NEWS: बिबिसी नेपाली सेवा ::

Inside

क्यालिफोर्नियामा नेपालीहरुद्वारा रक्तदान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Prathaa Magar   
Sunday, 05 July 2009 01:07
क्यालिफोर्निया- एसोसिएसन अफ नेपालीज इन अमेरिका (ANA) को २७ औं अधिबेसनको अबसरमा नेपालीहरुले रक्तदान गरेका छन्।
 
Blood donation in California. Photo courtesy: Arjun Mainali 
 
जुलाई फोर्थमा आयोजित उक्त रक्तदानमा ४७ जना नेपालीहरुले आफ्नो रगत दिएका थिए। जसमध्ये एएनए प्रेसिडेन्ट नबिन दत्त, आयोजक संस्था सहायताका अध्यक्ष आशिस हाडा र ब्लड डोनर्स अफ अमेरिका का अध्यक्ष अर्जुन मैनाली लगायतले रक्तदान गरेका थिए।

एक स्वास्थ्य ब्यक्तीले एक पटकमा दिने (१ पिन्ट) रक्तदानले तीन ब्यक्तीको उपचार गर्न सकिन्छ। यस हिसाबले न्यू योर्कका १०१ नेपालीले दिएको रक्तदानबाट ३०२ जनाको उपचार सम्भब हुनेछ।

नेपाल अमेरिकामा गरी ८१ पटक अर्थात १० ग्यालन रक्त दान गरिसकेका अर्जुन मैनाली जसको पहलुमा नेपाली सस्थाहरुले यि रक्तदान गरेका छन्, ले रक्तदान सम्बन्धी रोचक जानकारी दिदै भने- " न्यू योर्क शहर मा प्रतिदिन २ हजार युनिट रक्त आबश्यक पर्छ। अमेरिका मा यसको प्रतिबर्स १५ मिलियन युनिट आबश्यक्ता छ भने नेपाल मा यो बर्ष १ लाख ६० हजार युनिट चाहिन्छ।" विश्व भर रक्तको आबश्यक्ता ८० मिलियन युनिट रहेको पनि अर्जुन बताउछन्।

धेरै नेपालीले अमेरिकामा रक्तदान गर्न नसक्ने कारणमा अमेरिका कडा निती (criteria) पनि हो।

३ बर्ष भित्र मलेरिया रोग भएका नेपाल लगायतका तेश्रो मुलुक गएका कसैले पनि अमेरिकामा रक्तदान दिन मिल्दैन।

त्यसै गरी एन्टिबायोटिक ओखती खाइ रहेकाको रक्त पनि मान्य हुँदैन। उता HIV, Syphilis र १३ बर्ष उमेर पछि जन्डिस भएकाले जीवनमा कहिल्यै रक्तदान दिन नमिल्ने नियम छ।

रगतका मुख्य ४ थरी हुन्छन्- A, B, O & AB. यि ४ थरीका रक्तका पोसिटिभ र नेगेटिभ गरी दुई दुई थरी हुन्छन्- A+, A-, B+, B-, O+, O-, AB+, & AB-.

अमेरिकन रेडक्रसका थमस केनले बताए-" O- रगत अरु सबै रगत ग्रुपले लिन सकिने universal donor रक्त समुह हो। तर यस ग्रुपको रगत भएको ब्यक्ती चाँही शिर्फ O- रक्त मात्र लिन सक्छ।"

उता AB रक्त समुहले सबै रगत ग्रुपको रक्त लिन सक्छ भने सबैभन्दा सर्ब सुलभ रक्त समुह चाँही O+ हो।

ब्यक्तीले रक्तदान गर्न चाहेमा ५६ दिनमा एक पटक रक्तदान गर्न सकिन्छ। सामान्यतया ११० पाउन्डको बजन र १६ बर्षभन्दा माथिकाले रक्तदान दिन सकिन्छ।

अमेरिकि जनसंख्याको शिर्फ ४ प्रतिसत जनताले रक्तादन गर्ने गरेको पनि केनले बताए।

-Prathaa Magar in New York. Comments? 917-570-1098

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?