NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

एनआरएन अमेरिकाका महासचिब शिवकुमार राईलाई किन जङ्गेको जङ्ग चलेको छ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Friday, 15 July 2011 10:03

Exclusive: 1 video, 2 photos: न्यू योर्क- सम्भबत: अमेरिकामा रहेका नेपालीहरुमा ४ वटा बिषयमा मास्टर्स डिग्री (एमए) गर्ने एक मात्र बौद्धिक ब्यक्तित्व शिवकुमार राईलाई यतिखेर जङ्गेको रिस उठेको छ। गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) का शक्तिशाली महासचिब तथा अमेरिकास्थित नेपाली आदिबासी जनजातिहरुको महासंघ 'फिप्ना' का अध्यक्ष राई आफूलाई अध्यक्ष सुमनराज तिम्सिनाले भुत्ते र रबर स्ट्याम्प महासचिब बनाउन खोजेपछि आफ्नो अधिकार फिर्ता लिने अभियानमा लागेकाछन्। हेर्नुहोस् उनीसंग युएस नेपाल अनलाइनले लिएको बिशेष भिडियो वार्ता:

NRN USA Genera Secretar & FIPNA President Shivakumar Rai. Photos: eEyeCam.com

Interview with Shiva K Rai, NRN USA General Secretary & President FIPNA, July 5 2011



गत जनवरीमा एनआरएन अमेरिकाको महासचिब पदमा निर्बिरोध निर्बाचित हुन सफल भएपछि शिवकुमार राईलाई अध्यक्ष सुमनराज तिम्सिनाभन्दा पनि पावरफुल (शक्तिशाली) पदाधिकारीको रुपमा हेर्न थालिएको थियो। उनलाई शक्तिशाली मानिनुको पछाडि उनी नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अध्यक्ष र महासंघमा १६ भन्दाबेशी आदिबासी संस्थाहरुको संलग्नता रहनु थियो।

अध्यक्ष तिम्सिनाको रबर स्ट्याम्प मात्र?

तर जनवरी यता अध्यक्ष सुमनराज तिम्सिनाले महासचिब राईका अधिकार क्षेत्रभित्र पर्ने कामहरु: प्रेस बिग्यप्ती निकाल्ने, कार्यक्रम संचालन गर्ने र अन्य कार्यक्रमहरुमा संस्थाको प्रतिनिधित्व गर्ने जस्ता कामहरुमासमेत अध्यक्ष आफैले या अरु नै सदस्यलाई जिम्मा लगाउन थालेपछि भने महासचिब राई अध्यक्ष तिम्सिनाको रबर स्ट्याम्प मात्र बनेको जन गुनासो आउन थाल्यो। अझ महासचिब राईले युएस नेपाल अनलाइनसंगको बिशेष भेटवार्तामा हङ्कङबाटसमेत आफ्नो भूमिकाबारे साथीहरुले सोधेको खुलासा गरे।

NRN USA Genera Secretar & FIPNA President Shivakumar Rai. Photos: eEyeCam.com

फेसबुक पेज र संस्थाको अधिकारिक ईमेल एकाउन्टको पासवोर्ड अहिलेसम्म महासचिब राईसंग किन छैन?

त्यती मात्रा कहाँ हो र, एनआरएन अमेरिकाको फेसबुक पेजको पासवोर्ड र संस्थाको अधिकारिक ईमेल एकाउन्टको पासवोर्ड अहिलेसम्म महासचिब राईसंग रहेनछ। उनी मात्र होइन, बरिस्ठ उपाध्यक्ष प्रह्लाद केसी, प्रबक्ता भुवन गुरुङसंग पनि ति कुराहरुको जानकारी अध्यक्ष तिम्सिनाले दिएकारहेनछन्। महासचिब राईले पटक पटक जानकारी माग्दा पनि भोली दिउँला भनी भनी अध्यक्ष तिम्सिनाले टार्दै गर्दै गएको उनले असमन्जसमा पर्दै बताउन वाध्य भए। यस हिसाबले अध्यक्ष तिम्सिनाले २८ जनाको निर्बाचित समिती हुँदाहुँदै आफू खुशी मनमौजीरुपमा संस्था चलाई रहेको देखिन आएको छ।

प्रचन्ड र महासचिब राईको एउटै क्याम्पस

माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचन्डभन्दा शिवकुमार राई रामपुर क्याम्पसका दुई बर्ष जुनियर विद्यार्थी हुन्। आफू उक्त क्याम्पसमा पढ्न जाँदा प्रचन्डले पढाई पुरा गरिसकेको कारण देखभेट हुन नपाएको महासचिब राईले बताए।

दोश्रो विश्व युद्धका ब्रिटिश गोर्खाली योद्धा बुवा स्व. अम्बरसिंह राई र आमा स्व. भिम लक्ष्मी राईका जेठा छोराकोरुपमा सन् १९५९ अगस्ट २९ मा भोजपुर जिल्लाको देउराली-६ आरुबोटेमा जन्मिएका राई सन् १९८८ मा रामपुर क्याम्पसबाट बिएस्सी गरेपछि लामो समय धनकुटास्थित सिटिभिटी र प्लान इन्टर्नेसनलमा जागिरे थिए। विद्यार्थी जीवनमा अखिल समर्थक राजनीति गरेका राई आदिबासी जनजातिहरुको उत्थान नभई देशको बिकास सम्भब नहुने देख्नु हुन्छ।

काठमाडौंको जग्गा बेचेर पनि पिएच्डी गरेरै नेपाल फर्किने तयारी

सन् १९९८ मा मास्टर्स डिग्री गर्न अमेरिका छिरेका उनले त्यसयता उनले ४ वटा बिषयमा मास्टर्स डिग्री हाँसिल गर्न सफल भएकाछन्। उनले इन्टर्नेशनल कम्युनिटी र इफर्मेसन टेक्नोलोजीजस्ता बिषयमा आफ्नो डिग्री लिएकाछन्। उनी अहिले बिद्यावारीधी (पिएच्डी) को तयारीमा लागेकाछन्। उसो त उनका जेठा छोरा राज पनि जिवोग्राफीमा बिद्यावारीधी गर्दैछन्। उनका अरु दुई छोरी र एक छोरा पनि छन्। उनकी श्रीमती दुर्गा राइ काठमाडौंको सेन्ट मेरिजकि शिक्षिका हुन्। काठमाडौंको जग्गा बेचेर पनि पिएच्डी गरेरै नेपाल फर्किनु भनेर श्रीमती र छोराछोरीहरुले भनेको कुरा पनि महासचिब राईले बडो रोचक पाराले सुनाए।

इफर्मेसन टेक्नोलोजी (आइटी) मा मास्टर्स गरेका महासचिब राईलाई अध्यक्ष तिम्सिनाले फेसबुक पेज र संस्थाको अधिकारिक ईमेल एकाउन्टको पासवोर्ड नै नदिनु कहाँसम्मको रिस उठ्ने कुरो होइन त?



-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?