NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

एनआरएन डेनमार्कको प्रथम अधिवेशन सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bhim KC Kamal   
Sunday, 26 June 2011 01:23

कोपनहेगन- गैर आवाशिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद डेनमार्कको प्रथम राष्ट्रीय अधिवेशन डेनमार्कको राजधानी कोपनहेगनमा सम्पन्न भयो।

 


The members of NRN Denmark at its 1st convention on June 25, 2011. Photo: Bhim

नेपाली राजदुतावास डेनमार्कको सभाहलमा सम्पन्न अधिवेशनले आगामी २ बर्षे कार्यकालको निम्ति कोपनहेगनका पुराना ब्यबशायी एबम् समाजशेवी मोहनराज मिश्रको अध्यक्षतामा आइसिसि सदश्य महेश कंशाकारसहितको कार्यकारिणी समिति सहमतिबाट चयन गरेको छ।

नवगठित समितिको उपाध्यक्षमा बबि कुमार क्षेत्री र गणेश ढकाल, महासचिव कृष्णप्रसाद पौडेल, सचिब शिव कार्की, कोषाध्यक्ष हेमप्रसाद अर्याल, सदश्यहरुमा शशीकुमार ढकाल, नरेन्द्रबहादुर बस्नेत, रामशरण भट्ट, डम्मर तिमिल्सिना र सुर्य प्रकाश खनाल, महिला सदश्यहरु अन्जु श्रेष्ठ र बिध्या श्रेष्ठ क्षेत्री तथा आइसिसि महिला प्रतिनिधि देबीकुमारी गौतम एबम् युवा (बिध्यार्थी) प्रतिनिधि नबिन पौडेल चयन हुनु भएको छ। साथै बिधानको ब्यबस्थाअनुसार समितिको संरक्षकमा संस्थापक अध्यक्ष सोमनाथ सापकोटा रहनु भएको छ।

अध्यक्ष सोमनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशनको उदघाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावासका महामहिम राजदुत विजयकान्त लाल कर्णले मैनबत्ति बालेर गर्नुभएको थियो।

गणेश ढकालको संचालन र महेश कंशाकरको स्वागतबाट प्रारम्भ भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथि राजदुत कर्ण, नेपाली जनसम्पर्क समितिका अध्यक्ष त्रीलोचन सापकोटा, एनडिएफका अध्यक्ष घनश्याम गौतम, जन प्रगतिशिल मन्चका दिपक तिवारी र बिध्यार्थी प्रतिनिधि यामलाल सुबेदीले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।

उदघाटन सत्र पश्चात सम्पन्न बन्द सत्रले बिधान संशोधन प्रस्ताब, बार्षिक प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिबेदन पारित गरेको थियो।

कार्यक्रमको अन्तमा निबर्तमान अध्यक्ष सापकोटाले आफ्नो कार्यकाल सफल पार्न सहयोग पुर्याउने सबैलाइ धन्यबाद ज्ञापन गर्नुका साथै नवनिर्बाचित अध्यक्ष मिश्रले आफ्नो भावी कार्यक्रम संक्षिप्तरुपमा प्रस्तुत गर्नु भएको थियो।

बिध्यार्थी तथा डिपेन्डेन्ट, ग्रीनकार्ड स्किम, वर्क परमिट, पुराना पीआर बाहक बासिन्दा र अन्य युरोपियन पासपोर्ट लिएका गरी करिब १२०० जती आप्रवासी नेपालीको बसोबास रहेको अनुमान भएको डेनमार्कको सबभन्दा ठुलो छाता संगठनको अधिवेशनमा भएको उपस्थिति भने त्यती उत्साहजनक नभएको टिप्पणी गर्दै सहभागीहरुले एनआरएनको अभियान र संगठनलाइ थप प्रभाबकारी रुपमा अगाडी बढाउनु पर्ने आवस्यकता औल्याएका थिए ।

-Bhim KC Kamal in Denmark

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?