NEWS: बिबिसी नेपाली सेवा ::

Inside

क्यानाडामा आदिकवि भानुभक्त आचार्यको १९६ औं जन्म जयन्ती समारोह सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Gopikrishna Kaphle   
Saturday, 18 July 2009 02:10
टोरोन्टो- एनआरएन क्यानाडा भाषा, साहित्य तथा संस्कृति समिति तथा नेपाली साहित्य समाज टोरोन्टोको आयोजनामा टोरोन्टोमा 15 जुलाईका दिन आदिकवि भानुभक्त आचार्यको १९६ औं जन्म जयन्ती समारोह भब्य साहित्यिक कार्यक्रमकासाथ मनाईयो ।
सभापतिको आसनबाट बोल्दै एनआरएन क्यानडाका अध्यक्ष  नबराज गुरुङले यस्तो कार्यक्रमले एकातिर हाम्रो भाषा, सस्कृतिको रक्षा हुन्छ भने अर्कोतर्फ दोस्रो र तेस्रो पुस्ताका वाल वालिकाहरुलाई पनि नेपाली भाषा र सस्कृतिप्रति उत्प्रेरणा जगाउन मद्दत मिल्छ भन्नु भयो।
उहाँले यसरी तीन पुस्ता एकै ठाउँ मा बसेर आफ्नो देशको भाषा र सस्कृतिकोबारेमा कुरा गर्न पाउदा आफुलाई निकै खुसि भएको कुरा ब्यक्त गर्नु भयो । भाषा, साहित्यका कार्यक्रम विदेशमा आयोजना गरेर नेपाली भाषालाई अन्तर्राष्ट्रिय स्तरबाट टेवा पुर्याउनु पर्ने कुरासमेत बताउनु भयो ।
एनआरएन क्यानडाका सचिब गोपीकृष्ण काफ्लेद्वारा संचालित उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई एनआरएन क्यानडा भाषा, साहित्य तथा संस्कृति समितिका संयोजक मुक्ति गौतमले स्वागत मन्तब्य दिदै यस्ता कार्यक्रमहरु अब निरन्तर गर्दै लाने लक्ष रहेको कुरा जानकारी गराउनु भयो।
आदिकवि भानुभक्त आचार्यको जीवनी र उहाँको योगदान बारे बोल्दै एनआरएन क्यानडाका सचिब गोपीकृष्ण काफ्लेले  भानुभक्तले सरल र मिठो भाषामा रामायणको अनुवाद गरी नेपाली भाषालाई लोकप्रिय बनाएको कुरा बताउनु भयो । उहाँले  भानुभक्तलाई घांसीबाट प्रेरणा मिले जस्तै हामीहरुले पनि  भानुबाट प्रेरणा लिएर नेपाली भाषाको लागि केहि गर्नु पर्ने कुरा व्यक्त गर्नु भयो ।
कार्यक्रममा टोरोन्टोमा रहनु भएका कवि तथा कवयित्रीहरुले भानुभक्त सम्बन्धी तथा समसामयिक विषयका आआफ्ना कविता, गीत, गजल तथा हाइकु एवम रामायणको पाठसमेत प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा वाल कविहरु क्रमश: अनुसयाना गौतम, स्वर्णीमा गुरुङ, अयुश्ना श्रेष्ठ अनिश श्रेष्ठ, मेधावी गौतम तथा कविहरु गोपीकृष्ण काफ्ले, मुक्ति गौतम, नवराज गुरुङ, विश्व बर्मा, मोहन अर्याल, भरत पौडेल, महेशलाल प्रधान, गोपाल भण्डारी, कोमल सापकोटाले कविता वचन गर्नु भयो ।
तेसै गरि, उपस्थित हुन असमर्थ कविहरुका कविताहरुलाई पनि वाचन गरिएको थियो । उपस्थित हुन नसकेका कविहरु अमेरिकाबाट नविन वैध, अस्ट्रेलियाबाट निस्प्रब सजी, टोरोन्टोबाट अनुप न्यौपाने, पशुपति पोखरेल, चेतनाथ रिमाल, प्रिया श्रेष्ठ र उपमा पौडेल हुनुहुन्थ्यो।
उक्त कार्यक्रममा 87 बर्सकी बयोब्रिद्द प्रभा श्री गुरुङ र थिर सुब्बा गुरुङले मिठो लोक लयमा गीत गाउनु भएको थियो भने उमाकान्त गौतमले रामायणका मिठा श्लोकहरु बाचन गरी कार्क्रममा मनोरंजन प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा बसन्ती शर्मा, बिनोद श्रेष्ठ, मान पौडेल, उत्तम माकाजु, गिरिराज अधिकारी, कमला रुपाखेती, जमुना गुरुङ,  अनु श्रेष्ठ, सुजन अधिकारी, कृष्ण तिम्सिना, आनन्द श्रेष्ठले पनि आ-आफ्ना कला प्रस्तुत गरी कार्यक्रमलाई रोचक बनाउनु  भएको थियो ।
कार्यकममा उपस्थित सबैलाई एनआरएन तर्फबाट दुर्गा अधिकारीले धन्यवाद दिनु भएको थियो । उहाँले रात्री भोजको आयोजक नवराज गुरुङ तथा जमुना गुरुङको परिवारलाई  बिशेष धन्यवाद दिनु भयो ।
-Gopikrishna Kaphle in Toronto

Comments

avatar Tirtha Baral
0
 
 
Canada ma basnu bhayaka sabai Didi Bahini tatha daju bhai lahi
Namasakar

Bidesh ma baser pani aphno sahitya ra bhasha lahi jivanta dine karya ko lagi एनआरएन क्यानाडा भाषा, साहित्य तथा संस्कृति समिति तथा नेपाली साहित्य समाज ra aru canada ma basnu bhayaka nepali haru prati khushi byakta gardai thank you din chahanchhu.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?