Inside

All Time Top 75 News

अमेरिकाको टेक्सासमा नेपालीहरुको दोश्रो समर क्याम्प शुरु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Krishna Lamichhhane   
Monday, 06 July 2009 02:03
टेक्सास / डल्लास - नेपाली संस्कृतीको परिचय गराउने उदेश्यले अमेरिकाको टेक्सास राज्यको डल्लासमा जुलाई ५ मा ३ हप्ते समर क्याम शुरू भएको छ ।

Summer Camp for Nepalese in Texas. Photos courtesy: Krishna Lamichhane

अमेरिका भ्रमणमा रहनु भएका डा. चिन्तामणि योगीले क्याम्पको उद्दघाटन गर्नु भएको थियो ।

जुलाई २५ सम्म संचालन हुने यो क्याम्पको सञ्चालन पनि डा. योगीले नै गर्नु हुनेछ । गत बर्षदेखि शुरू यो अभियानलाई डा. योगीले नै सञ्चालन गर्नु भएको हो ।
 
 

नेपाली भाषा कक्षा, योग, ध्यान, सत्संग, धर्मं-संस्कृती, नेपाली परम्पराका बिबिध पक्षबारे जानकारी दिईने यो क्याम्प बिहान नौ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ । गत साल ५० जना स्थानीय नेपाली बालबालिकाहरू सहभागी भएकोमा यो साल ८० जना भन्दा बढीले भाग लिएका छन्।
 
 

स्थानीय नेपाली संस्था नेपाली समाज टेक्सासको सहयोगमा क्याम्पको लागि ३ हजार स्क्वायर फिट क्षेत्रफलको ४ कोठाको भवन भाडामा लिईएको छ भने कार्यक्रममा सहभागी बालबलिकाहरुको लागि क्याम्पमा नै दिवा भोजनको ब्यबस्था मिलाईएको छ ।
 
 
Nepalese in Texas participating at the Summer Camp. Photos courtesy: Krishna Lamichhane

नेपाली भजन सहितको यस कार्यक्रमको उद्घाटन समारोहमा डा. योगी, क्याम्प संचालनका संयोजक डा. मुरली अधिकारी, सह-संयोजक कृष्ण लामिछाने, बाशु भण्डारी लगायतका बक्ताहरूले क्याम्पको आबश्यकता र महत्वबारे प्रकाश पार्नु भएको थियो। कार्यक्रममा स्थानीय नेपाली समाजका प्रतिनिधी, क्याम्पमा सहभागी हुने बालबालिका तथा अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Krishna Lamichhane in Texas
 
 
 

Find Us at Facebook