| "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई" |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Sunday, 28 June 2009 09:58 | |||
त्यो यात्रा सुनौलो अनि साथ तिम्रो, सम्झेर भेट्न बोलाएँ तिमीलाई...न्यू योर्क- बिशेष टिप्पणी: यि माथिका चर्चित गीतकि गायिका अन्जु पन्तको दिलमा को सजिएको रहेछ त? जब पञ्चायतकालिन बहुचर्चित जनबादी गीत 'आमा दिदी बहिनी हो कति बस्छौ दासी भै सुखको प्यासी बनेर' का बरिस्ठ गायक तथा एमाले राष्ट्रिय जन साँस्कृतिक संघका केन्द्रिय अध्यक्ष जेबी टुहुरेले एमाले त्यागेर माओवादी प्रबेश गरे त्यो बुझ्न सकिने कुरो थियो तर नयाँ युग कि युबा ढुकढुकी गायिका अन्जु पन्त र उनी जस्ता दर्जनौ कलाकारहरु माओवादीमा प्रबेश गर्नु चाँही बुझिनसक्नुको गुत्थी भएको छ।
यसरी माओवादीमा प्रबेश गर्नेहरुमा चर्चित निर्माता, निर्देशक एबं कलाकार युबराज लामा मात्र होइन द्वन्द निर्देशक राजेन्द्र खड्गी, नायिका मौसमी मल्ल लगायत दर्जनौं संगित, चलचित्र र कलासँग सम्बन्धित ब्यक्तिहरु छन्।
![]() Singer Anju Panta. Photos courtesy: (1) Shambhujeet Baskota & (2) myrepublica.com
सपनाको खेती
एक जमाना यस्तो थियो "तेरा घराँ काँग्रेस पसोस्" भन्ने उक्ती नै बन्दा पनि कांग्रेस प्रबेश गर्नु आफुलाई प्रजातन्त्रको पक्षमा उभ्याउनु मात्र होइन खाँटी प्रजातन्त्रवादी कहलाउनु पनि हुन्थ्यो। त्यो जमाना थियो- बिपी कोइरालाको, लौह पुरुष गणेशमान सिंहको।
म सानै थिएँ जतिखेर बिपी स्वर्गबास हुनु भयो। तर लौह पुरुष गणेशमान सिंहसँगको भेट अबिस्मरणीय रहेको छ।
आफ्नै देशमा गुमनाम वीर गोर्खालीहरुको गौरब गाथाको संरक्षण गर्न स्थापित गोर्खा स्मारक संग्रहालयको एक कार्यक्रममा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी र उपप्रधानमन्त्री तथा रक्षामन्त्री माधवकुमार नेपाल हतारमा औपचारिकताका भाषाण छाँटेर हिंडे पनि आफ्नो असक्तताका बाबजूद लौह पुरुष गणेशमान सिंह चाँही कार्यक्रमको अन्त्यसम्म हाम्रो साथ बस्दै भन्नु भएको एउटा कुरा मलाई सधैं याद आउँछ- "वीर गोर्खालीहरुको बिषयमा मैले बखान गर्नु ईन्द्रको अगाडि स्वर्गको बयान गर्नु जस्तो हो। उनिहरुको बफादारी र इमान्दारीको बारेमा बखान गर्ने मसँग कुनै शब्द नै छैन। "(मेरो पुस्तक 'वीरहरुका पनि वीर महावीर'बाट)
उहाँ नै हुनुहुन्थ्यो गोर्खालीकोबारे ब्रिटिशहरुलाई स्पस्ट रुपमा झक्झकाउने पहिलो र सम्भबत: अन्तिम नेपाली राज नेता।
आज गोर्खालीहरुले बेलायतमा ब्रिटिश सेना सरह समान हक, तलब र पेन्सन पाउने भएका छन्, लौह पुरुष सिंहले यो उपलब्धी देख्न सक्नु भएको भए कति खुशी हुनुहुन्थ्यो होला?
काँग्रेस पछि एक समय एमालेको दबदबाको युग आयो। धेरैले आफुलाई एमाले बनाउन पाए ठुलो राष्ट्रबादिता र जनवादी कहलाउन पाउने ठाने। प्रखर बक्ता तथा बहुदलिय जनवादको प्रबर्तक मदन भण्डारी नेपाली मन र माटोका मौलिक श्रीजना थिए। त्यसैले सबलाई एमाले बन्नु थियो।
अरुको कुरो छोड्नुस्, यो पङ्क्तिकारले काठमाडौं उपत्यकाब्यापी क्याम्पस आँसु भाषण प्रतियोगितामा प्रथम भएपछि मदन भण्डारीको हातबाट पुरस्कार थाप्दा यस्तो लागेको थियो मानौं मदनको पद चापमा हिंड्नु भनेको बहुदलियता र जनबादको पक्षमा साँचो अर्थमा उभिनु हो। अर्थात जहाँ समानता नाउँको जनबाद पनि होस् अनि बहुदलियता पनि। अहा कस्तो राम्रो ! तर मदनको बहुचर्चित दुर्घटनामा मृत्यु भएकोको १५ बर्ष बित्दा नबित्दै, सन् १९९० मा बहुदलको पुनरागमन अघी खुट्टामा चप्पल नहुने एमाले नेताहरुको अहिले काठमाडौंमा कति को त तीन तीन तले दुई चार वटा घर खडा भएका छन् भने जनता झन झन गरीब हुँदैछन्। (पढ्नुहोस् मेरो रिपोर्ट: The Fate of the World’s 49 Poorest Countries)
बिपीदेखी मदन भण्डारीसम्मका तिलस्मी नेताहरुका कारण नै हो प्रतिभाशाली मान्छेहरु एक पछि अर्को नेताहरुले श्रीजना गरेको "सुनौलो नेपाल" को सपना साकार बन्ला भन्दै आफुलाई कहिले काँग्रेस, कहिले एमाले प्रबेशको घोषणा गर्न कुनै हिच्किचाहट नमानेको।
यतीखेर, अहिले फेरी अर्को सपना देखाइएको छ- "नयाँ नेपाल" को। र, त्यो "नयाँ नेपाल" को सपनाका सुत्राधार अरु कोही होइन, माओवादी पनि होइन, त्यो हो- कमरेड प्रचन्ड। बिपि, मदनपछि त्यस्तो तिलस्मी, सपना बेच्न सक्ने नेपाली नेता प्रचन्ड नै हो भन्दा कुनै अत्युक्ती नहोला। (पढ्नुहोस् मेरो प्रचन्ड न्यू योर्क आउनुहुँदाको रिपोर्ट: "मोहनी लाग्ला है गाउँलेको भाकाले...)
त्यसो त, १२ बर्षको माओवादी जनयुद्धमा हजारौं हजार नेपाली मरे, लाखौं लाख नेपाली जनताले सास्ती पाए तर नेपाली जनताले माओवादीलाई वाक्क भएर चुनावबाट तिरस्कार गर्नु पर्नेमा उल्टो "नयाँ नेपाल" को सुनौलो सपनाप्रति यती बिशास गरे कि हुँदा हुँदा अब देशका गहना भनिने कलाकारहरु पनि धमाधम प्रचन्डको हातको रातो टिका थाप्न लालायित बने।
मेरो बिचारमा, यो नयाँ 'ट्रेन्ड' त्यती बेलासम्म जारी रहन्छ जबसम्म प्रचन्डको 'क्रेज' र तिलस्मी जादु कायम रहन्छ या जबसम्म अर्को नयाँ तिलस्मी नेता जन्मिदैन जस्ले फेरी नेपाली जनतालाई अर्को "सुनौलो नेपाल" को "सपना" बाँड्न सकोस्।
अमेरिकि सेलेब्रिटीहरु कस्ले कस्लाई समर्थन गरे ?
![]() California Governer and actor, world bodybuilder champion Arnold Schwarzenegger. Photos couetesy: ca.gov, dpics.org. Illustration: eEyeCam
यता अमेरिकामा पनि प्रशिद्ध कलाकारहरुले डेमोक्राट र रिपब्लिकन पार्टी र त्यसका तिलस्मी राष्ट्रपतिहरुलाई समर्थन गर्न कुनै कन्जुस्याइ गरेका छैनन्।
अमेरिकि नयाँ राष्ट्रपति बाराक ओबामा, जस्ले नयाँ सपना "परिवर्तन" (Change) बेच्न सफल भए, लाई चर्चित कार्यक्रम निर्मात्री तथा सन्चालिका ओप्राह विन्फ्रेले गरेको समर्थन र रिपब्लिकन प्रतिद्वन्दी जोन मेक्कैनको कार्यक्रममा ब्रुस लिसँग लड्ने चर्चित कलाकार चक नोरिसको उपस्थितीलाई अमेरिकि मिडियाले खुब बढाईचढाइ गरी प्रचारप्रसार गरेको घटना आलै छ।
![]() Actress and singer Jennifer Lopez. Photo courtesy: thecelebrityhunt.com
उसो त डेमोक्राटस् लाई समर्थन गर्नेहरुमा ब्राड पिट, जोर्ज कोलोनी, रिचार्ड गेर, लियोनार्ड डिकाप्रियो, टोम क्रुज र गत बिहीवार असामयिक निधन भएका माइकल ज्याक्सन मात्र होइन जेनिफर लोपेज, म्याडोना, मेरिल स्त्रिप, निकोल किड्म्यान, क्यामेरुन डियाज, डेमी मूर जस्ता सुन्दरी नायिका, गायिकाहरु पनि छन् भने उता रिपब्लिकनलाई समर्थन गर्नेहरुमा ब्रिटिनी स्पियर्स, डेस्टिनिज चाइल्ड, क्लिन्ट इस्ट उड, जिन ल्काउड भान डाम, मेल गिब्सन, जेसिका सिम्सोन, डेन्जेल वासिङ्टन आदी छन्। क्यालिफोर्निया राज्यका रिपब्लिकन गभर्नर आर्नोल स्वार्जनेगर चर्चित हलिउड सिनेमा 'टर्मिनेटर' का नायक र पूर्व विश्व बडिबिल्डर च्याम्पियन हुन्।
![]() Singer and actress Britney Spears. Photo courtesy: Bebo.com
अब बुझ्नु भो त अन्जु पन्तको कुरो? सपनाको पछि लाग्नु कुनै गल्ती या महापाप होइन। नेपाली मिडियाले कलाकारहरुले राजनीति गरे, कुनै पनि पार्टीलाई समर्थन गर्नु हुँदैन्थ्यो भनेर कोकोहोलो मच्चाइ रहेको कारण यो निजी लेख लेखन मन लाग्यो। युएस नेपाल अनलाइनसँग मेरो बिचार को कुनै तादात्म्य छैन, भलै म यो अनलाइनको सम्पादक चाँही हुँ। सम्पादकको रुपमा मेरो प्रोफेसनलिज्म प्रति भने म मरी काटे कम्प्रोमाइज गर्दिन। त्यो चाँही पक्का।
-Pradeep Thapa Magar. Comments? 917-570-1098. Or,
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read related news:
जाँदा जाँदै अन्जु पन्तको यो घत लाग्दो, चर्चित गीत सुनी हाल्नोस् है त:
"न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई
त्यो यात्रा सुनौलो अनि साथ तिम्रो, सम्झेर भेट्न बोलाएँ तिमीलाई..."
Maiti Ghar - Remix Song - Anju Pant
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली



























Comments