Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान PDF Print E-mail
Share
User Rating: / 7
PoorBest 
Written by Prathaa Magar   
Sunday, 10 May 2009 18:01

न्यू योर्क- नेपालकी ख्याती प्राप्त गायिका कुन्ती मोक्तान र चर्चित लोक गायक मिलन लामाको हिजो साँझ तामाङ सोसाइटी अफ अमेरिकाले न्यू योर्क शहरको कुइन्स स्थित हिमालअयन याक रेस्टुरेन्टमा सम्मान गरेको छ।
 
 
 Chairman Indra Tamang. Photos: eEyecam
 
एक महिना अघी अमेरिका आइपुगेका कलाकार द्वयले न्यू योर्क लगायत बिभिन्न अमेरिकि शहरहरुमा आयोजित साङ्गितिक कार्यक्रमहरुमा भाग लिइरहेका छन्।
गायिका मोक्तान आफ्नो कार्यक्रम सकी सोमबार नेपाल फर्किदैछिन् भने यायक लामा जून महिनाको अन्ततिर मात्र नेपाल फर्किने कार्यक्रम छ।

गायिका मोक्तानले आफु सम्मानित भएकोमा खुशी ब्यक्त गर्दै आयोजकहरुलाई धन्यवाद ब्यक्त गरिन् भने गायक लामाले आफु पहिलो पटक अमेरिका आएको र भबिश्यमा समाजको माया पाए फेरी आउने इच्छा रहेको बताए।
 
 
Singer Kunti Moktan
 
गायक लामाले सम्मानका लागि तामाङ सोसाइटी प्रति आभार ब्यक्त गर्दै आफ्ना चर्चित लोक गीतहरु "माझी दाई पोखरा फेवा तालको", छम्म छम्म नाची देउ कम्मर भाची देउ" लगायतका गीत गाएर दुइटै म्रिगौला बिग्रिएर प्रयारोपणको लागि नेपाल फर्किदै गरेकी धनमाया तामाङको सहयोगार्थ साँझलाई सार्थक बनाए।
 
 
Singer Milan Lama
 
उक्त साँझबाट तीन हजार अमेरिकि डलर भन्दा बेशी सहयोग राशी सङ्कलन गर्न सफल भएको सोसाइटिका अध्यक्ष्य ईन्द्र तामाङले बताउनु भएको छ।

म्रिगौलाकि बिमारी धनमायाले आफुलाई समाजबाट यसरी माया पाउदा आफ्नो ५ प्रतिसत काम गरिरहेको म्रिगौलाले १० प्रतिसत काम गरिरहेको जस्तो महसुस भएको बताउदै आफु समाजबाट पाएको माया र सदभाव प्रती आभारी रहेको बताउदा उपस्थित सबैको आँखा रसाएको थियो।
 
 
Dhan Maya Tamang. Photos: eEyeCam 
 
(सबिस्तार लेखिदैछ)

उता गायिका कुन्ती मोक्तानले आजै साँझ न्यू योर्क सनीसाइडस्थित नेपाल-जापान रेस्टुरेन्टमा आयोजना गरिएको धन माया तामाङ सहयोग साँझमा बिशेष प्रस्तुती गर्नु हुने कार्यक्रम छ।

गायिका कुन्ती मोक्तान र गायक मिलन लामासँग युएस नेपाल अनलाइनले लिएको गरेको बिशेष अन्तरङ्ग कुराकानी छिट्टै प्रस्तुत गरिदैछ।

-Prathaa Magar in New York. Comments? 917-570-1098
 
 
 
 
 
Singer Snjog Lama with singers Kunti Moktan and Milan Lama
 
Manju Bista, Dhan Maya Tamang's relative. Photos: eEyeCam
 
Subhas Tamang speaking about Dhan Maya Tamang's health condition.
 
 
 
 
 
 
Photos: eEyeCam
 
 
 
 
 
 
 
 
 

Photos: eEyeCam 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama