NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

एनआरएन अमेरिका (NRN USA) द्वारा ६ महिनामा थप १ हजार १ जनालाई सदस्यता बितरण PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 26 June 2011 10:05

Exclusive: 1 video, 19 photos: न्यू योर्क- गैर आबासीय नेपाली संघ (एनआरएन) अमेरिकाद्वारा बिगत डेढ बर्षमा बितरण गरेको ७ सय ९२ सदस्यतामा गत जनवरी महिनादेखी यता थप १ हजार १ जनालाई बितरण गरिएको छ।



The guest speakers: New York City Comptroller John Liu (wearing Nepali Dhaka Topi) and Nepalese Ambassador to the UN Gyanchandra Acharya (left on the Mr. Liu) with NRN USA members at the Auxillary Membership Workshop which was organized by Non-Resident Nepalis Association, USA (NRN USA) at Hotel Continental, Times Square, New York on June 25, 2011. Photos: eEyeCam.com

एनआरएन अमेरिकाद्वारा गत जनवरीमा न्यू योर्क निवासी तेम्बा नोर्बु शेर्पालाई सदस्यता बितरण समितीको अध्यक्ष बनाइएको थियो। उनले जीवन श्रेष्ठलगायतका सदस्यहरुको सहयोगमा ६ महिनाभित्र १ हजार १ जना न्यू योर्कबासी नेपालीहरुलाई एनआरएन अमेरिका (NRN USA) को १० डलर शुल्कको वार्षिक सदस्यता बितरण गर्न सफल भएको कुरा न्यू योर्क शहरस्थित होटेल कन्टिनेन्टलमा शनिबार आयोजित एनआरएन सदस्यता बितरण सम्बन्धी गोस्ठीमा जानकारी गराइयो।


Guest speaker New York City Comptroller John Liu at the workshop. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
NRN USA Membership Drive Workshop in NY, June 25, 2011



NRN Membership Committee Chairperson Temba Norbu Sherpa. Photos: eEyeCam.com

कार्यक्रममा न्यू योर्क शहरका कम्प्ट्रोलर जोन लिउ, संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधी तथा राजदूत महामहिम ज्ञानचन्द्र आचार्य, एनआरएन अमेरिकाका बरिस्ठ उपाध्यक्ष प्रह्लाद केसि, बोर्ड अफ डाइरेक्टर बिष्णुमाया परियार, मुकेश सिंह र गिरिजा गौतमले सम्बोधन गरेका थिए।


Guest speaker Nepalese Ambassador to the UN Gyanchandra Acharya at the workshop. Photos: eEyeCam.com

अमेरिकामा नेपालीहरु डेढ-दुइ लाखको हाराहारीमा रहेको अनुमान गरिन्छ। सन् २००० को जनगणनाअनुसार चाँही अमेरिकि नेपालीहरुको संख्या जम्मा ११ हजार ७१५ रहेको छ।

अमेरिकि सरकारको ग्रीन कार्ड चिठ्ठा (US Green Card Lottery) सेवा प्रदान गर्ने संस्था Usafis.org को तथ्याङ्कअनुसार सन् २०००-०९ बिच अमेरिकि सरकारको डाइभर्सिफाईड भिसा (DV) बाट आएका नेपाली मात्रको संख्या १६ हजार ४९२ रहेको छ।

उता इन्टर्नेसनल इन्स्टिच्युट अफ एडुकेसनको ओपन डोर रिपोर्ट २००९ काअनुसार अमेरिकामा सन् २००८/०९ शैक्षिक सत्रमा नेपाली विद्यार्थीहरु ११ हजार ५८१ पुगेकाछन्।

यस हिसाबले सन् २००० जनगणनाका ११,७१५, डिभी भिसाबाट आएका १६,४९२ र सन् २००८/०९ शैक्षिक सत्रका विद्यार्थी ११,५८१ मात्र जोड्ने हो भने पनि ३९ हजार ७८० नेपाली जनसंख्या हुन आउँछ।

सन् २०१० को जन गणनामा नेपालीहरुको जनसंख्या एक लाख नाघ्ने अनुमान गरिएको छ। अमेरिकि सरकारको जन गणना बिभागद्वारा उक्त जनगणनाको नतिजा जारी गर्ने क्रम भर्खरै शुरु भएको छ।

विश्व आप्रबासी फोरम (First Global Diaspora Forum) को वेब्साइट DiasporaAlliance.org काअनुसार हाल अमेरिकामा ६२ लाख पहिलो र दोश्रो पुस्ताका आप्रबासीहरुको बसोबास रहेको छ भने सन् २००९ मा यि आप्रबासीहरुले अमेरिकाबाट ४८ अर्ब ($.42 billion) डलर रिमिट्यान्स रकम अन्य देशमा पठाएको जनाइएको छ।

उसो त अमेरिका विश्वको सबैभन्दा धेरै आप्रबासीहरुलाई बसोबास गराउने देश हो।

सबैभन्दा पहिले मङ्गोलियाबाट रसिया हुँदै बेरिङ्गस्ट्रेट पार गरेर उत्तरी र दक्षिणी अमेरिकामा बसोबास गर्ने आदिबासी अमेरिकन (नेटिभ अमेरिकन या रेड इन्डियन) बाहेक अन्य सबै जाति १६ औं सताब्दीपछि आएका आप्रबासीका दर सन्तान हुन्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


NRN USA Senior Vice President Prahlad KC. Photos: eEyeCam.com



NRN USA Board of Director Bishnu Maya Pariyar. Photos: eEyeCam.com



Mukesh Singh. Photos: eEyeCam.com



Girija Gautam. Photos: eEyeCam.com



Jiwan Shrestha. Photos: eEyeCam.com





Photos: eEyeCam.com



Photos: eEyeCam.com





Photos: eEyeCam.com







Photos: eEyeCam.com




Photos: eEyeCam.com

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?