NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

हजारौं अमेरिकिहरु "अर्को" समतामूलक अमेरिकाको खोजिमा यसरी भेला भए PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Wednesday, 23 June 2010 05:38
Article Index
हजारौं अमेरिकिहरु "अर्को" समतामूलक अमेरिकाको खोजिमा यसरी भेला भए
US Social Forum 2010 photos
All Pages

Exclusive 34 photos & video: डेट्रोइट, मिसिगन- जुन २२ देखी २६ बिच सम्पन्न हुन गैरहेको दोश्रो अमेरिकि सामाजिक मन्च (2nd U.S. Social Forum) मा भाग लिन एक समय "मोटर सिटी" (The Motor City) को रुपमा चर्चित अमेरिकि शहर डेट्रोइटमा झन्डै १५ हजार अमेरिकि कामदार र मानब अधिकारकर्मीहरु भेला भएकाछन्।



Participants at the US Social Forum rally in Detroit, Michigan on June 22, 2010. Photos: eEyeCam.com

सन् २००१ मा ब्राजिलबाट शुरु भएको विश्व सामाजिक मन्च (World Social Forum) को "बैकल्पिक (अर्को) विश्व सम्भब छ" (Another World is Possible) भन्ने मुख्य मन्त्रलाई आत्मसात गर्दै एक कदम अघी बढेर "बैकल्पिक (अर्को) अमेरिका जरुरी छ" (Another US Is Necessary) भन्दै सन् २००७ मा अमेरिकि राज्य जर्जियाको एट्लान्टा शहरबाट शुरु भएको अमेरिकि भेला यसपाली डेट्रोइटमा आयोजना गरिन लागेको हो।

विश्व सामाजिक मन्च (World Social Forum) को भेलालाई विश्व आर्थिक मन्च (World Economic Forum) को बिकल्पको रुपमा लिने गरिन्छ।

यसपालीको अमेरिकि भेलामा एक हजारभन्दा बढी कार्यशाला गोस्ठीहरुको आयोजना गरिन लागेको भेलाका आयोजकहरुले बताएका छन्।

उक्त भेलाको जुलुसको केही झाँकीहरुको भिडियो हेर्नुहोस्:

US Social Forum rally 2010 in Detroit, Michigan, USA-I


उक्त भेलाको उद्घाटन मंगलबार डेट्रोइट शहरस्थित उत्तर अमेरिकाको सबैभन्दा ठुलो १ लाख ७८ हजार ४४४ बर्ग फिट रहेको प्रदर्सनी गृह कोबो सेन्टरमा दिउँसोको जुलुसपछि मिसिगनका अनिसिनाबेलगायतका आदिबासीहरुको परम्परागत गीत र न्रित्यबाट गरिएको थियो।


American indigenous peoples performing traditional dance at the opening event of the forum. Photos: eEyeCam.com

बिभिन्न पेशामा आफ्नो हक अधिकारबाट बन्चित कामदारहरुको प्रतिनिधित्व गर्ने यो भेलामा अमेरिकाका ३ दर्जनभन्दा बेशी पेशागत र अधिकार सम्बन्धी संगठनहरुका १२ हजार बेशी प्रतिनिधिहरुले भाग लिएकाछन्।



न्यू योर्कबाट नेपाली अमेरिकन मानब अधिकारबादी संस्था "अधिकार" ले भाग लिएको छ। नेपाली संस्थाले अमेरिकि सामाजिक मन्च (U.S. Social Forum) को भेलामा भाग लिएको यो सम्भबत: पहिलो पटक हो।


Members of Adhikaar group from New York. Photos: eEyeCam.com

अधिकार संस्थाकोतर्फबाट कार्यकारी निर्देसक लुना रन्जित, बोर्ड सदस्य सुक्ती धिताललगायत निमा शेर्पा, प्रनिता मिश्र (दोभाशेको रुपमा), बिन्दु मल्ल, लक्षिन लामा र रुशिल शाक्यले भाग लिएकाछन् भने संस्थाकि कम्युनिटी अर्गनाइजर नर्बदा छेत्री बुधवारदेखी सहभागि हुनेछिन्।

उक्त भेलाको जुलुसको केही झाँकीहरुको भिडियो हेर्नुहोस्:

US Social Forum rally 2010 in Detroit, Michigan, USA-II


यो पङ्क्तिकार "अधिकार"को दोभाशेको रुपमा सहभागि भएको हो।

Note: ६ दिनसम्म चल्ने यो भेलाको समाचार अप्डेट गरिदै जानेछ।

डेट्रोइटको गौरबपूर्ण बिगत र बर्तमान

क्यानाडाको विन्सोर शहरसंग डेट्रोइट नदीको सिमा बाँधेर आम्नेसाम्ने रहेको यो शहरमा अमेरिकि कार निर्माण कम्पनीहरु जेनेरल मोटर र स्राइस्लर मोटर कम्पनीहरुको मुख्यालय रहेको छ जसले गत बर्ष घाटामा गएको कारण लीलामी ब्यहोर्नु पर्‍यो।


GM Motor's Headquarters in front of Cobo Center in Detroit, MI. Photos: eEyeCam.com

सन् २००० को जनगणनाअनुसार झन्डै नौ लाख जनसंख्या रहेको यो शहरमा कार कम्पनीहरुले धमाधम कार उत्पादन गर्ने फ्याक्ट्रीहरु बन्द गरेपछि जनसंख्या घट्दै गएको अनुमान गरिएको छ। त्यसैको प्रतिकुल असरस्वरुप झन्डै ८१ प्रतिसत जनसंख्या काला जातिको रहेको यो शहरमा अहिले थुप्रै भवनहरु रित्तो अवस्थामा देख्न सकिन्छ।

Detroit city's skyline, USA (front) & Windsor, Canada. Photo courtesy: www.doblevych.com

पोहोर साल अमेरिका भरको औसत बेरोजगारी प्रतिसत १० हुँदा यो शहरको बेरोजगारी ३० प्रतिसत रहेको थियो। तर खुशीको कुरा गत मार्चमा भने बेरोजगारी प्रतिसत घटेर १५ प्रतिसतमा झरेको छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa


उक्त भेलाको जुलुसको केही झाँकीहरुको भिडियो हेर्नुहोस्:

US Social Forum rally 2010 in Detroit, Michigan, USA-III

 



NDWA Media Coordinator Viviana. Photos: eEyeCam.com


National Domestic Worker Alliance (NDWA) National Organizer Jill Shenker. Photos: eEyeCam.com


NDWA Director Ai-jen Poo. Photos: eEyeCam.com



























 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?