NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा एनआरएन अमेरिकाको केन्द्रिय कार्य समितिको निर्वाचन हुँदै तर न्यू योर्कबासी बेखबर PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Friday, 08 October 2010 04:22

NRN USA को सदस्यता लिने अन्तिम म्याद अक्टोबर ८, उम्मेद्बारी दिने अक्टोबर ९ र निर्वाचन अक्टोबर ३० मा हुने, को को उम्मेद्वार बन्दैछन्?
Updated October 9: Exclusive reporting/breaking news:
न्यू योर्क- गैर आबासिय नेपाली संघ (एनआरएन अमेरिका) को सन् २०११-१२ कोलागि केन्द्रिय कार्य समितीको चुनाव प्रकृया यही अक्टोबर ८ देखी ३० बिच न्यू योर्कमा हुँदैछ। तर न्यू योर्ककै झन्डै एक दर्जन कृयाशिल नेपाली संघ संस्थाहरुका अध्यक्ष र महासचिबहरु नै उक्त चुनाव प्रकृयाप्रति बेखबर रहेको कुरा युएस नेपाल अनलाइनले उनिहरुलाई संपर्क गर्दा पत्ता लागेको छ।


म्याद भिड्किदैछ

संघको सदस्यता लिने र प्रतिनिधि (House of Delegate) चुन्ने अन्तिम म्याद अक्टोबर ८ तोकिएको छ भने उम्मेद्बारी दिने अन्तिम म्याद अक्टोबर ९ र उम्मेद्बारी उपर दाबी, बिरोध र उम्मेद्बारी फिर्ता अक्टोबर १६ भित्र गर्नु पर्ने निर्वाचन समितिले मिती तय गरेको छ।

संघको अध्यक्ष, बरिस्ठ उपाध्यक्ष, उपाध्यक्ष-२, महासचिब, संयुक्त सचिब, कोशाध्यक्ष र ११ जना बोर्ड अफ डाइरेक्टरहरुको निर्वाचन अक्टोबर ३० मा न्यू योर्कमा उपस्थित हुने प्रतिनिधि (House of Delegates)हरुले चुन्ने ब्यबस्था गरिएको निर्वाचन आयुक्त छेवाङ शेर्पालामाले जानकारी गराउनु भएको छ ।

उक्त निर्वाचन सम्बन्धी बिस्त्रित जानकारी लिन खोज्दा संघका बर्तमान अध्यक्ष सुमन तिम्सिनाले संघ संस्थाहरुलाई ईमेल र मिडिया मार्फत जानकारी गराइएको बताउँदै बाँकी कुरा निर्वाचन आयुक्त न्यू योर्कबासी छेवाङ शेर्पालामा र न्यू योर्क कै एनआरएन अफेयर्स हेर्ने डाइरेक्टर एट लार्ज डा. बिनोद शाहसंग संपर्क गर्न भन्नु भयो।

उहाँले झन्डै एक हजारको हाराहारिमा अनुमान गरिएको संघको साधारण सदस्यहरुको अन्तिम नामावली र हाउस अफ डेलिगेटहरुको कुल संख्या सोमबार (अक्टोबर ११) सम्म निर्वाचन आयुक्तमार्फत प्राप्त गर्न सकिने पनि उल्लेख गर्नु भयो।

को को उम्मेद्वार बन्दैछन्?

एनआरएन ब्रित्तमा को को उम्मेद्वार बन्ने छन् भन्ने लख काटिदै गरेको र संघका पदाधिकारीहरु र केही संस्थाका अगुवाहरु बिच पदको बाँडिचुडी गर्ने हल्ला चलेकै बेला अध्यक्ष तिम्सिनालाई युएस नेपाल अनलाइनले "तपाइ पुन: अध्यक्षमा लड्दै हुनुहुन्छ?" भन्ने प्रश्न राख्दा त्यस प्रश्नको उत्तर अहिले दिन नसक्ने जवाफ दिनु भयो। तर उता अमेरिकामा नेपाली अमेरिकि आदिबासी जनजातिहरुको महासंघ 'फिप्ना' का प्रथम उपाध्यक्ष न्यू हेम्प्सायर निवासी शिवकुमार राइले चाँही आफु महासचिब पदमा उम्मेद्बारी दिन लागेको कुरा स्विकार्नु भयो।

एनआरएन ब्रित्तमा चलेको सरगर्मीअनुसार अध्यक्षमा बर्तमान अध्यक्ष सुमन तिम्सिना, बरिस्ठ उपाध्यक्षमा एएनएका प्रल्हाद केसी र Nepalese Association in Southeast America (NASeA) का अध्यक्ष राजा घलेले उम्मेद्बारी दिनुहुनेछ। यदी बाँडी चुडी हुने भो भने अर्कै एनआरएन खोल्ने धम्की दिने एएनएका केसीलाई अहिले एआरएनको Promote Nepal 2011 Tourism Promotion Task का डाइरेक्टर रहेका घलेले छोड्न सक्ने सम्भावना पनि रहेको छ ।

यदी त्यस्तो स्थिती श्रीजना भो भने घलेले उपाध्यक्षमा उम्मेद्बारी दिनु हुनेछ । बाँकी रहेको अर्को एक उपाध्यक्ष पदमा बर्तमान नर्थ इस्टर्न क्षेत्रकि उपाध्यक्ष डा. बिद्या रन्जितले उम्मेद्बारी दिने सम्भावना रहेको एक विश्वश्त सुत्रले युएस नेपाल अनलाइनलाई जानकारी गराएको छ।

महासचिबमा आदिबासी जनजातिकोतर्फबाट उम्मेद्बारी दिन लाग्नुभएका शिवकुमार राइको जित अर्को प्रतिद्वन्दी उठेपनि फिप्नाको बर्तमान एनआरएन बोर्डसंग गाँसिएको लगन गाँठोको कारण अबस्यम्भावी देखिएको छ।

उता बोस्टोन निवासी बर्तमान एनआरएन Community Mobilization Task Force डाइरेक्टर भुवानीप्रशाद गुरुङले प्रबक्ता (Spokesperson) मा उम्मेद्बारी दिने सम्भावना रहेको कुरा एक मिडिया सहकर्मिले बताए। तर निर्वाचन आयोगले जारी गरेको निर्वाचन प्रकृया सम्बन्धी सुचनामा प्रबक्ता र छेत्रीय डाइरेक्टरहरु सम्बन्धी चुनावबारे कुनै कुरा उल्लेख गरिएको छैन।

न्यू योर्कबासी नेपाली अगुवाहरु नै चुनाव प्रकृयाप्रति बेखबर ?

एनआरएन ब्रित्त भित्रभित्रै आगो झै सल्केको केन्द्रिय कार्य समितीको चुनावको राँकोको बारेमा युएस नेपाल अनलाइनले न्यू योर्कका एक दर्जन नेपाली अगुवाहरुलाई सदस्यता लिने र उम्मेद्बारी दिने अन्तिम म्याद गुजर्नुभन्दा एक दिन अघी संपर्क गर्दा सबै अगुवाहरुले आफुलाई जानकारी नभएको या आफुले चासो नदिएको बताउनु भयो।

न्यू योर्कमा निर्वाचन हुँदैछ भन्ने कुरोकासाथै सदस्यता लिने र उम्मेद्बारी दिने अन्तिम म्यादको बारेमा जानकारी नभएको बताउनु हुने न्यू योर्कबासी अगुवाहरुनिम्नानुसार हुनुहुन्छ:

1. किरात राइ सोसाइटी अफ अमेरिकाका बोर्ड चेयर मणी बाङ्देल,
2. लाङ्घाली (मगर) एसोसिएसनका माहासचिब लबकुमार बुढा मगर,
3. गुरुङ (तमु) सोसाइटी अफ अमेरिकाका अध्यक्ष टिका गुरुङ,
4. ह्योल्मो सोसाइटी अफ अमेरिकाका अध्यक्ष पेम्बा ह्योल्मो शेर्पा,
5. थकाली समाजका अध्यक्ष श्रमिक शेरचन,
6. शेर्पा किदुगका अध्यक्ष छेवाङ शेर्पा,
7. तामाङ सोसाइटीका महासचिब लक्यान लामा (डेड्लाइन थाहा छैन),
8. ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुन मैनाली,
9. अधिकार कि कार्यकारी निर्देशक लुना रन्जित
10. न्यू योर्क कला मन्चका रामराज छेत्री,
11. नेपालीज डेमोक्रेटिक युथ काउन्सिल युएसएका अध्यक्ष प्रमोद सिटौला
12. नेपाल सनातन सेवाका बासुदेब बस्नेत

13. अनेसास न्यू योर्क च्याप्टर अध्यक्ष ज्योति पौडेल (डेड्लाइन थाहा छैन)

न्यू योर्कका आधा दर्जनबेशी नेपाली संस्थाका अगुवाहरुलाई युएस नेपाल अनलाइनले बिगत ३, ४ दिनदेखी बारम्बार संपर्क गर्न खोज्दा उहाँहरुसंग संपर्क हुन सकेन।

आदिबासी जनजाति महासंघ (फिप्ना) अन्तर्गत कै संस्थाहरुका अगुवाहरुलाई किन खबर भएन भन्ने बिषयमा जानकारी लिन फिप्ना अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा र महासचिब तथा निर्वाचन समिती सदस्य आदित्य महर्जनलाई युएस नेपाल अनलाइनले दुई, तीन दिनदेखी पटक पटक फोन र एस्एम्एसमार्फत संपर्क गर्ने प्रयास गरेपनि उहाँहरु संपर्कमा आउनु भएन।

उता आफुलाई निर्वाचनबारे जानकारी भएको बताउनु हुने रिज्वूड नेपालीज सोसाइटीका अध्यक्ष श्री पराजुली र किरात याक्थुङ चुम्लुङका संयोजक पूर्णकुमार लिम्बुले संस्थागत सदस्यता बितरण अभियान नचलाएको बताउनु भयो।

उसो त न्यू योर्कमा ३० वटाभन्दा बेशी मुनाफारहित संस्थाको रुपमा दर्ता भएका नेपाली संस्थाहरु कृयाशिल छन्। त्यसै गरी, न्यू योर्कमा झन्डै ४० हजार नेपालीहरुको बसोबास रहेको अनुमान गरिन्छ।

यसरी यतिका नेपाली संघ संस्थाका अगुवाहरुलाई नै न्यू योर्क मै हुन लागेको एनआरएन अमेरिकाको निर्वाचनकोबारे अत्तोपत्तो नहुनु निस्चय नै दु:खद कुरा हो। अधिकांश अगुवाहरुले आफुलाई एनआरएनबारे कम चासो भएको बताउनु भयो भने केहीले एनआरएन प्रतिनिधिहरुद्वारा खबर सम्प्रेशण नगरिएकोमा आक्रोशसमेत पोख्नु भएकोछ।

पारदर्शिता खोइ?

एक अगुवाले नाम उल्लेख नगर्ने शर्तमा भने- "यो चुनावमा एनआरएन अमेरिकाका पधाधिकारीहरुको पारदर्शितामाथि नै प्रश्न चिन्ह लागेको छ। न्यू योर्क जस्तो ठाउँमा साधारण सदस्यता बितरण गर्ने प्रकृया नै अघी बढाइएको छैन। जुन अत्यन्त दु:खद हो।"

उनको भनाइ आयोजकहरुले न्यू योर्क जस्तो नेपाली बाहुल्यता रहेको ठाउँमा धेरै प्रचार प्रसार गरी सदस्यता बितरण गर्दा चुनौती दिने धेरै निस्कने डरले बागबन्डाकोलागि यसो गरिएको भन्नेतर्फ लक्षित थियो।

साँच्चै बागबन्डाकालागि न्यू योर्कमा हुने निर्वाचन प्रकृयालाई "लो प्रोफाइल" राखिएको हो या आयोजकहरुको संयोजनको कम्जोरिको कारणले हो, त्यो हेर्न भने अझै केही दिन पर्खनै पर्ने भएको छ।

क कस्ले भोट् हाल्न पाउँछ?

संघको बिधानअनुसार ब्यक्तिगत साधारण सदस्य (Individual Member) र संस्थागत डेलिगेटहरुले निर्वाचनमा उम्मेद्वार हुन र भोट् हाल्न पाउने ब्यबस्था गरिएको छ; जुन यस प्रकार छ:

From the Bylaws of NRN USA, 7th Amendment, adopted on August 24, 2010

ब्यक्तिगत साधारण सदस्य (Individual Member)

साधारण सदस्यहरु बराबर

मत हाल्न पाउने/नपाउने

हरेक साधारण सदस्यको उम्मेद्वार बन्न र मत हाल्न पाउने अधिकार

Individual Members of the NRN National Coordination Council of USA are eligible to contest and vote in the election for the positions within Regional Chapters. Individual Members of the NRN National Coordination Council of USA are eligible to contest for the Board of Directors and Officers, but shall not vote for the Board of Directors and Officers.

10 साधारण सदस्यहरु बराबर

1 प्रतिनिधि (Delegate) ले in Regional मा  मत हाल्न पाउने

महासंघिय संस्था र त्यसमा आबद्ध संस्थाहरुको संख्या

(Number of Institutional Members Within Federated Institutional Partner)

आबद्ध संस्थाहरुको संख्या

Affiliated member orgs

प्रतिनिधि संख्या

Number of Delegates

मत संख्या

Total vote

3-5 सदस्य संस्थाहरु भए

3

3

6-10 सदस्य संस्थाहरु भए

4

4

11-15 सदस्य संस्थाहरु भए

5

5

16-20 सदस्य संस्थाहरु भए

6

6

21-25 सदस्य संस्थाहरु भए

7

7

26 or More सदस्य संस्थाहरु भए

9

9

Institutional Partners: 4 categories

1.       LOCAL/REGIONAL INSTITUTIONAL PARTNER : To be a Local/Regional Institutional Partner, one must be a Nepali or Nepal-related independent, single organization in the USA; and shall have primarily local/regional memberships and activities;

2.       NATIONAL INSTITUTIONAL PARTNER: To be a National Institutional Partner, one must be a Nepali or Nepal-related independent, single organization in the USA; shall have nationwide, broad and inclusive memberships base and activities; and shall have a minimum of 400 dues paying members; and

3.       FEDERATED INSTITUTIONAL PARTNER: To be a Federated Institutional Partner, one must be a Nepali or Nepal-related organization in the USA within a Federation, which shall have a minimum of 3 Nepali or Nepal-related organizations that have collectively signed an agreement to form a Federation.

4.       PROFESSIONAL INSTITUTIONAL PARTNER: Professional organizations, that is, organizations that seek to further a particular profession and the interests of individuals engaged in that profession, and which cannot meet the membership requirements outlined in (b) above shall be classified, for membership and delegate purposes, as in (a) above.

For details please read the full version NRN USA Bylaws:

http://www.usnepalonline.com/nrn_usa_bylaws2010.pdf


एनआरएन अमेरिकाको निर्वाचनबारे अप्डेट जारी छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098.

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

 

Read more about NRN issues at:

-http://www.usnepalonline.com/nrn-issues/

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?