NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

गैरआवासीय नेपाली संघ (NRNA) को छैठौ क्षेत्रीय सम्मेलन मस्कोद्धारा जारी घोषणा पत्रमा के के माग गरिएको छ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Non-Resident Nepali Association (NRNA)   
Tuesday, 26 July 2011 02:32

एनआरएनका प्रमुख संरक्षक डा. उपेन्द्र महतोद्धारा ५ करोड रुपैयाँको अक्षय कोष खडा गर्ने घोषणा
Exclusive:
मस्को- गैर आवासीय नेपाली संघ (Non-Resident Nepali Association) को रुसको राजधानी मस्कोमा २३ देखि २४ जुलाई २०११ सम्म सम्पन्न छैटौं गैर आवासीय नेपाली क्षेत्रीय सम्मेलनद्वारा जारी ९ बुँदे मस्को घोषणा पत्रमा नयाँ संविधानमा एक पटकको नेपाली सधैको नेपाली रहने व्यवस्था गर्न आग्रह गरेको छ।



नेपालका माननीय उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, राष्ट्र बैकका गर्भनर, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु, युरोप क्षेत्रका कुटनीतिक नियोगका प्रमुखहरु, संविधान सभाका माननीय सदस्य, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षलगायतका पदाधिकारीहरु तथा गैरआवासीय नेपाली संघका २५ देशका प्रतिनिधिहरुको उपस्थितिमा "गैरआवासीय नेपाली सन्जालको सम्वद्र्धन नेपालको प्रर्वद्धन" को मुल आह्वानकासाथ नेपाल रुस दौत्य संबन्धको ५५ औं वर्ष मनाईरहेको रुस महासंघको राजधानी मस्कोमा २३ देखि २४ जुलाई २०११ सम्म भव्यतापुर्वक सम्पन्न छैटौं गैर आवासीय नेपाली क्षेत्रीय सम्मेलनमा व्यक्त विचारलाई सवोधन गर्दै यो सम्मेलन निम्न प्रतिवद्धतासहितको मस्को घोषणा जारी गर्दछ:

१. नेपाल राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डता, लोकतन्त्र एवं गणतन्त्रको संस्थागत विकास, मानव अधिकार र मौलिक अधिकारको प्रत्याभूति गर्ने संविधान वनाउन र शान्ति प्रकि्रया सकारात्मक निष्कर्षमा पुर्याउन यो संम्मेलन सम्पूर्ण राजनीतिक दलहरुबीच निरन्तर संवाद, सहमती र सहकार्य जारी राख्दै छिटो निष्कर्ष निकाल्न हार्दिक आग्रह गर्दछ ।

२. वैदेशिक रोजगारको सिलसिलामा दुर्घटनामा परी अपागं भएका व्यक्तिका परिवारको कुनै एक सदस्यको सिप वृद्धि गर्न सहयोग गर्ने उदेश्यले फूलकुमारी महतो मेमोरियल ट्रष्टका अध्यक्ष एवं गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक डा. उपेन्द्र महतोद्धारा ५ करोड रुपैयाँको अक्षय कोष खडा गर्ने घोषणाको उच्च प्रशंसा गर्दै उक्त कोष वृद्धिमा योगदान गर्न यो सम्मेलन सम्पूर्ण गैर आवासीय नेपाली समुदायलाई हार्दिक आह्वान गर्दछ ।

३. विश्वभरिका नेपाली समुदायको आग्रह बमोजिम संविधानमा अन्य मुलुकको नागरिकता लिँदा नेपालको नागरिकता खारेज हुने अहिलेसम्मको कानुनी प्रावधान अन्त्य गरी नयाँ संविधानमा एक पटकको नेपाली सधैको
नेपाली रहने व्यवस्था गर्न यो सम्मेलन संविधान सभा र सम्पूर्ण राजनीतिक दलहरुलाई पुनः आग्रह गर्दछ ।

४. नेपाल सरकारद्धारा गैर आवासीय नेपाली समुदायलाई जलविद्युत आयोजनामा लगानी गर्न गरिएको आह्वानलाई हार्दिक स्वागत गर्दै संयुक्त लगानी मोडेलमा जलविद्युत आयोजनाको निर्माणकालागि सहजकर्ताको भुमिका निर्वाह गरेर गैर आवासीय नेपाली समुदायलाई परिचालन गर्न यो सम्मेलन प्रतिवद्धता व्यक्त गर्दछ ।

५. मध्यपूर्व, मलेशियालगायत अन्य मुलुकहरुमा बैदेशिक रोजगारमा गएका नेपाली कामदारहरुका व्यक्तिगत र रोजगार सुरक्षाका सन्दर्भमा देखपरेका विविध समस्या समाधानकालागि नेपाल सरकार, उद्योग बाणिज्य महासंघ तथा अन्य सरोकारवाला संघसंस्थाहरुसंग निरन्तर सहकार्य गर्ने यो सम्मेलन प्रतिवद्धता व्यक्त गर्दछ ।

६. पर्यटन वर्ष २०११ लाई सफल बनाउने सन्दर्भमा नेपाल भवनको निर्माण गरी नेपालको सास्कृतिक प्रचारप्रशार गर्ने कार्यमा रुसको गैर आवासीय नेपाली समुदायले पुर्याएको योगदानको यो सम्मेलन उच्च प्रशंसा गर्दै संसारभरि छरिएर रहेका नेपाली समुदायलाई यस्तै किसिमका नेपाल चिनाउने संरचनाको निमार्ण गर्न आह्वान गर्दछ ।

यसैगरी, वेल्जियम, वेलायत, अष्ट्रेलिया, जर्मनी र जापानलगायतका देशमा हरेक वर्ष आयोजना गरिने नेपाल फेस्टिवल जस्ता नेपालको उत्पादनहरु तथा पर्यटन प्रवद्धनमा सहयोग पुर्याउने महोत्वहरुको आयोजना गर्न यो
सम्मेलन आह्वान गर्दछ ।

७. गैर आवासीय नेपाली संघको संयन्त्रभित्र महिला, युवा र विदेशमै जन्मिएको पुस्ताको सहभागितालाई अझ बढि प्रोत्साहन गर्न यो सम्मेलन आग्रह गर्दछ ।

८. गैर आवासीय नेपाली संघको दल निरपेक्ष, मृनाफारहित, नेपालको शान्ति र संम्वृद्धिप्रति समपित स्वयमसेवी संस्थाको छवीलाई निरन्तरता दिने किसिमका कि्रयाकलपामा केन्द्रित हुन संघका सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरुलाई यो सम्मेलन आग्रह गर्दछ ।

९. यस सम्मेलनलाई भव्यतापुर्वक सम्पन्न गर्न मुख्य भुमिका निर्वाह गर्ने गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद रुस तथा स्थानीय नेपाली समुदायप्रति यो सम्मेलन हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

जुलाई २३-२४ २०११

गैर आवासीय नेपाली संघ
Non-Resident Nepali Association (NRNA)

 

Read our NRN related news:

-http://usnepalonline.com/nrn-issues/

-एनआरएन अमेरिका (NRN USA) द्वारा ६ महिनामा थप १ हजार १ जनालाई सदस्यता बितरण

-गैरआवासीय नेपाली संघ (NRNA) दुवई घोषणा पत्र

-गैर आबासीय नेपाली संघ (NRNA) को ५ औं क्षेत्रीय सम्मेलन १२ बुँदे दुबइ घोषणा पत्र जारी गर्दै समापन

-अमेरिकामा सम्पन्न गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन- २०१० द्वारा १४ बूँदे ह्युस्टन घोषणा पत्र जारी

-गैरआवासीय नेपाली संघद्वारा खुल्ला विश्वविद्यालयको अवधारणा सार्वजनिक

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?