NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

एनआरएन (NRN) को छैठौं मास्को क्षेत्रीय सम्मेलन यसरी सम्पन्न भयो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Krishnaprakash Shrestha   
Tuesday, 02 August 2011 04:28

Exclusive: 3 photos: मास्को- रूसको राजधानी मास्कोमा गत जुलाई २३-२५ मा सम्पन्न छैठौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन (6th NRN Regional Conference) को मूल्याङ्कन गर्न बसेको आयोजक समितिको विस्तृत बैठकले सर्वसम्मतिबाट सम्मेलन अभूतपूर्व रूपमा सफल रहेको ठहर गरेको छ ।


 


बैठकको शुभारम्भ गर्दै सम्मेलन आयोजक समितिका संयोजक एवं गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (NRNA ICC) उपाध्यक्ष जीवा लामिछानेले रूसमा रहेका सम्पूर्ण नेपालीहरूबीच एकबद्धताको अभूतपूर्व प्रदर्शन देखेर मात्र नभई नेपाली राजदूतावास र यहाँका नेपालीहरूबीचको घनिष्ट सम्बन्धबाटसमेत चकित हुनुभई विभिन्न देशहरूबाट सम्मेलनमा भाग लिन आउनुभएका प्रतिनिधिहरूले 'यहाँ जस्तो एकबद्धता छ, त्यस्तै अन्य देशमा पनि भए कस्तो राम्रो हुने थियो' भन्ने अभिव्यक्ति दिंदै आतिथ्यकालागि रूसवासी सबै नेपालीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ भन्दै आफ्नोतर्फबाट पनि आवश्यक हरेक प्रकारको सहयोग पुर्याउने नेपाली राजदूतावास परिवार तथा दिनरात खटेर सम्मेलन सफल पार्नमा योगदान पुर्याउने सम्पूर्ण नेपालीहरूप्रति अन्तःहृदयदेखि धन्यवाद ज्ञापन गर्नुभयो ।

The organizers of the 6th NRN Regional Conference in Moscow, Russia. Photos courtesy: Krishnaprakash Shrestha

विभिन्न उपसमितिहरूका संयोजकहरूले पनि आ-आफ्नो समूहको कार्यको मूल्याङ्कन गर्दै कामको दौरानमा देखिएका केही त्रुटिहरूको उल्लेख गर्नुका साथै समष्टिगत रूपमा सम्मेलन अत्यन्तै सफल रहेको कुरा जनाएका थिए ।

उदाहरणार्थ, गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्का महासचिव डा. मधुकृष्ण श्रेष्ठले 'सम्मेलन क्षेत्रीय भनिए पनि ग्लोबलभन्दा कम थिएन...काम गर्दा केही गल्ती हुन्छ नै, तर बिगर्न खोजेर गल्ती भएको होइन... इतिहासमा पहिलोचोटि वृहत् रूपमा भएको सम्मेलन सफल भयो... ग्लोबल सम्मेलनकै छनक (सुगन्ध) आउँथ्यो' भनी सम्मेलनको उच्च मूल्याङ्कन गर्नुभयो भने मास्को सम्मेलनलाई सफल पार्नमा बैठकमा कसैले टिप्पणी गरेझै 'आफ्नो जिउ नै अर्पण गर्ने' गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्की सदस्य सपिला राजभण्डारीले आफूबाट हुन गएको त्रुटिकालागि क्षमायाचना गर्दै 'यत्रो ठूलो उत्तरदायित्व लिएका थियौं । मनमा कसो हुन्छ भन्ने डर थियो । यहाँ तपाईंहरू सबैले दिनरात नभनी काम गर्नुभएको थियो । सबैलाई धन्यवाद !' भन्दै भावाभिव्यक्ति दिनुभएको थियो ।

यसैगरी, गोविन्दप्रसाद गौतम, विमला भण्डारी बस्याल, डा. दिनेशमणि श्रेष्ठ, भीष्म आचार्य, जीवनकिशोर श्रेष्ठ, गणेश रामदाम, उत्सव अमात्य, खेमराज लामिछाने, डा. एकनारायण चापागाइँ, रवीन्द्र भट्टर्राई, विन्दिता लामिछाने, रङ्गनाथ पौडेल, इन्द्रकुमार श्रेष्ठ प्रभृतिले पनि सम्मेलनका उपलब्धिहरूको संक्षिप्त उल्लेखसहित विभिन्न उपसमितिहरूको कार्यको समीक्षा गर्दै आ-आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

उदाहरणकालागि विनोदकुमार यादवले रोजगारीको क्रममा अपाङ्ग बनेकाहरूको सहयोगार्थ गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक डा. उपेन्द्र महतोबाट ५ करोडको अक्षयकोषको स्थापनाबारे घोषणा गरिनुलाई 'आफ्नो आन्तरिक आवाज' भन्दै सम्मेलनको एक उपलब्धिकोरूपमा मूल्याङ्कन गर्नुभएको थियो ।

NRNA ICC President Devman Hirachan, Maniraj and NRN ICC Vice President Jiba Lamichhane at the 6th NRN Regional Conference in Moscow, Russia. Photos courtesy: Krishnaprakash Shrestha

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्मा रूसका प्रतिनिधि-सदस्य डा. बद्री के.सी.ले भन्नुभयो: 'बाहिरबाट आउने साथीहरूसंगको सम्पर्क १९ जुलाईका दिन भवानी ओली (एनआरएनए आईसिसी यूथ एफियर्स कोओर्डिनेटर) को मास्को आगमनबाट शुरु भएको थियो र हिजो ३० जुलाईका दिन प्रीतम श्रेष्ठजी (हङ्गकङ्ग) लाई हवाईअड्डामा बिदाई गरियो । सम्मेलनलाई हामीले आफ्नै घरको चाडजस्तो मनायौं । हाम्रो बीचको एकबद्धता देखाउने सबै साथीहरूलाई बधाई !'

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रूसका अध्यक्ष डा. मणिाराज पोखरेलले आफ्नो मन्तव्यमा अंशतः भन्नुभयो 'आईसिसीका साथीहरूले मलाई तालीले स्वागत गरे । यो रूसवासी हामी सबै नेपालीहरूप्रति जनाइएको सम्मान हो । संसारका नेपाली प्रतिनिधिहरूलाई मास्को देखाउन पाउनु मेरो सौभाग्य हो । नेपाल हाउसको उद्घाटन पनि मेरै पालामा हुनु अहोभाग्य हो । पदमा नभएर पनि धेरै काम गर्न सक्छु ।..'

रूसकालागि नेपाली राजदूत महामहिम सूर्यकिरण गुरुङले शुभेच्छा पठाउनुभएको जनाउनुहुँदै उपनियोगप्रमुख गहेन्द्र राजभण्डारीले 'म आएको पाँचै महिनामा नेपाल हाउसको उद्घाटन हुनु र मास्को सम्मेलन सम्पन्न हुनु सौभाग्यको कुरा हो । विभिन्न स्थानमा बसोवास गरिरहेका एनआरएन साथीहरूसंग परिचित हुन पाएँ । एकदमै उत्कृष्ट प्रोग्राम भएको थियो... विभिन्न देशका राजदूतज्यूहरू र नेपालका पदाधिकारीहरूसंग परिचित हुने मौका पाएँ । उहाँहरूले जिब्रो टोक्नुपर्ने खालको जुन प्रशंसा गर्नुभयो त्यसको लागि बधाई !' भनी उद्गार प्रकट गर्नुभयो ।



मास्कोमा आधा शताब्दीभन्दा बढी समय बिताउने मलाई पनि बैठकको अन्त्यमा बोल्ने मौका मिलेको थियो । मेरो मनको अभिव्यक्ति पूर्ववक्ताहरूबाट भइसकेको थियो । सम्मेलनका सबै परिघटनाहरूमा उपस्थित रही त्यसबारे मास्कोबाहिर रहेका नेपालीहरूलाई सुसूचित गर्न सक्दो प्रयास गरिएको जानकारी दिंदै यस किसिमको नेपालीहरूको सम्मेलन मास्कोमा पहिले कहिल्यै नभएको हुँदा मात्र अभूतपूर्व भएको नभई पूर्णतः सफल पनि भएको र रूसमा रहेका नेपालीहरूको एकबद्धताको प्रदर्शनमासमेत अद्वितीय रहेको अभिव्यक्ति दिनुकासाथै सम्मेलनको तैयारीको गत तीन महिनाको अवधिमा तीनवटा पुस्तकहरू (हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे रूसी विदुषीलिखित 'महाकविको कथा', मूल र अनुवादसहित देवकोटाको 'मुनामदन' तथा पुश्किनको 'जिप्सी' काव्यसमाविष्ट 'देवकोटा र पुश्किन' तथा रूसी सचित्र बालकथा 'कम्प्युटरको किरो' प्रकाशनमा आउनु पनि मेरो जीवनको अर्को एक अभूतपूर्व परिघटना हुन पुगेकोमा हर्षोद्गार प्रकट गरेको थिएँ । तेस्रो पुस्तक 'कम्प्युटरको किरो' को लोकार्पण त्यसै दिन नेपाली राजदूतावासका उपनियोगप्रमुख गहेन्द्र राजभण्डारी तथा मास्को सम्मेलनका आयोजक समितिका संयोजक जीवा लामिछानेबाट भएको थियो ।

मास्केमा बसोवास गरिरहेका ६८ जना नेपालीहरूको समुपस्थितिमा सम्पन्न बैठकका सबै सहभागीहरूले आयोजक समितिका संयोजक एवं गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष जीवा लामिछानेको कार्यको उच्च मूल्याङ्कन गर्दै तुमुल करतलध्वनिका साथै एकै स्वरमा उहाँले भविष्यमा पनि गैरआवासीय नेपाली अभियानलाई नेतृत्व प्रदान गर्दै अगाडि बढ्नुपर्छ भनी जोड दिएका थिए ।

१ अगस्त २०११,
मास्को, रूस महासघ

-Krishnaprakash Shrestha in Moscow, Russia

 

Read related news:

-http://usnepalonline.com/nrn-issues/

-गैरआवासीय नेपाली संघ (NRNA) को छैठौ क्षेत्रीय सम्मेलन मस्कोद्धारा जारी घोषणा पत्रमा के के माग गरिएको छ?

-एनआरएन अमेरिका (NRN USA) द्वारा ६ महिनामा थप १ हजार १ जनालाई सदस्यता बितरण

-गैरआवासीय नेपाली संघ (NRNA) दुवई घोषणा पत्र

-गैर आबासीय नेपाली संघ (NRNA) को ५ औं क्षेत्रीय सम्मेलन १२ बुँदे दुबइ घोषणा पत्र जारी गर्दै समापन

-अमेरिकामा सम्पन्न गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन- २०१० द्वारा १४ बूँदे ह्युस्टन घोषणा पत्र जारी

-गैरआवासीय नेपाली संघद्वारा खुल्ला विश्वविद्यालयको अवधारणा सार्वजनिक

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?