NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिकामा सम्पन्न गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन- २०१० द्वारा १४ बूँदे ह्युस्टन घोषणा पत्र जारी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Sunday, 30 May 2010 02:38

नयाँ बन्ने संविधानमा 'एक पटकको नेपाली सधैको नेपाली' को अवधारणा अनुरुप दोहोरो नागरिकताको प्रष्ट व्यवस्था गर्न संविधान सभालाई आग्रह
Exclusive:
ह्युस्टन, टेक्सास, अमेरिका: "गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आयोजना र राष्ट्रिय समन्वय परिषदहरु संयुक्त राज्य अमेरिका एवंम क्यानाडाको आथित्यमा 'नेपालको द्रुदतर विकासका लागि ज्ञान र लगानी प्रवाहू' को मुल नारासहित टेक्सास राज्यको ह्युस्टन शहरमा सम्पन्न यो चौथो गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन २०१० ले निम्न बुदा सहित यो घोषणा पत्र जारी गरेको छ ।



The guests and organizers at opening ceremony of 4th NRN Regional Conference in Houston, Texas, USA on May 29, 2010. Photos: eEyeCam.com

१. नेपालको ऐतिहासिक परिवर्तनपछि निर्वाचित संविधान सभाले निर्धारित समयमा संविधान बनाउँने प्रकृया पुरा गर्न नसकी संविधान निर्माणको कार्य पुरा गर्नको लागि १ वर्षको समय अवधि थपिएको परिप्रेक्ष्यमा नयाँ निर्धारित समयमा लोकतान्त्रिक मुल्य मान्यतासहितको संविधान निर्माण होस भन्ने यो सम्मेलन कामना गर्दछ ।

२. विश्वभरि छरिएर रहेका नेपालीहरु नेपालमा दीर्घकालिन शान्ति, मुलुकको राष्ट्रिय एकता, क्षेत्रीय अखण्डता, विश्वव्यापी रुपमा सर्वस्वीकार्य मानव अधिकार सुनिश्चित गर्ने लोकतान्त्रिक संविधानको निर्माणको पक्षमा रहेको कुरा यो सम्मेलन जाहेर गर्दछ । साथै आम नेपालीको चाहना अनुरुप नयाँ निर्धारित समयमा नै संविधान सभालाई आफ्नो सबै कार्य पुरा गर्नलाई यो सम्मेलन आव्हान गर्दछ ।

३. भारतको मेघालयमा भएको जातिय िहंसा प्रति यो सम्मेलनको ध्यान आकृष्ट भएको छ र अल्पसंख्यक नेपाली भाषीहरुको मानव अधिकार रक्षाका लागि संवन्धित सरकारहरुसंग आग्रह गर्दछ ।

Exclusive Live broadcast at USNepalOnline.com:



Exclusive reporting & photos coming up !
Note: उद्घाटन सत्र र घोषणा समापन सत्रको बिशेष रिपोर्टिङ लेखिदैछ...


४. गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवम प्रमुख संरक्षक डा. उपेन्द्र महतो 'सुप्रवल जनसेवाश्री' द्वारा सम्मान हुनु भएकोमा डा. महतोलाई बधाई ज्ञापन गर्दै नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दछ ।

५. गैरआवासीय नेपाली विश्व सम्मेलनहरुमा प्रमुख राजनीतिक दलका नेताहरुले गैरआवासीय नेपाली सम्वन्धि ऐनमा गैरआवासीय नेपाली संघको सुझाव अनुरुप सुधारका लागि गरेको प्रतिवद्धताप्रति ध्यान आकृष्ट गर्दै गैरआवासीय नेपालीको परिभाषा लगायत अन्य विषयमा ऐनमा यथासिघ्र सुधार गर्न नेपाल सरकार र व्यवस्थापिका संसदलाई आग्रह गर्दछ ।


During the play of national anthems of Nepal and USA. Photos: eEyeCam.com

६. नयाँ बन्ने संविधानमा 'एक पटकको नेपाली सधैको नेपाली' को अवधारणा अनुरुप दोहोरो नागरिकताको प्रष्ट व्यवस्था गर्न संविधान सभालाई आग्रह गर्दछ । साथै यस अभियानमा बल पुर्याउन सबै राष्ट्रिय समन्वय परिषदहरुलाई आव्हान गर्दछ ।

७. नेपालको आर्थिक, समाजिक रुपन्तरणकालागि सामुहिक लगानिको अपरिहार्यतालाई मनन गरी सामुहिक लगानिको अवधारणालाई अगाडि बढाइने छ । सामुहिक लगानिको प्रयास केही राष्ट्रिय समन्वय परिषदबाट शुरु भइसकेको परिप्रेक्ष्यमा अन्य राष्ट्रिय समन्वय परिषदलाई पनि यस्तो कार्यमा प्रोत्साहित गरिने छ ।

सुन्नुहोस् ह्युस्टन घोषणा पत्र जारी गर्दाको अडियो रेकर्ड:



८. मुलुकको सर्वाङ्गिण विकासको लागि मानव संसाधानको विकासको महत्वलाई ध्यानमा राखि यो सम्मेलनले ज्ञान, सीप, प्रविधिको हस्तान्तरणलाई उच्च महत्वका साथ अघि बढाउँने निर्णय गरेको छ । नेपालमा उच्च तहको जनशक्ति निर्माणलाई सघाउन एक खुल्ला विश्वविद्यालय अति जरुरी भइसकको छ । अन्तर्राष्ट्रिय खुल्ला तथा दुर शिक्षा परिषद र अन्य ख्याति प्राप्त विश्वविद्यालयहरुबाट नेपालमा खुल्ला विश्वविद्यालय स्थापनाको लागि चाहिने प्राविधिक सहयोग गर्ने प्रतिवद्धताको यो सम्मेलन स्वागत गर्दछ । नेपाल सरकार, नेपाल र विदेशमा रहेका नेपालसंग संवन्धित संघ संस्था र दातृ निकायसंग मिलेर खुल्ला विश्वविद्यालयको स्थापना गर्ने कार्य अघि बढाउने प्रतिवद्धता यो सम्मेलन जाहेर गर्दछ ।

९. यो सम्मेलन नेपालमा लोककल्यणकारी परियोजनाहरुमा अझै दत्त चित्त भएर लाग्न सबै गैरआवासीय नेपालीहरुलाई आव्हान गर्दछ । साथै प्रत्येक राष्ट्रिय समन्वय परिषदद्वारा कम्तिमा एउटा लोककल्याणकारी परियोजना संचालन गर्ने पुर्व प्रतिवद्धता दोहोर्याउदै अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा स्वीकृत परियोजनाहरुमा योगदानका लागि राष्ट्रिय समन्वय परिषदहरुलाई आव्हान गर्दछ ।


Delegates and local Nepalese at the event. Photos: eEyeCam.com

१०. विश्वका आधा जनसंख्याको प्रतिनिधित्व गर्ने महिलाको सशक्तिकरण बिना मुलुकको रुपान्तरण संभव नहुने भएकोले गैरआवासीय नेपाली महिला लगायत महिला सशक्तिकरणको अभियानमा लाग्न यो सम्मेलन प्रण गर्दछ ।

११. नेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्न सबै गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरुलाई नेपालका पर्यटकीय स्थानहरुको परिचय गराउने कार्यक्रमहरु गर्न प्रोत्साहित गर्दछ । बुद्धको जन्मस्थल लुम्बिनी नेपालको अभिन्न अङ्ग भएको तथ्य विश्व भरी फैलाउने अभियान राष्ट्रिय समन्वय परिषद मार्फत संचालन गरिने छ ।

१२. हाम्रो नेपालीपनलाई जिवन्त राख्नका लागि गैरआवासीय नेपालीहरुलाई नेपालको मौलिक भाषा, साहित्य, संस्कृति र कलासंग जोडि राख्नु अपरिहार्य भएकोले नेपाली कला, साहित्य, भाषाको प्रवर्धनका लागि प्रण गर्दै यस क्षेत्रमा योगदान गर्ने सबैको यो सम्मेलन उच्च कदर गर्दछ ।

१३. प्रत्येक वर्षको २८ मे लाई नेपाल दिवसका रुपमा मनाउने ह्युस्टन नगर प्रशासनको निर्णयको स्वागत गर्दै मेयर सुश्री अनिस पार्कर लगायत संबन्धित सबैलाई यो सम्मेलन आभार ब्यक्त गर्दछ । अन्य शहरहरुमा पनि यस्तै प्रकारको नेपाल दिवसको औपचारिक मान्यता प्राप्त गर्नका लागि काम गरिने छ ।

१४. यस सम्मेलनका लागि विश्वभरका नेपालीहरुलाई यस सुन्दर नगरी ह्युस्टनमा स्वागत गर्ने ह्युस्टनबासी नेपालीहरुलाई गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद आभार ब्यक्त गर्दछ । साथै यस सम्मेलनलाई विभिन्न किसिमबाट सफल पार्न उपस्थित भई दिनुभएका अमेरिकी, क्यानाडी र अन्य नेपालका मित्रहरुलाई अन्तर्राष्ट्रिय समन्वय परिषद धन्यवाद ज्ञापन गर्दछ । सम्मेलन सफल पार्न सहयोग गर्ने सबै व्यक्ति तथा संस्थालाई एवंम सहभागिहरुलाई यो सम्मेलन कृतज्ञता ज्ञापन गर्दछ ।"

२९ मे २०१०
गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन २०१०
ह्युस्टन, टेक्सास, अमेरिका

 

Read our related news:

-'एनआरएन' को चौंथो क्षेत्रीय सम्मेलन अमेरिकि राज्य टेक्सासको ह्युस्टन शहरमा शुरु

-अमेरिकाको कनेक्टिकट र बोस्टनमा गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को भेला सम्पन्न

-गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को राष्ट्रिय भेला सम्पन्न

 

More NRN issues related news, log on to:

http://www.usnepalonline.com/nrn-issues/

Or, www.nrntoday.com

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?