NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

गैरआवासीय नेपाली संघद्वारा खुल्ला विश्वविद्यालयको अवधारणा सार्वजनिक PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 23 May 2010 14:11

काठमाडौं- गैरआवासीय नेपालीहरुले आफूले आर्जन गरेको ज्ञान र सीप राष्ट्र निर्माणमा उपयोग गर्ने उद्देश्यले खुल्ला विश्वविद्यालयको अवधारणा अघि सारेका छन् ।



गैरआवासीय नेपाली संघको अगुवाईमा यो अभियान संचालन गर्न लागिएको जानकारी संघका अध्यक्ष देवमान हिराचनले दिएका छन् । गैर आवासीय नेपाली अभियानको सुरुवातसँगै विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान र सीप नेपालको रुपान्तरणका लागि कसरी प्रयोग गर्न ल्याउन सकिन्छ भन्ने कुरामा गहन छलफल हुँदै आएको अध्यक्ष हिराचनले बताएका छन् ।

अभियानको प्रारम्भिक दिनहरुमा निश्चित समयका लागि नेपाल फर्केर यहाँको अर्थतन्त्रमा काम गरेर गैरआवासीय नेपालीहरुले आफ्नो ज्ञान र सीप नेपाल र नेपालीलाई हस्तान्तरण गर्न सक्छन् भन्ने धारणा बढी व्याप्त रहेको बताउँदै अध्यक्ष हिराचनले विदेशमै कार्यरत रहँदासमेत गैर आवासीय नेपालीहरुको ज्ञानको भण्डार मुलुकमा कसरी फाइदाजनक ढंगले प्रयोग गर्न सकिन्छ भन्ने विषयमा गहन छलफलपछि खुल्ला विश्वविद्यालयको अवधारणा अघि सारिएको अध्यक्ष हिराचनले राजधानीमा आयोजित कार्यक्रममा बताए ।

संघले अघि सारेको अवधारणाअनुसार, विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालय, उद्योग प्रतिष्ठानमा कार्यरत विज्ञहरुले नेपाल आएर आफ्नो ज्ञान बाँड्नेछन् । 'नयाँ नेपाल निर्माण र नेपालको रुपान्तरणका लागि नेपालीहरुको सीप र शिक्षामा गुणात्मक वृद्धि आवश्यक रहेकोमा जोड दिदै धेरै मुलुकहरुले खुला विश्वविद्यालय र दूरशिक्षामापर्फत आफ्ना नागरिकको ज्ञान र सीपको स्तरवृद्धि गरेका छन्' अध्यक्ष हिराचनले भने- 'नेपालमा यस्तो किसिमको व्यवस्था आवश्यक देखिन्छ ।'

अध्यक्ष हिराचनले त्यसका लागि संघले डा. राजु अधिकारीको संयोजकत्वमा Skill, Knowledge and Innovation Exchange कार्यदलसमेत गठन गरेको जानकारी दिए । उक्त कार्यदलले गैरआवासीय नेपालीहरु र अन्य सम्बन्धित पक्षसँग बृहत छलफलपछि खुल्ला विश्वविद्यालय संचालनसम्बन्धी सहमतिपत्रको खाकासमेत तयार पारेको र सरकारसँग उक्त सहमतिपत्रमा हस्ताक्षर भएपछि संघले खुल्ला विश्वविद्यालय संचालनसम्बन्धी कार्यलाई गति दिने अध्यक्ष हिराचनले बताए ।

-Sitaram Baral in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?