NEWS: बिबिसी नेपाली सेवा ::

Inside

सोनिया बनिन् अमेरिकाको पहिलो ल्याटिना अनि तेश्रो महिला न्यायाधिस PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by USNepalOnline Desk   
Friday, 07 August 2009 08:27
न्यू योर्क- अमेरिकि सर्बोच्च अदालतको २२० बर्षको ईतिहासमा जम्मा ३ जना महिला न्यायाधिस बन्न सफल भएका छन्। पछिल्लो पटक हिजो मात्र अमेरिकि सिनेटद्वारा ३१ का बिरुद्ध ६८ मतबाट सर्बोच्च न्यायालयको न्यायाधिसमा नियुक्त सोनिया सोतोमायर पहिलो ल्याटिना अनि तेश्रो महिला न्यायाधिस बन्ने सौभाग्य पाएकिछिन्।

Supreme Court Justice elected Justice Sonia Sotomayor. Photo courtesy: thegrio.com

यस अघी सान्द्रा डे ओकोनर सन् १९८१ मा (स्वअबकास) र रुथ बबर गिन्स्बर्स्ग सन् १९९३ मा सर्बोच्च अदालतको न्यायाधिस बनेका महिला न्यायाधिस हुन्।

एक पटक न्यायाधिस बने पछि आजिबन पदमा बहाल रहिरहन पाउने हुँदा नौ जना सदस्य संख्या भएको अमेरिकि सर्बोच्च अदालतमा मनोनित हुनुलाई अत्यन्त महत्वका साथ हेरिन्छ।

गत जून १ मा राष्ट्रपति बाराक ओबामाले प्रस्तव गरेपछि सोतोमायरको बर्खिलाबमा जातियता र उनको निस्पक्ष न्याय दिन सक्ने क्षमतामा प्रश्न चिन्ह मात्र लागेन बल्की सम्भबत: सबैभन्दा पेचिलो निदीखुदी पनि गरियो। तर सोनियाले ईतिहास रचेरै छाडिन्।

न्यू योर्क शहरको ब्रोङ्क्स निवासी ५५ बर्शिय सोतोमायरको तलब वार्षिक नेपाली रुपैयाँ झन्डै १ करोड ६० लाख हुनेछ।

बधाई छ- न्यायाधिस सोनिया सोतोमायरलाई।

-USNepalOnline Desk.

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?