहत हुनु भएन। पहिलो पटक हार्दा पनि, दोश्रो पटक हार्दा पनि त्यती मर्माहत हुनु भएन, तेश्रो पटक जित्दा पनि त्यती प्रफुल्ल हुनुहुन्नथ्यो। पहिलो पटक हार्दा म र भारती जि पनि किसुन जिको घरमा थियौं। कस्तो प्रफुल्ल बातावरण थियो त्यतिखेर हार्दा पनि। हरेक पटक किसुन जि चुनाव हार्दा म उहाँसंगै बस्ने मौका मिलेको छ। किसुन जि हार्दा सबैभन्दा दुखी गणेशमान सिंह जि हुनुहुन्थ्यो। र उहाँ झन ज्यादा दुखी हुन्हुन्थ्यो गिरिजा बाबु प्रधानमन्त्री बन्दै हुनुहुन्छ भनेर। मैले यो कुरा भन्न हुन्छ कि हुँदैन भन्ने लागेको थियो तर तपाईंहरुले उठाएका सवालमा यो कुरा भन्दा धेरै अर्थ खुल्ने हुँदा भन्न मन लाग्यो। गणेशमान जिले भन्नु भयो- "किसुन जि तपाईं नै प्रधानमन्त्री बन्नु पर्छ।" किसुन जिले भन्नु भो,- "तपाईंले त संबिधान च्यापेर नै ल्याउनु भएको छ। सब कानुनबिदहरुसंग सल्लाह गरिसक्नु भो होला। म कसरी प्रधानमन्त्री बन्न सक्छु हारेको मान्छे? भोली सपथ ग्रहण हुने बेला छ। अब गिरिजा बाबुको पालो हो।" तर गणेशमान जिले हुँदैहुदैन, गिरिजाबाबु को त हुँदैहुदैन भन्नु भो । त्यतिखेर किसुन जि प्रधानमन्त्री त हुँदै हुनुहुन्छ, पार्टीले चुनाव जितिसकेको स्थिती थियो । किसुन जिले बेनीबहादुर जि, बासु रिसाल जि, मलाई, हामी सबैलाई तयार गराइ सक्नु भएको थियो कि गणेशमान जिको कुरासंग असहमती ब्यक्त नगर्नु होला, गिरिजा बाबु नै हुनु पर्छ भनेर। तर गणेशमान जि मान्ने कुरो भएन। किसुन जिले त्यसो भए महेन्द्रनारायण निधी जिलाई बनाउँ भन्नु भो। हुन पनि उहाँ गिरिजा बाबुभन्दा पहिलेको नेता हो। तर निधी जिले "म हुँदै हुन्न। म चुनाव लड्दिन" भन्नु भयो। निधी जिले किसुन जिलाई भन्नु भो- "तपाईंले चुनाव जितेको भए कुरा एउटा कुरा हुन्थ्यो। गिरिजा बाबुको हक लाग्छ यस पल्ट।" मैले यो प्रसंग किन गरेको भने नेपालको २०४७ सालको संबिधानमा एउटा कुरा के लेखिएको थियो भने चुनाव हारेको ब्यक्ती प्रधानमन्त्री हुन सक्दैन। हाम्रो २०४७ सालको संबिधानमा त्यो लेख्नका लागि किसुन जिले चाहे उदार भएर होस्, या बुद्धी पुगेर होस्, नपुगेर होस्, भूमिका खेलेका थिए। स्यानो कुरो होइन, संबिधानमा लेख्दा के हुन्छ भनेर? र त्यस्तो लेखाउने काम किसुन जिले नै गर्नु भएको थियो।" बिगत परिघटनाको बेलिबिस्तार पछी नेता गिरीले "त्यो अहिलेको संबिधानमा लेखिएको भए माधवकुमार नेपाल प्रधानमन्त्री हुन सक्दैन्थे, होइन?" भन्ने प्रश्न सोझ्याए। चोर ढोकाबाट प्रधानमन्त्री हुने बाटो भारतमा पनि भएको द्रिस्टान्त दिदै नेता गिरिले भने- "अहिलेका प्रधानमन्त्री मनमोहन सिंह राज्यसभाबाट मनोनित भएर प्रधानमन्त्री भएका हुन्। इन्दिरा गान्धी १९६६ मा प्रधानमन्त्री हुँदा लोक सभाको सदस्य थिइनन् , उनी राज्य सभाको मनोनित सदस्य थिइन्। भारतमा धेरै प्रधानमन्त्री, मुख्यमन्त्री चोर ढोकाबाट भएका छन्। चाहे प्रधानमन्त्री ईन्द्रकुमार गुजराल हुन् या मैले पहिले उल्लेख गरेका ब्यक्तित्वहरु हुन्।" उदाहरण र घटनाहरुको पुषटी गर्दै नेता गिरिले राजनीतिमा सबैभन्दा ठुलो कुरो संस्कार भएको तथ्य औंल्याउँदै भने- "अमेरिका कै उदाहरण छन्। अमेरिकामा प्रथम राष्ट्रपति वासिङ्गटनलाई दोश्रो पटक राष्ट्रपति हुन मन थिएन। उनले इन्कार गरे र उनले प्रेसिडेन्ट बन्नु पर्छ भन्ने मान्छे हेमिल्टनलाई भने- "तिमीले तेश्रो पटक बन्न पर्छ नभन्ने ग्यारेन्टी के छ्?" तेश्रो राष्ट्रपति जेफर्सनका बारेमा पनि उनलाई तेश्रो पटक हुनुहोस् भनेर असाध्य नै दबाब दिइयो। संबिधानमा तीन पटक राष्ट्रपती हुन सक्दैन भनेर लेखिएको थिएन। तर सबैले वासिङ्गटनको परम्परालाई कायम गर्दै आए। पछी १९४७ मा अमेरिकि राष्ट्रपती तेश्रो पटक राष्ट्रपती बन्न नपाउने ब्यबस्था अमेरिकाको संबिधानको २२ औं संसोधनबाट गरियो।" नेता गिरिले अब प्रश्न तेर्स्याए- "त्यस अधी वासिङ्गटन, जेफर्सन, एडिसनले परम्परा कायम नगरेका भए त्यो परम्परा कायम हुन्थ्यो? त्यसो भएर सबै कुरा किताबमा मात्र लेखेर हुँदैन। संस्कार महत्वपूर्ण कुरा हो। खास गरेर मुलुक बन्ने बेलामा, मुलुक बनिसकेपछी, मुलुकमा इन्स्टिच्युसन बनेसकेपछी, सुप्रिम कोर्टको गरिमा कायम भईसकेपछी, लेजिस्लेटिभको कर्तब्य र अधिकार प्रस्ट भईसकेपछी, रुल अफ ल को अर्थ धेरै मान्छेले नबुझे पनि शासक बर्गले बुझेपछी, आर्मीले आफ्नो दायित्व बुझिसकेपछी, पुलिसले आफ्नो दायित्व बुझिसकेपछी, तछाड माछाड गर्न छोडेपछी अर्थात इन्स्टिट्युसन बनेसकेपछी असल संस्कारको अपेक्षा गर्न सकिन्छ।" नेता गिरिले एक घटना जस्मा नेपालका पूर्व प्रधानमन्त्री बिपी कोइरालाका बडाबाबु सरदार कालिदास कोइरालाले कानुनको पालना गर्दा श्री ३ राणाको आदेशसमेत नमानेको तर त्यस्को उल्टो बर्तमान कर्मचारीतन्त्रको दुराबस्थाको बारेमा उल्लेख गर्दै भन्नुभयो- "संबिधान ठुलो कुरो हो, मलाई नियुक्ती दिने ब्यक्ती ठुलो कुरो होइन भन्ने स्पिरिट नेपालमा कति ब्युरोक्र्याटमा छ ? ब्युरोक्र्याटले गैर कानुनी आदेश दियो भने त्यो कानुन मान्नु हुँदैन। कानुन ठुलो कुरा हो। तर नेपालको कर्मचारीले पहिलो कुरा आफ्नो मन्त्री, प्रधानमन्त्रीलाई गल्ती गर्न सिकाउँछ।" कर्मचारीले नेताले जस्तो जेल गएर र भाषण गरेर नभै जाँच गरेर र पढेर बन्ने भएकोले त्यसो गर्न नहुने भन्ने कुरामा नेता गिरिले जोड दिदै नेपाली नेताहरु र कर्मचारीहरुको लगनगाँठोको बारेमा मार्मिक कुरा गर्नुभयो- "नेता हुन धेरै ज्ञान हुन पर्दैन। नेताको धेरै ज्ञान हुनु त दुर्दशा हुन्छ। मैले मलाई भन्न खोजेको होइन, म त्यती विद्वान पनि छुइन। (गलल हाँसो) Scholars are not required in politics but scholars are required in beaureaucrats. कर्मचारीको पहिलो कर्तब्य नेतालाई गल्ती गर्नबाट रोक्ने हो तर हामी कहाँ उनिहरु नै सारा चोर बाटो देखाउँछन् नेताहरुलाई कहाँबाट पैसा खाने भनेर। हान थाप हुन्छ। यो के हो? यसलाई भन्छन् -संस्क्रिती।" नेता गिरीले बिमार देशको रोगको जरो पहिल्याउदै अगाडि भने- " हाम्रो देश के को शिकर भईरहेको छ भने Inherited culture and imported system अर्थात आयातित ब्यबस्था, परम्परागत संस्कृतिको। Democracy is about accepting one's falability कि म गल्ती पनि हुन सक्छु, I may be wrong भन्ने। यो मेरो बिचारमा मलाई बाँच्ने पनि अधिकार छ, मर्ने पनि अधिकार छ तर मलाई मार्ने अधिकार छैन। Democratic culture को essence त्यो हो। तर आज नेपालको समस्या के छ भने हाम्रा प्रत्येक स्वयम्भु नेता जती अज्ञानी हुनुहुन्छ त्यती नै आत्मबिश्वासले भरिपूर्ण हुनुहुन्छ। मैले सम्पूर्ण कुरा बुझेको छु। कि माथि ब्रम्हालाई नै थाहा छ या मलाई सबै कुरा थाहा छ भन्ने सोच छ। प्रचन्ड जिको बिचारमा त He is wiser than Bhramha, Vishnu and Maheswar put together. He is infalable person." आफुले यसो भन्दा प्रचन्डलाई मात्र भनेको नभै आफुले Cult of Infalability को बारेमा कुरा उठाएको नेता गिरिले प्रस्ट्याए। उनले भने- " हामी कहाँ culture को बडो कमी छ, यो culture hirarchal, feaudal, gender divisive male and uppar caste oriented छ, यो सबले भनिराखेका छन् तर त्यसैबाट फाईदा लिनेहरुले नै यो भनिराखेका छन्। हामीले Basic culture लाई नै बिर्सेंका छौं।" आफुले मन परेको शब्द "पितातन्त्र" लेखक आर्थर कोस्लरले भारतको अध्ययन गर्दा निकालेको निश्कर्श "बापुक्रेसी" को प्रसंग उल्लेख गर्दै नेता गिरीले ब्यङ्ग्य कसे- "मैले त्यही कुरालाई नेपालमा पितातन्त्र भनेको हुँ। फेरी यहाँ पिता भनेपछी के अर्थ लगाइयो भने गिरिजाबाबुलाई पिता भन्या किन भने उहाले छोरी प्रती बिशेष मोह देखाउदै हुनुहुन्छ। त्यो पटक्कै होइन। अस्ती सुजाता जिलाई पनि सम्मान गरेको कुरा सुनाउने भनेर नोट लेखेर आएको थिएँ- पितातन्त्रको बारेमा बोल्ने भनेर तर पुत्रितन्त्र देखेर तर्सिएँ।(फेरी गलल हाँसो) भन्न खोजेको कुरा के हो भने यहाँ पुत्री या पिताको केही अर्थ छैन। किन कि गिरिजाबाबुको कृपाले मात्र सुजाता नेता भएकी हुन् त? शुसिल जिलाई चाँही कस्ले बना'को प्रेसिडेन्ट? पितातन्त्रले बना'को होइन? हामीले त बना'को होइन। ओर्किङ कमिटिले त बना'को होइन। आफुले आशिर्बाद पाउन्जेल मात्र सब ठीक?" नेता गिरिले काँग्रेसका थुप्रै नेताहरु पितातन्त्र कै कारणले टिकेको ठोकुवा गर्दै अगाडि भने- "मेरो पुस्ताका बर्तमान २० जना नेता बिगत २० बर्षदेखी पितातन्त्रका कारणले मात्र अघी बढेका छन्। हामी जस्ता मान्छेका कुरा सुनिदैन भने पितातन्त्र कै कारणले सुनिदैन, यो कुरा बुझी राख्नुस्।" तर आफुले कसैलाई गाली गर्न यसो नभनेको बताउदै नेता गिरिले आफ्नो सफाइको पुषटी यसरी गरे- "पितातन्त्रको लागि म गिरिजाबाबुलाई दोश दिन्न। न गणेशमान जिलाई दिन्छु न भट्टराई जिलाई दिन्छु। म दोश हाम्रो संस्क्रितीलाई दिन्छु। नेताको दोश होइन। पिताले हुकुम चलाऊन मात्रै पिताको बदमासी होइन, पिताको हुकुम मान्नु पनि मुर्खता हो।" आफु पनि पितातन्त्र कै उपज भएको बताउदै नेता गिरीले अमेरिकामा बातावरण प्रदुशण भएको तर नेपालमा चाँही बातावरणका साथै शक्ती प्रदुशण रहेको उजागर गरे। आफु सदस्य समेत रहेको संबिधान सभाको चित्रण गर्दै सभासद गिरीले भने-" बाघले सारा बाघलाई भगाएपछी मात्र बगेनिले स्वयम्बर लगाउँछे, त्यसैले उनिहरु जनावर हुन्। सभ्य भनेको, संबिधान सभा भनेको के हो भने अरुको बिचार सुनेर 'टलरेट' गर्ने सभा हुनु पर्ने हो तर त्यो हामी कहाँ छैन। हामी मानब जस्तो व्यबहार गरेका छैनौं। त्यसैकारण हामी असफल भएकाछौं।" कार्यक्रमको अन्तमा नेता गिरिले १८ औं सताब्दिका ब्रिटिश कबि अलेक्जान्डर पोप अनि अमेरिकन लेखक थोमस पाइनको भनाइका मार्मिक टुक्राहरु उल्लेख गर्दै आफ्नो भनाइहरुको मैझारो गरे- "For Forms of Government let fools contest; whatever is best administered is best."- Alexander Pope “That government is best which governs least.”- Thomas Paine हुन पनि प्रदिप गिरी जो सत्ता र शक्तिको पछी कहिल्यै लागेनन्, जस्ले सधैं देश र बिशेष गरी नेताहरुलाई चाहिने असल बिचार दिइरहे तर सुन्ने कस्ले? सत्ता जो प्राण र अझ देश भन्दा प्यारो बनेको छ। -Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Find out more at: http://twitter.com/pradeepthapa; & pradeepthapa.com Read related news: -जन संपर्क होइन धन संपर्क खोल्नुहोस्- प्रदिप गिरी नेका नेता For more New York Nepalese community news go to: Bharati Silwal-Giri, gender specialist at the UNFPA speaking at the event. Photos: eEyeCam.com
Sanjaya Thapa, General Secretary of UNDF speaking at the event.
Bishnu Subedi, Vice President of Nepalese Democratic Youth Council who presided the event. Photos: eEyeCam.com
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments