NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Narbada Chhetri   
Thursday, 14 May 2009 13:45
न्यूयोर्क- संसारभरिका देशहरुबाट आएका मान्छेहरु बस्ने न्यूयोर्क शहर सबैलाई आउन र बस्न मन लाग्छ। सबैले केही गर्छु भनेर सपना बोकेर आएका हुन्छन्। अमेरिका सबैभन्दा प्रजातान्त्रिक र मानवधिकारको सरंक्षण भएको देश भनेर सुन्ने गरेका छौं। तर सत्य कुरा आफ्नो आँखाले देखेर भोगेर मात्र थाँहा हुँदो रहेछ।
Adhikaar Group in Albany, NY protesting for the equal justice to the domestic workers in New York. Photos: eEyeCam
न्यूयोर्क शहरमा बिभिन्न रोजगारी मध्ये घरेलु काम पनि एउटा महत्वपूर्ण रोजगार हो। Domestic Workers United (DWU)  संस्थाको तथ्यांकअनुसार यहाँ २ लाख महिला घरेलु कामदार छन् जसको सहयोगद्वारा काममा ब्यस्त न्यू योर्कबासीहरु र धनाड्यहरुको दैनिक जीवनका कृयाकलापहरु सम्भव छ। तर घरेलु कामदारहरु जो बिशेष गरी महिलाहरु हुने गर्छन्, लाई भने आदर, सम्मान, समान ब्यवहार र उपयुक्त ज्याला पाउन असम्भव छ।
तसर्थ न्याय र अधिकारको निम्ति Domestic Workers Union (DWU) संस्थाको नेतृत्वमा Domestic Workers Bill of Rights को अभियान बिगत ५ बर्षदेखि चलिरहेको छ। यसै अभियान अन्तरगत २८ अप्रिल २००९ मंगलबार न्यूयोर्क राज्यको राजधानी अल्बानीमा २५० जनाको जमात जम्यो। यस जमातमा विभिन्न संघ संस्थाका ब्यक्तिहरु, शिक्षक, विध्यार्थी, बालबालिका, पत्रकार, वकील, असल रोजगारदाता (good employers)  र विभिन्न पेशाका व्यक्तित्वहरुका साथ घरेलु कामदारहरु थिए।
न्यूयोर्क राज्यको बिधान सभाका ८० जना विधायकहरुसँग बिल नम्बर A1470/S2311 को domestic workers को बिल पास गराउन, भोट माग्न प्रत्येकको कार्यकक्षमा भेट गर्न गयौं। २७ वटा समूहमा हरेक समूहमा कम्तीमा ५ जना थिए। यो बिल किन चाहियो भन्ने सम्बन्धमा कारण खुलाई जानकारी गराए। पिडीत व्यक्तिहरुले आफ्ना पीडा व्यथा व्याखा गरे। कतिको गहभरी आँसु भए। कतिजना यो व्यथा सुनेर अचम्भ माने। के यस्तो पनि हुन्छ? केहीले भने यस समस्यालाई हल्का रुपमा पनि लिए। मानवीय ह्रदय भएकाले गहन रुपमा लिए। पाँच वर्षको दौरानमा यस पाली दुवै सदनको लेबर कमिटीले पास भएर असेम्बली मेम्बर र सिनेटरहरुको टेबलमा पुग्न सफल भएको छ। टेबलमा पुगेको पत्रमा यस प्रकारको माग गरिएको छ:-
-एक हप्तामा ४० घण्टा भन्दा बढी काम गरे बापत बढी ज्याला (over time) पाउनु पर्ने।
-कामबाट निकाल्न परे २१ दिन अगाडी सुचना दिनु पर्ने।
-कामबाट निकाल्दा कम्तीमा काम गरेको समय अनुसार बर्षको १ हप्ताको ज्याला दिनु पर्ने।
-न्यूयोर्क राज्यको भेदभाव सम्बन्धी कानून (employment discrimination law) भित्र घरेलुकामदारलाई पनि समावेश गर्नु पर्ने।
-एकहप्तामा कम्तीमा एकदिन बिदा दिनै पर्ने।
-बर्षमा ५ दिन बिरामी बिदा र ५ दिन व्यत्तिगत बिदा पाउनु पर्ने। साथै New Year, President’s Day, Memorial Day, Independence Day, Thanksgiving Day, Labor Day, Christmas Day बिदा पाउनु पर्ने।
-स्वास्थ्य सुबिधा सम्बन्धी New York Healthy Plan को हाराहारी अनुसार कमसेकम न्यूनतम मूल्यको स्वास्थ्य सुबिधा प्रदान गर्नु पर्ने।
-कुनैपनि घरेलुकामदारलाई रोजगारदाताले कुनै प्रकारको हिंसा गरे वा अधिकार हनन गरे भने सजायका साथ बाह्य रकम (extra money) पनि तिर्नु पर्ने।
उपरोक्त मागहरुको आवाजमा आवज मिसाउन नेपाली महिलाहरुले नेत्रित्व गरेको ‘अधिकार’ संस्था अन्तर्गत हामी पनि आफ्नो नेपाली समुदायबाट १० जना दिदीबहिनीहरुको समूह लिएर सहभागी बनेका थियौ। अधिकार संस्था राष्ट्रीय घरेलु कामदारहरुको एलायन्सको सदस्य संस्था पनि हो। यस संस्थामा विभिन्न सदस्यहरु मध्ये घरेलुकामदारहरु पनि समायोजित छन्।
हाम्रा नेपाली दिदी बहिनीहरुको हामी प्राय जसो गुनासो, व्यथा सुन्ने गरेका छौं। कोही दिनको १८ घण्टा काम गरेर ७ दिनको ३०० डलर कमाउछन्। कोही दिनको १६ घण्टा काम गरेर एउटा रोटी खाएर बाँचेका छन्। कोही महीनाको ४५० डलर मात्र कमाउने र १ दिन पनि बिदा नपाउने। कोही कामबाट रातीको १२ बजे निकालिएका छन्। यस्ता धेरै शोषण र अन्याय खपेर बसेका छन्।
Adhikaar's Nepalese women with DWU voluntter and former domestic worker Pat. Photos: eEyeCam
यस्तो कानुनी देश र मानव अधिकार प्राप्त राज्यको नाममा कहलिएका देशमा बँधुवा मजदुरको शोषणपूर्ण अन्यायमा बाच्न परेको बाध्यताहरु छन्। खै यँहा पनि समता, समानता, उचित ज्याला, न्याय र मानव अधिकार सबैलाई कहाँ रहेछ र! बर्गीय शोषणले कहीं पनि नछाड्ने रहेछ।
यस्ता अन्यायको बिरुद्द आवाज जोड्न हाम्रा दिदीबहिनी, दाजुभाइ कसैले आफ्नो कलेजको परीक्षा अर्को दिन सारे, कोही आफ्नो कामबाट बिदा मिलाए। कसैले आफ्नो महत्वपूर्ण कामलाई पाखा लगाएर यस अभियानलाई नै महत्व दिए। उत्साहपूर्बक सक्रिय सहभागिता रह्यो साथै सबैजनाले आफ्नो समुदायमा यो सन्देश प्रचार प्रसार गर्ने प्रतिबद्धता जाहेर गरे।
अन्याय र अत्यचारको बिरुद्दमा कसै न कसैले आवाज उठाइरहनु पर्छ। संसारमा धैरे प्रख्यात र कुख्यात व्यक्तिहरु जन्मन्छन्। कोही सामाजिक न्यायको निम्ति लडदा लडदै देहवासन भए। कोही अन्याय सहेरै देहवासन भए। कोही अन्याय गर्दै गर्दै देहवासन भए। हाम्रो शरीर शेष नभएसम्म अन्याय र अत्यचारको अवशेष पनि रहनदिनु हुन्न । मानव जीवनको चोला लिएपछि मानवीय उदाहरण बन्न सक्नु पर्छ। सामाजिक परिवर्तन र हक अधिकारको सुनिश्चित गर्न समुदायका सबै व्यक्तिको दायित्व र कर्तव्य ठान्नु पर्छ।
-Narbada Chhetri in New York. (अल्बानीबाट फर्के पछि)
(Editor’s note: नर्बदा छेत्री  "अधिकार" सस्था कि कम्युनिटी अर्गनाइजर हुन्। नेपालमा छदा समाजसेवा र मानव अधिकारका लागि आफुलाई समर्पित गरेकी छेत्री अमेरिकामा पनि चेपुवामा परेका दिदीबहिनी र कामदारहरुका लागि लड्दै आएकिछिन्।)
Narbada Chhetri in Albany, NY. Photos: eEyeCam
Adhikaar Group in New York City after Albany protest. Photos: eEyeCam
Read our related news:

'अधिकार'को बारेमा अरु खबर पढ्नुहोस्:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?