NEWS: बिबिसी नेपाली सेवा ::

Inside

बेलायतमा एनआरएन युकेद्वारा स्व. गिरिजाप्रसाद कोईरालाको श्रद्धान्जली कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bhakta Gurung   
Monday, 29 March 2010 18:35

बेलायत- एनआरएन युकेले यहि मार्च २८ मा नेपालका भुपु प्रधानमंत्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाको श्रद्धान्जली कार्यक्रम सम्पन्न गरेको छ ।

 



Nepalese in UK paying homage to late Girija P. Koirala. Photos courtesy: Bhakta Gurung

अल्डरसटको भेटघाट रेष्टुरेण्टमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि युकेका लागि नेपाली राजदूत डा. सरेशचन्द्र चालिसे हुनुहुन्थ्यो । एनआरएन युकेका अध्यक्ष सुर्य गुरुङले अध्यक्षता गरेको उक्त कार्यक्रमको सचालन कोअर्डिनेटर भक्त गुरुङले गर्नुभएको थियो र कार्यसमितिका सदस्य जिव वेलवासेले सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्नुभएको थियो भने सम्पूर्ण अतिथिहरुलाई कार्यसमितिका सदस्य राजकुमार त्रिपाठीले धन्यवाद दिनुभएको थियो ।


Photos courtesy: Bhakta Gurung

कार्यक्रममा प्रमुख अतिथि डा. चालिसेले पुर्व प्रधानमंत्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोईरालाको दुखःद निधनप्रति गहिरो शोक व्यक्त गर्नुभयो । वहाँले आफुले गिरिजाप्रसाद कोईरालाको अत्यन्त नजिक रहेर काम गरेको व्यक्ति भएकोले पनि वहाँको निधनले आफुलाई अत्यन्त मर्माहत बनाएको कुरा बताउनुभयो । वहाँले गिरिजाप्रसाद कोईराला राष्ट्रप्रति समर्पित, दृढ निश्चयी र अठोट बोकेको नेता भएको कुरा बताउनुभयो । वहाँले गिरिजाप्रसाद कोईरालाले देशमा शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर्याउने र नयाँ संविधानको निर्माण गर्ने दुई कामलाई प्रमुखताकासाथ लिई त्यसैको लागि मृत्युपर्यन्त कि्रयाशिल रहनुभएको कुरा बताउनुभयो ।


Photos courtesy: Bhakta Gurung

कार्यक्रममा एनआरएन युरोपियन को-अर्डिनेटर हितमान गुरुङ, एनआरएन युकेका अध्यक्ष डमर घले, सल्लाहकारहरु विश्व आदर्श पण्डित, खगेन्द्र नेपाली, डा. चन्द्र लक्सम्बा, एनपिसिसि युकेका अध्यक्ष लोक गुरुङ, एनडिएफ युकेका सशी पौडेलले स्वर्गीय काईरालाप्रति श्रद्धान्जलीका श्रद्धासुमनहरु प्रकट गर्नुभएको थियो ।


Photos courtesy: Bhakta Gurung

कार्यक्रममा कोअर्डिनेटर भक्त गुरुङले स्वर्गीय कोईरालाको संक्षिप्त जीवनीमाथी प्रकाश पार्नु भएको थियो । कार्यक्रमको शुरुमा युकेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले स्वर्गीय कोइरालाको तस्विरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । यसरी पुष्पागुच्छा अर्पण गर्नेहरुमा प्रमुख अतिथि डा. चालिसो, बुद्धिष्ट कम्युनिटिका अध्यक्ष काजी शेर्पा, तमुिधं युकेका महासचिव रामचन्द्र गुरुङ, विजिडब्लुएसका कोषाध्यक्ष टेकबहादुर थापा र जनसम्पर्क प्रमुख प्रकाश गुरुङ, गेसोका युकेस्थित प्रतिनिधि जीतबहादुर राई, एनपिसिसि युकेका अध्यक्ष लोक गुरुङ, क्याट युकेका अध्यक्ष हिमाल गुरुङ, सिर्जनशील समाजका अध्यक्ष शेर सुनार, ग्रेटर रश्मोर नेप्लिज कम्युनिटिका अध्यक्ष मधुकर गुरुङ, रेडिङ नेप्लिज समाजका अध्यक्ष महेश गुरुङ, ताप्लेजुङ समाजका अध्यक्ष डा. चन्द्र लक्सम्बा, गुल्मेली समाजका अध्यक्ष ओम थापा, पर्वत वेलफेयर सोसाइटीका उपाध्यक्ष गोविन्द गुरुङ, चारभजयाङ समाजका उपाध्यक्ष ज्ञाम गुरुङ हुनुहुन्थ्यो ।


Photos courtesy: Bhakta Gurung

कार्यक्रमको अन्त्यमा एनआरएन युकेका अध्यक्ष सुर्य गुरुङले स्वर्गीय कोइरालाप्रति श्रद्धान्जली अर्पण गर्नुभएको थियो ।

-Bhakta Gurung in UK

Read our related news:

-न्यू योर्कमा स्व. कोइरालाप्रति बृहत श्रद्धाञ्जली शोकसभा मार्च २८ मा हुने

-काँग्रेसमा उत्तराधिकारीको लडाईं: सुशिल-रामचन्द्र एकातिर, देउबा -सुजाता अर्कोतिर

-स्व. कोइरालाको श्रद्धान्जलि सभा चैत २१ गते साढे ११ बजे काठमाडौंको टुँडिखेल खुल्लामन्चमा हुने

-काँग्रेसमा नेत्रित्व लडाईंको रडाको पहिलो बैठक कहाँ गर्ने भन्ने मै

-उच्चस्तरीय राजनीतिक संयन्त्रको धुँवादार बिरोधि नेताहरु नै अहिले नेत्रित्वको होडमा सामेल

-छोरी सुजाताको पितृभोजका कारण स्व. कोइरालाको सार्वजनिक बृहद श्रद्धान्जली सभा दुई दिन पछि सर्यो

-बिभिन्न क्षेत्रका नेपालीहरु स्वर्गिय कोइरालाबारे के सोच्छन्?

-न्यू योर्क र वासिङ्गटनस डिसीमा स्वर्गिय कोइरालालाई यसरी सम्झियो

-'उहाँ नेपालकै अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनबाट हामीले दक्षिण एसियाकै उच्च नेता गुमाएका छौं'- भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँह

-ॠषि धमलाको रिपोर्टर्स क्लबद्वारा 'लोकनायक गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार' को स्थापना

-३ दिने राष्ट्रिय शोकमा देश र जनता अझै शोक मग्न

-संविधान सभा बैठकद्वारा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित

-शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको अन्तेस्टी यसरी भयो

-शान्ति प्रकृयाका महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति हजारौं नेपालीहरुद्वारा श्रद्धान्जली अर्पण

-Pay tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal

-"राष्ट्रपिता" नेताको खोजी, कस्ले ओगट्ला गिरिजा बाबुको स्थान?

-नेपाली राजनीतिका शीर्ष पुरुष गिरिजाप्रसाद कोइरालाप्रति समबेदनाको ओइरो

-गिरिजा बाबुलाई नजिकबाट हेर्दा
नेपाली राजनीतिका बिर्सनै नसकिने एक मौलिक नेता

-नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन

 

Pay your tribute to late Girija P. Koirala:

 

Earlier news on Girija P. Koirala:

-'देश हाँक्ने जिम्मा तँपाईको काँधमा आएको छ, राम्रोसँग चलाउनु होला'- काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-'नयाँ सम्बिधान बनेको देखेरमात्र जीवनबाट विश्राम लिने मेरो चाहना छ'- पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला

-"मेरो स्वास्थ्य अरु कमजोर हुँदै गएको छ, अब मेरो भर छैन"- पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र गठन

-"हामी सबै पार्टीहरु मिलेर अघि बढ्यौं भने नेपाललाई कुनैपनि शक्तिले हल्लाउन सक्दैन"- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-"नयाँ संविधान बनाउने विगुल फुक्न म जनतासमक्ष आएको हुँ"
'संविधान नबनाइकन म मर्दिन ।' - नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?