NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

एनआरएन डेनमार्कको अधिवेशनको तयारी पुरा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bhim KC Kamal   
Thursday, 23 June 2011 09:10

कोपनहेगन- गैर आवाशिय नेपाली संघ (एनआरएन), राष्ट्रीय समन्वय परिषद डेनमार्कको प्रथम अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जानकारी प्राप्त भएको छ।

एनआरएन डेनमार्कका अध्यक्ष सोमनाथ सापकोटाले एक प्रेस बिज्ञप्ति जारी गर्दै आगामी जुन २५ तारिख शनिबार दिनको १० बजेदेखी नेपाली राजदुताबास डेनमार्कको सभाकक्ष Svanemollevej-92, 2900 Hellerup, Copenhagen मा हुने संघको प्रथम अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनु भएको हो ।

एनआरएन डेनमार्कलाई सम्पुर्ण डेनमार्कवासी आप्रवासी नेपालीहरुको साझा संगठनकोरुपमा बिकसित गराउन र कार्यकाल सफल बनाउन सहयोग पुर्याउने सम्पुर्ण डेनमार्कबासी नेपाली दिदिबहिनि तथा दाजुभाईहरुलाइ हार्दिक धन्यबाद ज्ञापन गर्दै बिज्ञप्तीमा उक्त दिनको कार्यक्रममा सहभागी भै संघको प्रथम अधिवेशन सफल पार्नको निमित्त हार्दिक आग्रह गरिएको छ ।

उदघाटन सत्र, बन्द सत्र र निर्बाचन सत्र गरी ३ सत्रमा संचालन हुने उक्त अधिवेशनको निर्बाचन सम्बन्धी बिस्तृत बिबरण संघको वेबसाइट  www.nrndenmark.com मा राखिएको कुरासमेत बिज्ञप्तीमा उल्लेख गरिएको छ।

संघको अधिवेशनलाई भब्यतापुर्बक सम्पन्न गराउन यस अघि नै अध्यक्ष सोमनाथ सापकोटाको अध्यक्षतामा अधिवेशन तयारी समिती र उदयराज गौतमको संयोजकत्वमा निर्बाचन समिति गठन भै सकेको छ।

संघको आगामी नेतृत्वको सन्दर्भमा यतिखेर कोपनहेगनमा ब्यापक चर्चा चलिरहेको पाइन्छ। प्राप्त समाचारअनुसार नेतृत्वको निमित्त संघका बर्तमान उपाध्यक्ष महेश कंशाकार र जनसम्पर्क समिति डेनमार्कका उपाध्यक्ष मोहन मिश्रको नाम अग्रपंक्तिमा रहेको छ।

नेतृत्वको प्रश्नमा बर्तमान अध्यक्ष सापकोटाले भने सहमतीको आधारमा नेतृत्व चयन गर्ने मार्ग प्रसस्त गर्दै आँफु नेतृत्वको दौडमा नरहेको जानकारी दिनु भएको छ।

-Bhim KC Kamal in Copenhagen

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?