NEWS: बिबिसी नेपाली सेवा ::

Inside

शेर्पा किदुग अमेरिकाद्वारा नेपाल सरकार र कान्तिपुर पत्रिकाको भत्सर्ना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by United Sherpa Association USA Press release   
Thursday, 17 December 2009 14:38

बौद्ध धार्मिक आस्थामा चोट पुर्याएकोमा अमेरिकि शेर्पा समुदाय आक्रोसित
न्यू योर्क- "विश्व शान्तिको अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल नेपालमा हालै सरकारले बौधमार्गीहरुको आस्थाको केन्द्र र धरोहर पवित्र गुम्बहरुमाथि गरेको अन्यायपूर्ण व्यबहारले देश बिदेशमा रहेका आम बौधमार्गीहरुको भावनामा गहिरो चोट लागेको छ।


दर्जनौभन्दा बढी पवित्र गुम्बाहरुलाई तथाकथित चीन बिरोधी गतिबिधि र स्वतन्त्र तिब्बत अभियानको नाममा राष्ट्रिय अनुसन्धन बिभागले तयार परेको प्रतिबेदन    र नेपालको राष्ट्रिय दैनिक पत्रिका कान्तिपुरमा सम्प्रेसन भएको समाचारमा शेर्पाहरुको बिशुद्द सामाजिक तथा धार्मिक सस्था शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा) लाई समेत संवेदनशील गुम्बाको सुचिमा राखी अनुगमन गर्नु पर्ने भनी राखेकोमा अमेरिकाबासी शेर्पा समुदायको साझा सस्था युनाईटेड शेर्पा एसोसियसन (शेर्पा किदुग) अमेरिकाको ध्यानकर्षण भएको छ।

देश र बिदेशमा रहेका शान्तिप्रिय शेर्पा समुदायको अथक सहयोग र प्रयासले निर्माण गरेको यो गुम्बा शेर्पा जातिको जन्मेदेखी मृत्यु परन्तसम्मा प्रयोग गरिने एक मात्र भरपर्दो सामाजिक तथा धार्मिक सस्था हो। नेपाल सरकार र कुनै पनि बिदेशी सस्थाको सहयोग नभई शेर्पा जाति स्वंयमले आफ्नो परीश्रमको कमाइबाट बनाएको यो पवित्र गुम्बामाथि सरकारले लगाएको कपोलकल्पित लन्छनाप्रति शेर्पा किदुग अमेरिका नेपाल सरकारको घोर भत्सार्न गर्दछ।


धार्मिक र सामाजिक भावनाका साथ सन्चालित यो पवित्र गुम्बामाथि सरकारले    गरेको यस्तो आमानबिय कार्यको वास्तविक सत्यतथ्य बाहिर ल्याउन शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा) मार्फत नेपाल सरकारलाई तत्काल यस बारेमा जानकारी दिन आग्रह गर्दछौ। साथै हाम्रो मित्र राष्ट्र चीन बिरोधी गतिबिधिमा कुनै पनि शेर्पा समुदायको संघ सस्थाको संलग्नता नभएको कुरा उल्लेख गर्दै उक्त प्रतिबेदन र समाचारप्रति राष्ट्रिय अनुसन्धान विभागलाई प्रस्ट पार्न र उक्त गतिबिधिमा संलग्नहरुलाई कार्वाही गरेर देखाउन चुनौती दिन चाहन्छौ।

मुलुक भर्खरैमात्र धर्म निरपेक्ष राज्य घोषणा भएको अवस्थामा धार्मिक सहीष्णुता कायम गरेर अघी बढ्नु पर्ने यो अवस्थामा नेपालको कान्तिपुर दैनिकले यस्ता भार्मक समाचार सम्प्रेसन गरेर सम्पूर्ण बौद्वधर्मवलम्बीहरुको भावनालाई तहस नहस पार्ने काम गरेकोमा हामीलाई दु:ख लागेको छ। आफुलाई लोकप्रिय ठान्ने पत्रिकाले अब आइन्दा धर्म जस्तो संवेदनशील बिषयमा यस्तो कपोल्कल्पित र तथ्यहिन समाचार सम्प्रेसन गर्न छाडेर सम्पूर्ण धर्मको उचित कदर गर्नु पर्ने सुझाबसमेत दिन चाहन्छौ।"

शेर्पा किदुग
न्यूयोर्क
संयुक्त राज्य अमेरिका

-United Sherpa Association
New York, USA

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?