NEWS: बिबिसी नेपाली सेवा ::

Inside

गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को राष्ट्रिय भेला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 21 February 2010 18:56

NRN USA नाम नामाकरणपछि अमेरिकि नेपालीहरुबिच उत्साहको लहर
Updated Feb 22: Exclusive News & 36 photos: लुइभिल, केन्टुकी- गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को वार्षिक भेला तथा अन्तर्कृया अमेरिकाको केन्टुकी राज्यस्थित लुइभिल शहरमा शनिबार उत्साहपुर्बक सम्पन्न भएको छ।

NRN USA representatives at the NRN USA annual meeting in Loiusville, Kentucky, USA. Photos: eEyeCam.com. View this picture enlarged

संघप्रति ह्वात्तै चासो पढ्न गएको कुरा संघले गत शनिबार डाकेको वार्षिक भेला र अन्तर्कृया कार्यक्रमको रौनकताले देखाएकोछ।

यस अघी नेपालीज अमेरिकाज काउन्सिल (नाक / NAC) को छ्त्रछायामा रहेर "NAC-NRN NCC USA" को रुपमा अस्तित्वमा रहेको संघको कार्यसमितिले NAC नामलाई परिवर्तन गरी शुद्ध "NRNA NCC USA" (Non-Resident Nepali Association, National Coordination Council, USA) नामकरण गर्ने निर्णय गरेको महिना दिन नपुग्दै उक्त भेलामा देखिएको अमेरिकि नेपालीहरुको चासो र जाँगरलाई हेर्दा अब चाँही केही बर्षभित्र संघले अमेरिकामा रहेका अनुमानित डेढ लाख नेपालीहरुलाई एकताको मालामा उन्न सफल हुने र त्यो कसिलो मालालाई प्रयोग गरी अमेरिकि माटोमा प्रभाब अजमाउन र नयाँ नेपालको निर्माणमा प्रभाबकारी योगदान पुर्याउन सक्ष्यम हुने सम्भाबनाको ढोका खुलेको छ।

उक्त भेला वकिल तथा होटेल ब्याबसायी गिरिजा गौतमको Quality Inn & Suites लुइभिल शहरमा आयोजना गरिएको थियो।

शनिबार बिहान NRN USA का अध्यक्ष सुमन तिम्सिनाले औपचारिक रुपमा शुरु गर्नु भएको उक्त भेलाको मुख्य अतिथी अमेरिकाका लागि नेपालका राजदूत शंकर शर्मा हुनुहुन्थ्यो।

Ambassador Shanker Sharma addressing NRN USA annual meeting in Louisville, KY. Photos: eEyeCam.com

उदघाटन सत्र कार्यक्रममा राजदूत शर्माले सम्बोधन गर्दै संघका कार्यहरुको सराहना गर्दै गैर आबासिय अमेरिकिहरुको लागि नेपाली सरकारकोतर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो।

NRN USA President Suman Timsina.

कार्यक्रममा NRNA ICC का महासचिब रतन झाले संघको उद्धेश्य र आगामी मैइ २८ देखी ३० मा हुने 4th NRN Regional Conference काबारे प्रकाश पार्नुभएको थियो।

NRN ICC General Secretary Ratan Jha. Photos: eEyeCam.com

संघका बरिस्ठ उपाध्यक्ष मुकेश सिंहले NAC, NRN NCC of USA बारे, NRN USA Director-at-Large डा. बिनोद शाहले Outreach and Town Hall Meetings बारे, संघका NRN North America Regional Coordinator डा. अम्बिका अधिकारीले Vision of Regional Coordination of NRNs in North America बारे आ-आफ्नो धारणा राख्नु भएको थियो।

संघकि महासचिब बिष्णुकुमारी थापाले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथी र प्रतिनिधिहरुलाई धन्यवाद दिदै पहिलो सत्रको समापन गर्नु भएको थियो।

NRN USA General Secretary Bishnukumari Thapa.

यस अघी शुक्रबार बेलुकी संघका बोर्ड अफ डाइरेक्टर्स र बिभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरु बिच संघको नयाँ बिधान, भाबी कार्यदिशाका बिषयमा गरमागरम छलफल भएको थियो।

उता कार्यक्रमको दोश्रो सत्र Diaspora’s Role in Mobilizing Resources for Nepal’s development बिषयक सत्रमा होमराज आचार्यले अध्यक्ष्यता गर्नु भएको थियो भने Knowledge Share बिषयमा क्यानडाबाट प्रतिनिधित्व गरी आउनु भएका डा. प्रमोद ढकाल, NRNA ICC Canada Representative ले बोल्नु भएको थियो।

उहाले प्रस्तुत गर्नु भएको Open University of Nepal बारेको बिबेचनाले निक्कै चर्चा पायो। यो प्रोजेक्ट NRN अन्तरराष्ट्रिय समिती NRNA ICC (Non-Resident Nepali Association, International Coordination Council) र Canada Foundation for Nepal द्वारा इन्डोर्स गरिएको छ।

Dr. Pramod Dhakal. Photos: eEyeCam.com

तेश्रो सत्र Challenges to NRNNCC बिषयक सत्रमा संघका अध्यक्ष सुमन तिम्सिनाले अध्यक्ष्यता गर्नु भएको थियो भने डा. बिद्या रन्जितले रोचक (र घोचक पनि) ब्यायाम सम्पूर्ण सहभागि प्रतिनिधिहरुलाई गराउनु भएको थियो।

Dr. Bidhya Ranjit. Photos: eEyeCam.com

कार्यक्रमपछि यो पङ्क्तिकारले उक्त ब्यायामकोबारे सोध्दा डा. रन्जितले यो मोडेल अन्य कार्यक्रमहरुमा पनि नेपाल र प्रबासको पिडाबारे घोत्लिन वाध्य बनाउने यो खेललाई छिट्टै सार्वजनिक गर्ने बताउनु भयो। यो समाचारको मुनी युएस नेपाल अनलाइनको लाइभ भिडियो अर्काइभ हेर्नुहोस्।

Representatives playing Ice breaking game.

यो सत्रका बिषयहरु Leadership and participation in NRN National Coordination Council, Better way to collaborate with local organizations, Role of media in promoting Nepali organizations बारे सहभागिहरुले निक्कै जोड दिए।

Roger Adhikari, NRN USA Regional Director.

चौथो सत्र Strategy to Manage Crisis in Nepali Community in USA and a NRN Emergency Fund बिषयक सत्रमा रोजर अधिकारी, डा. बिद्या रन्जितको प्रस्तुतीले सबैको आँखा खोल्ने काम गरेको थियो भने बोस्टोनबाट आउनुभएकी Empower Dalit Women of Nepal की बिष्णु परियारको अनुभब, उपलब्धी र सफलताको कहानीले सबको शिर ठाडो बनायो। यो समाचारको मुनी युएस नेपाल अनलाइनको लाइभ भिडियो अर्काइभ हेर्नुहोस्।

Bishnu Pariyar, Founder, Empower Dalit Women of Nepal. Photos: eEyeCam.com

पाँचौं सत्र  NRNA Strategy of dual citizenship बिषयक सत्रमा गिरिजा गौतम र डा. अम्बिका अधिकारीले प्रकाश पार्नु भएको थियो।

कार्यक्रम बिहान ९:३० मा शुरु भएर बेलुकी ५:३० मा समापन भएको उक्त भेलाको रिजोलुसन चाँही राजेन्द्र श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो।

Dr. Rajendra Shrestha.

कार्यक्रमको समापनपछि आयोजक र प्रतिनिधिहरु रात्री भोजमा सहभागी बनेका थिए। दिनभरको डौडाहा कार्यक्रमपछि अधिकांश प्रतिनिधिहरु भोलीपल्ट मात्र आ-आफ्नो गन्तब्य स्थलतर्फ लाग्ने भएकोले सबकासब एकापसमा आ-आफ्नो ईमेल, फोन संपर्क साटासाटमा लागेका थिए।

Girija Gautam. Photos: eEyeCam.com

उता Quality Inn & Suites का मालिक गिरिजा गौतमले दिनुभएको फेर्वेल पार्टीमा प्रतिनिधिहरुले आ-आफ्ना रोचक कबिता, मुक्तक, शायरी, गीत, न्रित्य मात्र प्रस्तुत गरेनन् बल्की बिहानको ३ बजेसम्म दोहोरी र अन्ताक्ष्यरी खेलिएको थियो।

डा. अम्बिका अधिकारीको सदाबहार गीतहरुको प्रस्तुती, एनआरएन केन्द्रिय महासचिब रतन झा र एनआरएन अमेरिका महासचिब बिष्णुकुमारी थापाको अन्ताक्ष्यरी र जुहारी, बिष्णु परियार, रोजर अधिकारी र डा. प्रमोद ढकालको सुमधुर गीत अनि गोबिन्द गिरी 'प्रेरणा' को जोडदार मुक्तकहरुको प्रस्तुतीले बिदाइ साँझलाई एउटा अबिस्मरणीय क्ष्यण बनाइदियो। साँगितिक साँझमा कोही यस्तो थिएन जो ननाचेको होस् या नगुनगुनाएको होस्।

अझ एनआरएन अमेरिकाका बरिस्ठ उपाध्यक्ष तथा ओहायो राज्यका फ्रड प्रोटेक्सन प्रोसेक्युटर वकिल मुकेश सिंहले आफु मैथिली भाशी हुँदाहुँदै पनि सबैलाई छक्क पार्दै नेपालको पहाडबाट अमेरिका छिरेका खाँटी खस (नेपाली) भाशी नेपालीहरुलाई कसैले सुन्दै नसुनेका पुराना नेपाली भाषाका गीतहरु गाएर "सयौं थुङ्गा फुलका थुङ्गा एउटै माला नेपाली" राष्ट्र गानको झल्को दिन सफल भएका थिए।

अन्तमा आगामी मैइ महिनाको २८ देखी ३० मा अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा हुन गैरहेको एनआरएन संघको क्षेत्रिय बैठकमा फेरी भेट्ने बाचा गर्दै प्रतिनिधिहरु बिदा भएका थिए।

युएस नेपाल अनलाइनले उक्त वार्षिक भेला तथा अन्तर्कृया कार्यक्रमको प्रत्क्ष्य प्रसारण गरेको थियो। सगरमाथा टेलिभिजन (Sagarmathatv.us) र विश्व परिक्रम पत्रिकाले पनि उक्त कार्यक्रमको रिपोर्टिङ गरेका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news about NRN movement:

उक्त अन्तर्कृया सत्रहरुको भिडियो अभिलेख हेर्नुहोस्:

भिडियो अभिलेख-I



भिडियो अभिलेख-II



भिडियो अभिलेख-III

भिडियो अभिलेख-IV



Ambika Adhikari, NRN USA Resional Representative. Photos: eEyeCam.com


NRN USA Director-at-Large Dr. Binod Shah



NRN USA Media Coordinator & Editor/Producer Sagarmatha TV Ramchandra Kharel


Ambassador Dr. Khanker Sharma. Photos: eEyeCam.com




Dr. Pralhad Pant




Hotelier Ramakant Kharel.


NRN USA Senior VP Mukesh Singh. Photos: eEyeCam.com


Anjan Shrestha.






Bishnu Phuyal.


Bhuwan Gurung


Mohan Timsina


Raja Ghale. Photos: eEyeCam.com


Gautam Dahal


Sunita Siwakoti


Rajendra Khatiwada. Photos: eEyeCam.com



Sagarmatha TV Editor Nilu Kharel. Photos: eEyeCam.com

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?