NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

गैर आबासिय परिचय पत्र नलिनेमा NRN ICC का पूर्व अध्यक्ष उपेन्द्र यादब पनि, जम्मा १०१ ले लिए PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 04 December 2010 17:37

काठमाडौं- नेपाली मूलका हजारौं विदेशी नागरिक (गैर आवासीय नेपाली) हरु विश्वका विभिन्न कुनामा सयौं संख्यामा छरिएर रहेपनि उनीहरुले पाउने परिचय पत्र ज्यादै न्यून संख्याले मात्र लिएको देखिएको छ ।


 


कतिसम्म भने गैर आवासीय नेपाली संघका अगुवा मानिने डा. उपेन्द्र महतो, भीम उदास लगायतका व्यक्तित्वहरुलेसमेत परराष्ट्र मन्त्रालयले वितरण गर्ने सो परिचय पत्र लिएका छैनन् ।

यस्तो परिचय प्राप्त गर्ने नेपाली मूलका विदेशीहरुले नेपालमा सम्पत्ति खरिददेखि अन्य विभिन्न प्रकारका सुविधा पाउने प्रावधान छ । सरकारले यस्तो परिचय पत्र वितरण गत सालदेखि गर्न थालेको थियो ।

मन्त्रालयबाट यस्तो परिचय पत्र वितरण गर्ने बहुपक्षीय आर्थिक मामिला महाशाखा उपप्रमुख सुशील लम्सालकाअनुसार, अहिलेसम्म जम्मा १ सय १ मात्र नेपाली मूलका विदेशी नागरिक (गैरआवासीय नेपाली) ले यस्तो परिचय पत्र लिएका छन् । 'यो हामीले अपेक्षा गरेको संख्याभन्दा निकै न्यून हो' लम्सालले युएस नेपाल अनलाइनडटकमसँग भने- 'यस्तो परिचय पत्र लिएपछि उनीहरुले १० बर्षसम्मकालागि नेपालको भीषा निशुल्क पाउँछन्, यसैगरी, अचल सम्पत्ति र उद्योगधन्दा खोल्न पाउँछन्, तर पनि धेरैले यस्तो परिचय पत्र लिएका छैनन् ।'



यसैगरी, उद्योग धन्दा खोलेर नेपालमा कमाएको सम्पत्ति उनीहरुले आफू जुन देशमा बसोबास गर्ने गरेको हो, त्यहाँ डलरमा लैजान पाउँछन् । यस्तो सुविधालाई निकै आकर्षक सुविधा मानिन्छ । किनभने, उनीहरुले विदेशमा कमाएको सम्पत्ति यहाँ लगानी गरेर आर्जित नाफा उता लैजान पाउँछन् । यस्तो सुविधा सहितको परिचय पत्र अधिकांस नेपालीले नलिएपछि परराष्ट्रका अधिकारीहरुसमेत छक्क परेका छन् । अधिकांसले परिचय पत्र बापतको शुल्क महंगो भएको बताएको परराष्ट्र मन्त्रालयको अनुभव रहेको उपप्रमुख लम्सालले बताए ।

यस्तो परिचय पत्र लिनकालागि प्रतिव्यक्ति दस्तुर ३९ हजार ५ सय नेपाली रुपैयाँ तोकिएको छ । 'विदेशमा नागरिकता पाएर बसोबास थालेकाहरुकालागि यो त्यति ठूलो रकम होइन' लम्सालले भने- 'तरपनि महंगो भयो भन्ने गुनासो आएको छ ।' महंगो भएकैले यस्तो परिचय पत्र नलिएको भन्न सकिने स्थिति चाहिँ छैन, किनभने आर्थिक रुपले निकै सम्बृद्ध मानिने र गैरआवासीय नेपाली संघको अगुवा मानिने डा. उपेन्द्र महतो, भीम उदास जस्ता व्यक्तित्वहरुलेसमेत यो परिचय पत्र लिएका छैनन् । वर्तमान अध्यक्ष देवमान हिराचन र महासचिव राम थापाले भने परिचय पत्र लिएको लम्सालले जानकारी दिए ।

-Sitaram Baral in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


Comments

avatar santa
0
 
 
dr Upendra Mahato hunu parne ma YADAV vay jasto lagyo.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?