NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

दोहोरो नागरिकताकालागि सभामुखलाई एनआरएन संरक्षाकद्वारा धन्यवाद ब्यक्त PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Sunday, 23 January 2011 23:54

काठमाडौं- गैरआवासीय नेपाली सङ्घका संरक्षक रामप्रताप थापाले गैरआवासीय नेपालीकालागि गर्न लागिएको नागरिकतासम्बन्धी व्यवस्थाकालागि संविधान सभा अध्यक्ष सुवास नेम्वाङ्गलाई धन्यवाद दिएका छन् ।



संविधान सभा अध्यक्ष निवास बालुवाटारमा माघ ९ गते भएको भेटमा थापाले  सभामुखबाट भएको पहलकालागि धन्यवाद दिएका हुन् ।

गैरआवासीय नेपाली दोहोरो नागरिकता कार्यदलका संयोजकसमेत रहेका थापासँगको भेटमा अध्यक्ष नेम्वाङले गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिने कुरा २९ दलबाट पारित भएकाले नयाँ बन्ने संविधानमा उक्त प्रावधान रहनेमा ढुक्क रहन आश्वासनसमेत दिए । २९ दलमावीच संविधानमा राख्न सहमत मौलिक अधिकार तथा निर्देशक समितिको मस्यौदाको ११ नम्बरमा भनिएको छ -'नेपालको नागरिकता त्याग गरी विदेशको नागरिकता प्राप्त गरेका दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रभन्दा बाहिरको देशमा बसोबास गरेका नेपाली मुलका व्यक्तिलाई प्रचलित कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउनेगरी गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिनेछ साथै 'गैरआवासीय परिचय पत्र' भन्ने शब्दको सट्टा 'गैरआवासीय नेपाली नागरिकता' भन्ने शब्द राख्ने ।

यसैवीच, संघका महासचिव रतनकुमार झाको नेतृत्वमा आज दिउँसो गएको गैरआवासीय नेपालीको टोलीले संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यलाई भेटी नयाँ बन्ने संविधानमा 'एक पटकका नेपाली सधैँका नेपाली' रहने भावना सुनिश्चित गर्नकालागि पहल गर्न आग्रह गरे ।

-Santa Bagam in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?