NEWS: बिबिसी नेपाली सेवा ::

Inside

जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो PDF Print E-mail
Share
User Rating: / 10
PoorBest 
Written by Pradeep Thapa Magar   
Thursday, 25 June 2009 03:40
न्यू योर्क- यो समाचार चाँही एउटा राम्रा कोइरालाको हो। नेपालमा कोइराला खानदान भनेपछि गिरिजाप्रशाद कोइराला र उनका नाता कुटुम्बलाई जानिन्छ तर यि युबा बन्य बैज्ञानिकको कोइराला घरानासँग न नाता नै पर्छ न त चिनापर्ची नै छ।

राजेश कोइराला Yale University, Forestry & Environments Studies का  Dean James Gustave Speth बाट प्रमाण पत्र लिदै Photos: eEyeCam
गत मैइ २५ मा विश्व कै उत्कृष्ट विश्व बिद्यालय मध्येको एक Yale University बाट बन बिज्ञानमा स्नातक (M.F.Sce.) गरेका ति युबा बैज्ञानिक हुन्- राजेश कोइराला।
पढाईमा जहिले पनि पहिलो नै पहिलो
बिसं. २०४० सालमा दोलखाको पओटी गाबिस वडा नं. ८ कोइराला गाउँमा जन्मेका राजेश बिद्यालयमा कहिल्यै दोश्रो भएनन् बल्की जहिले पनि प्रथम नै प्रथम भए। हुँदा हुँदा गाउँ कै सत्यस्वर माबिबाट उनी प्रथम श्रेणीमा SLC उत्तिर्ण भए, त्यो पनि एक्लै।
जजमानको छोरो
राजेशका बुवा डिल्लीप्रशाद कोइराला नेपाली सेनाका पूर्व सिपाही हुन्। ७० बर्शिय कोइराला अहिले गाउँमा जजमान (पूजापाठ) गर्छन्। राजेशकि आमा चेतमाया कोइराला ६० बर्षकी भईन्। राजेश भन्छन्- "आमा नै मेरो प्रेरणाको श्रोत हुन्। बुवा सेनाको जागीरे र जजमानको कामका कारण हामीलाई उहासँग घुलमेल हुने मौकै मिलेन।"
उनका दाजु राजेन्द्रप्रशाद कोइराला नेपाल मै MBA गर्दै छन् भने उनकी दिदी अम्बिका कोइरालाको बलराम पोख्रेलसँग बिहे भई सकेको छ।
उच्च शिक्षाको मेसो र Yale सम्मको यात्रा
बिसं. २०५६ मा एसएल्सी गरेपछि उच्च शिक्षाकालागि पैलो चोटि राजधानी काठमाडौं आएका राजेश तर पोखराको बन बिज्ञान अध्ययन संस्थानमा आइएस्सी भर्ना भए। हुने बिरुवाको चिल्लो पात भने झैं पहिलो बर्ष उनको ब्याजमा नामी बिद्यालयबाट पढेर आएका आफ्ना क्लासमेटहरुलाई उछिन्दै उनी दोश्रो भए। तर दोश्रो बर्षमा त उनले संस्थान नै टप गरे।
सन् २००६ मा बिएससी गरेका राजेशले एक बर्ष Nepal-Swiss Community Forestry Project मा काम गरे।
यसै बिच, यिनले विश्वका बिभिन्न मुलुकका विश्व बिद्यालयहरुमा Master in Forestry अध्ययनका लागि Scholarship र भर्नाको निबेदन हाल्ने काम पनि जारी राखे।
नभन्दै, उनको निबेदन उपर संयुक्त राज्य अमेरिका, युरोप लगायत ५/६ वटा देशहरुबाट पढाईका लागि प्रस्ताबहरु आए। तर उनले चुने अमेरिकि विश्वबिद्यालय- Yale University।
सन् २००७ को अगस्टमा Yale मा भर्ना भएका राजेशले दुई बर्ष खुब मिहिनेत गरेर पढाई गरे र यस बर्ष बन बिज्ञानमा स्नातकोत्तर गरे।
कमेन्स्मेन्ट परेडको हिरो
Rajesh looking at eEyecam
त्यती मात्र कहाँ हो र ! उनी Yale को ३०८ औं कमेन्स्मेन्ट परेडको लागि Forestry Department बाट चुनिएका ४ जना मध्येका स्टुडेन्ट मार्सल्समा छानिए अनि विश्व बिद्यालयका प्रेसिडेन्ट डा. रिचार्ड चार्ल्स लेबिनबाट दिक्षान्त प्रमाण पत्र प्राप्त गरे। स्मरण रहोस्, स्टुडेन्ट मार्सल्सहरुले मात्र प्रेसिडेन्टको हातबाट प्रमाण पत्र पाउँछन् भने अन्य विद्यार्थीहरुले सम्बन्धित बिभागका डिनहरुबाट प्राप्त गर्छन्। Yale बाट यस बर्ष १ हजार ३०२ जना विद्यार्थीहरुले स्नातकोत्तर गरेकाछन् भने बन बिज्ञानमा ९० जना उत्तिर्ण भएका छन्।
हिलारी क्लिन्टनले मन पराएपछि
Hillary Clinton, Secretary of State, the United States. Photos: eEyeCam
अझ राजेशलाई कस्तो संयोग जुर्यो भने अमेरिकि सरकारकि सेक्रेटरी अफ स्टेट हिलारी क्लिन्टनलाई पनि यसै बर्ष Yale ले अनररी डाक्टरेट डिग्री दिदै रहेछ।
जब राजेश बन बिज्ञानको विद्यार्थी मार्सल्सको हैसियतले आफ्नो टोपी भरी बोट, बिरुवा र फूल सजाएर त्यसमाथि नेपालको झन्डा फराउँदै मन्चमा पुगे- हिलारीले राजेशको त्यो श्रीजनात्मकता खुबै मन पराइछिन् र कुन्नी के सोध्ने प्रयास गरिन् तर राजेशले त्यो भेउ पाउन सकेनन्- उनलाई त प्रमाण पत्र थाप्ने रन्को जो थियो। पछि राजेशले उनको एक साथीबाट थाहा पाए- हिलारीले भनेकी रहिछिन्- "मलाई तिम्रो त्यो ह्याट मन पर्‍यो।"
Rajesh with his cap full of plants, flowers and flag of Nepal.
Cheers! Rajesh after receiving his degree from President of Yale University.
यो पङ्तिकार राजेशको निम्तोमा उनको जीवनको त्यो महत्वपूर्ण र अबिस्मरणिय क्षणमा खुशीयाली मनाउन त्यहाँ पुगेको थियो। उनका आमा-बुवा गाउँबाट आउन नसक्ने भएपछि राजेशले मार्गरेट र मलाई निम्ताएका थिए। हामी अघिल्लो दिन बेलुकी नै नेपालबाट आउनु भएकी संगिनी राना मगरलाईपनि साथ लिएर न्यू हेबन, कनेक्टिक पुगेका थियौं।
L to R: I am with Neelesh's mother, Rajesh, Neelesh, Neelesh' father, Margaret and Singini.
त्यहाँ पुगेपछि थाहा लाग्यो- यसपाली राजेशसँगै अर्का नेपाली विद्यार्थी बुढानिलकन्ठ, काठमाडौंका निलेशमान श्रेष्ठ पनि  Yale बाट Environmental Management मा स्नातकोत्तर गर्दै रहेछन्।
Rajesh with Neeleshman Shrestha. Photos: eEyeCam
गाउँ फर्किने योजना
गाउँबाट बिदेशी माटोमा पाइला टेक्ने पहिलो छोरो राजेश अहिले नै नेपाल फर्की हाल्ने योजनामा भने छैनन्। उसै पनि ग्य्राजुएसन पछि एक बर्ष अमेरिकामा काम गर्न पाईन्छ नै। उनले भने- "म अहिले प्रोफेसर म्याक्स्टनको अनुसन्धान सहायक भएर काम गर्दैछु। जब अनुभब र अध्ययनबाट परिपक्क बनिएला तब नेपाल गएर देशको लागि केही गर्न सकिएला। अहिले त म आफुलाई अनुभबी बनाउने तर्फ नै ध्यान केन्द्रित गरेको छु। तर नेपाल त म जरुर फर्किन्छु।"
राम्रा कोइरालाको कस्तो राम्रा बिचार । राजेश कोइरालाको बन सम्बन्धी अनुसन्धान फलोस् फुलोस्, अनि 'हरियो बन नेपालको धन' भने झैं राजेश पनि भबिश्यमा नेपालको गर्बिलो सम्पत्ती बनून्, यही कामना छ।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read this feature news in English:
Margaret Carne-Thapa greeting rajesh Koirala with traditional Nepali Khada, the sacred scarf. Photos: eEyeCam
Rajesh and Neelesh with Deb P. Jaisi, Interdepartmental Bateman Scholar, Dept. of Geology & Geophysics, Yale University and his wife Subhadra Banjade Jaisi and son Sudesh, 7.
Rajesh with Sangini and Margaret. Photos: eEyeCam

Comments

avatar Deb Jaisi
0
 
 
Well described story and encouraging for all...
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Lama
0
 
 
We need more Rajesh to develop Nepal, not Girija
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Umesh Adhikari
0
 
 
You're right. Rajesh is real hero and real Koirala Nepal needs to take nepal to new century. Best of luck.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar pralhad koirala
0
 
 
he is my uncle , my entire family proud of him. actually he is very perfect person.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar pralhad koirala
0
 
 
he is my uncle , my entire family proud of him. actually he is very perfect person.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Tirtha Raj Baral
0
 
 
Many many congratulation Rajesh

I am very proud of you. You will be a great wealth of our nation.
Keep going on your progress. All Nepalese younger please try to learn from Rajesh.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar lhakpa c lama
0
 
 
you are great nepali student heartly thanksssss and best of luck lhakpa sayy
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Ananta
0
 
 
Pradeep-ji excellent coverage. It is so good to feel that such students exist in the US and thank you for bringing them to the public..
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Meg
0
 
 
good son of Nepal Mother.......................
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Urgen Sherpa
0
 
 
Congratulations !!!
To a proud Son of Nepal. The story is so encouraging to all. I'll tell it to my children and all others.
Thank you.
Urgen Sherpa
New York.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar sangam
0
 
 
unfortunately I am sure he will work for dollar being servant of USA. I feel sorry for mother (Nepal). Nepal need sons who can work in Nepal, not in USA.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?