NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यू योर्कमा विश्व साईकल यात्री शेर्पालाई किरात राईहरुद्वारा सम्मान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Jayanti Chamling Rai   
Monday, 17 August 2009 14:22
न्यु योर्क - नेपालको गौरव विश्व साईकल यात्री फुर्टेम्बा शेर्पालाई सम्मान गर्ने र बधाई दिने लहरै चलेको बेला संयुक्त किरात राई अर्गनाईजेशन अमेरिका (UKROA) न्युयोर्क च्याप्टरले पनि अगस्ट १५ मा बधाई र सफलताको कामना गर्दै सम्मान गर्यो।
 
UKROA members and Furtemba at his reception in New York. Photos: Sukharaj Rai
 
न्युयोर्क च्याप्टरका अध्यक्ष प्रभाकर राईले नेपाली झन्डा भएको टोपी र केन्द्रिय अध्यक्ष शिवकुमार राईले किराती राई पोशाक 'भोटो' प्रदान गरि शेर्पालाई सम्मान गरे भने पम्फा राईले राई सास्कृतिक कार्यक्रमको भिडियो सिडी दिएर सम्मान गर्नु भयो। सोही कार्यक्रममा गायीक पुजा राई लगायत विभिन्न ब्यक्तिहरुले परम्परागत ओढाई सम्मान गरेका थिए।
 
शेर्पालाई भोटो प्रदान पछि हात मिलाउदै UKROA का केन्द्रिय अध्यक्ष शिवकुमार राई
 
रुजभेल्ट ऐभिन्यु ६२ स्टि्रट माउण्ट कैलाश बफेटमा आयोजित कार्यक्रमा ४६ वटा देशको भ्रमण गरिसकेका साईकल यात्री शेर्पाले नेपाललाई विश्वमा चिनाउने र पर्यटन क्षेत्रको विकाशमा सहयोग पुर्याउने उदेश्यले आफनो साईकल यात्रा जारी रहेको बताउनु भयॊ। साथै उहाले विश्व शान्ति र स्वच्छ वातावरणको सन्देश दिन चाहेको कुरा पनि थप्नु भयो।
 
शेर्पालाई टोपी प्रदान गर्दै न्युयोर्क च्याप्टरका अध्यक्ष प्रभाकर राई
 
त्यस्तै, सम्मान गर्ने क्रममा अमेरिकामा रहेका नेपाली संघ संस्थाहरु शेर्पा किदुक, याक्थक चुम्लुङ, हेवन्दी पाथले पनि शेर्पालाई सम्मान गरिसकेको छ।
 
शेर्पालाई राई सास्कृतिक कार्यक्रमको भिडियो सि डी प्रदान गर्दै पम्फा राई
 
नेपालीले मात्र होईन न्यु योर्क शहरका उपमेयर रोबर्ट लिबरले पनि शेर्पालाई प्रमाणपत्र सहित सम्मान गर्नु भएको छ। उपमेयर लिबरले न्युयोर्कमा प्रदुशन बढिरहेको बताउदै यसको रोकथाम र स्वच्छ वातावरणको लागी साईकल यात्राले सन्देश दिएको बताउनु भयो।

सन् २००३ डिसेम्बर २६ काठमाडौदेखि साईकल यात्रा शुरु गर्नु भएको शेर्पाले एक महिना पछि क्यानडाको यात्रा शुरु गर्ने जानकारी दिनु भयो।

-Jayanti Chamling Rai in New York.
 
विश्व साईकल यात्री शेर्पा र गायिका पुजा राई Photos: Sukharaj Rai 

विश्व साईकल यात्री शेर्पा र कलाकार योशधा राई

विश्व साईकल यात्री शेर्पा र कलाकार सुजता राई

विश्व साईकल यात्री शेर्पा र कलाकार वसन्ती राई Photos: Sukharaj Rai

For more news York Nepalese community news go to:
 
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?