NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

एनआरएन अमेरिकामा सुमनराज तिम्सिना पुन: अध्यक्षमा निर्बिरोध, चुनावको अन्तिम घडीमा सबै निर्बिरोध ! PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Pradeep Thapa Magar   
Thursday, 28 October 2010 15:35

संस्थाको नाम उल्लेख गरेकोमा आपत्ति, राजा घलेको नाम खोइ? २८ सदस्यीय कार्य समितिमा १४ जना जनजातिहरु निर्बाचित !
Updated: Exclusive:
न्यू योर्क- गैर आवासीय नेपाली संघ अमेरिका (NRN America) को आगामी सन् २०११-१२ कोलागि भएको निर्वाचनमा बर्तमान अध्यक्ष सुमनराज तिम्सिना (पेन्सिल्भानिया) पुन: निर्बिरोध निर्बाचित हुनु भएको छ भने अमेरिकामा रहेका नेपाली आदिबासी जनजातिहरुको प्रतिनिधित्व २८ सदस्यीय केन्द्रिय समितिमा १४ जना अर्थात ५० प्रतिशत रहेको निर्वाचन समितीद्वारा जारी निर्वाचन परिणाम तालिकाबाट पुस्टी भएको छ।


निर्वाचन परिणामअनुसार, बरिस्ठ उपाध्यक्षमा एएनएकोतर्फबाट प्रल्हाद केसी (ANA, मासाचुसेट्स), उपाध्यक्षमा डा. बिद्या रन्जित (NWGN कनेक्टिकट), उपाध्यक्ष (खाली), महसचिबमा जनजाति आदिबासी महासंघ (फिप्ना) कोतर्फबाट शिवकुमार राइ ( FIPNA, न्यू हेम्सायर), सह-सचिबमा डा. सोहन खटिवडा (ANMA, IN) र कोशाध्यक्षमा डा. बिनोद शाह (ANTA, NY) निर्बाचित हुनु भएको छ।

त्यसैगरी, संघको बोर्ड अफ डाइरेक्टर्समा निर्बिरोध निर्बाचित हुनुहुनेहरुमा बिष्णुमाया परियार (EDWON, MA), डा. चिन्तामणी लामिछाने (Independent, MD), मिङ्मा शेर्पा (Independent, NY), श्री पराजुली (Ridgewood Nepalese Society, NY), दुर्गा सुब्बा (Kirat Yakthum Chumlung, NY), डा. बिष्णु फुयाल (ASONE, IL), टेम्बा लामा डोङ्बा (Yolmo Society, NY), राजेन्द्र सिवाकोटी (American-Nepal Society, CA), साङ्गे लामा (Tamang Society, NY), डिल्लिराज पौडेल (ANA, MD), छिरिङ्ग रोप्के लामा (Gyalsumdha Sewa Samaj, NY), अरुण धिताल (Nepali Association, NC), ताराप्रशाद पुन मगर (Langhali Association, GA), रमेश श्रेष्ठ (FIPNA, NY), ध्रम विश्वकर्मा (EDN, MD), मिलन राइ (United Kirat Rai Association, MD), ब्रिहस्पती लामा (FIPNA, NY), पासाङ्काजी शेर्पा (Independent, WA), देबिता मेहता (Independent, NY), नबिन शेरचन (Thakali Samaj, NY), राम खरेल (Media Coordinator), र भुवनप्रशाद गुरुङ (Spokes Person) हुनुहुन्छ।

 

आदिबासी जनजातिहरुको उपल्ब्धी

जे जसरी निर्वाचन प्रकृया अपनाइएपनि आदिबासी जनजातिहरुकोलागि चाँही यसपालिको एनआरएन अमेरिकाको निर्वाचन निक्कै उपलब्धिमुलक भएको छ। गत अप्रिल १८ मा आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले बोस्टोनमा भएको एनआरएन टाउन हल बैठकमा संघलाई समाबेशी बनाउन नत्र छुट्टै आदिबासी एनआरएन बनाउन वाध्य हुने एक महिनाको अल्टिमेटाम दिएको थियो जुन अहिले आएर संघमा झन्डै ५० प्रतिशत प्रतिनिधित्व हुने स्थितीसम्म आइ पुग्नुलाई ठुलै फड्को मारेको मान्न सकिन्छ।

 

एएनएको उपलब्धी

तत्कालिन एनआरएन अध्यक्ष तथा नब निर्बाचित अध्यक्ष सुमनराज तिम्सिनाको लाखापाखा लागेका सबै संघ संस्थालाई समेटेर लैजान आँटेको अभिस्ट जसरी पनि पुरा भएको मानिएकोछ।

एनआरएन अमेरिकाको कडा प्रतिद्वन्दीको रुपमा खडाभएको एएनएले नेपालमा समेत एनआरएन समस्या हेर्ने कार्यालय खोलेको थियो। अर्को एनआरएन खोल्ने धम्की दिने संस्थाको प्रमुख ब्यक्तित्व प्रह्लाद केसीलाई बरिस्ठ उपाध्यक्षमा निर्बिरोध बनाउन सफल भएपछि र थप एक जना एएनए बोर्ड अफ डाइरेक्टरमा आएपछि एएनए-एनआरएन बिबाद सदाकोलागि थाँती लाग्ने आशा गर्न सकिन्छ। स्मरण रहोस्; गत जुलाई २ मा बोस्टोनमा सम्पन्न एएनए सम्मेलनमा यी दुई संस्थाबिच एउटै एनआरएन बनाउने निर्णय गरि दुइ पक्षबाट हस्ताक्षर गरिएको थियो।

 

महिलाको उपलब्धी

यसपालीको निर्वाचनमा नेपालमा महिलाहरुको ३३ प्रतिसत प्रतिनिधित्व गराउनु पर्ने कानूनी अड्चन भएपनि अमेरिकि नेपाली महिलाहरुले २८ जनाको एनआरएन कार्य समितीमा शिर्फ ३ जना मात्र महिला निर्बाचित हुन सफल भएकाछन्। उपाध्यक्षमा डा. बिद्या रन्जित, बोर्ड अफ डाइरेक्टरमा बिष्णुमाया परियार र देबिता मेहता
निर्बाचित हुनुभएको छ।

दलितको उपलब्धी

उता दलितको प्रतिनिधित्व दुईवटा बोर्ड अफ डाइरेक्टरहरु बिष्णुमाया परियार र ध्रम विश्वकर्मा निर्बाचित हुनु भएको छ।

ककसको उम्मेद्बारी रद्द गरियो?

निर्वाचन समितीले जारी गरेको सुचनाअनुसार खेम भट्टचन (VA) र प्रेम तामाङ (MA) को उम्मेद्बारी एकभन्दा बढी पदमा परेकोले रद्द गरिएको जनाइएको छ भने अनन्त रिसाल (NJ) को निबेदन अनौपचारिक भएको भनी रद्द गरिएको छ।

त्यसैगरी, ईमेलबाट मात्र उम्मेद्बारी दिइएको भन्दै सतिश शाह, दावा टि शेर्पा, नरहरी अधिकारीको उम्मेद्बारी रद्द गरिएको छ। उमा थापाको उम्मेद्बारी चाँही ढिलो गरी हालिएकोले रद्द गरिएको जनाइएको छ।

स्मरण रहोस्, संघको निर्वाचन हुने अन्तिम मिती अक्टोबर ३० तोकिएको थियो तर अब सबै पदहरुमा निर्बिरोध निर्वाचन भएकोले भोट् खसाउन न्यू योर्कमा आउन नपर्ने भएको छ।

यस अघी उम्मेद्बारी दिने म्याद अक्टोबर ९ र उम्मेदवारी उपर दाबी बिरोध र फिर्ता लिने मिती अक्टोबर १६ तोकिएको थियो।

तर सदस्यता लिने अन्तिम मिती अक्टोबर ८ तारिख तोकेकोमा न्यू योर्ककै एक दर्जनबेशी संघ संस्थाका पदाधिकारीहरुलाई जानकारी नदिएकोमा उनिहरुद्वारा आश्चर्य र खेद प्रकट गरिएको थियो।

संस्थाको नाम उल्लेख गरेकोमा आपत्ति

उता निर्वाचन परिणामको लगत्तै किरात याक्थुङ चुम्लुङका केन्द्रिय संयोजक पूर्णकुमार लिम्बुले आफ्नो संस्थाले कुनै हाउस अफ डेलिगेट्स नपठाएको उल्लेख गर्दै संस्थाको प्रतिनिधित्व भनेर बोर्ड अफ डाइरेक्टरमा दुर्गा सुब्बा उल्लेख गरिएकोमा आश्चर्य प्रकट गर्दै एनआरएन नेत्रित्वले संस्थालाई पेलेर लैजान खोजेकोमा आफ्नो आपत्ति रहेको बताउनु भयो।

बोर्ड अफ डाइरेक्टरमा निर्बाचित अर्का सदस्य ताराप्रशाद पुन मगरले आफ्नो नामसंग लाङ्घाली एसोसियसनको नाम जोडेकोमा आपत्ति जनाउँदै आफुले ब्यक्तिगत रुपमा उम्मेद्बारी दिएको जनाउनु भयो। लाङ्घाली एशोसिएसन जो अहिले मगर एसोसिएसन नाम परिबर्तन गरेको छ, का निबर्तमान महासचिब तथा बिदेश बिभाग प्रमुख लबकुमार बुढामगरले आफ्नो संस्थाबाट कुनै डेलिगेट्स नतोकेको र उम्मेद्बारी पनि नदिएको उल्लेख गर्दै सदस्य पुनको कुराको पुस्टी गर्नु भयो।

राजा घलेको नाम खोइ?

निर्वाचन समितीले जारी गरेको अन्तिम निर्वाचन परिणाममा बरिस्ठ उपाध्यक्षमा उम्मेद्वारी दिनुभएका Nepalese Association in Southeast America (NASeA) का अध्यक्ष राजा घलेको नाम कही कतै उल्लेख नहुनुलाई आश्चर्यको रुपमा लिइएको छ।

स्वयम् उम्मेद्वार घलेलाई न उम्मेद्वारको रुपमा न रद्द गरिएको रुपमा आफ्नो नाम कही कतै उल्लेख नभएकोमा किन त्यसो गरियो भनी आफु आश्चर्यमा परेको कुरा युएस नेपाल अनलाइनलाई बताउनुभयो।

उता अक्टोबर ३० मा हुने भनिएको चुनाबको अन्तिम घडीसम्म पनि कतिपय उम्मेद्वारहरुलाई आफु निर्बिरोध निर्बाचित भएको या चुनावमा प्रतिस्पर्धा गर्नु पर्ने हो या आफ्नो उम्मेद्वारी रद्द पो भएको हो कि केही अत्तोपत्तो नहुनु अर्को दु:खद पक्ष बनेको छ।

उम्मेद्वार र डेलिगेट्सहरुको लिस्ट गोप्य किन?

अक्टोबर १६ तारिख दाबी बिरोध र उम्मेद्वारी फिर्ताको मिती तोकिएपनि निर्वाचन आयुक्त र सदस्यहरुले उम्मेद्वारहरु र डेलिगेट्सहरुको लिस्ट उपलब्ध गराउन युएस नेपाल अनलाइन लगायत मिडियाले पटक पटक संपर्क गर्ने प्रयास गर्दा पनि कुनै जानकारी उपलब्ध गराइएन।

यती सम्मकि निर्वाचन आयुक्त छेवाङ शेर्पालामाले यो पङ्क्तिकारले उमेद्वार र डेलिगेट्सको लिस्ट माग गर्दा दिन नमिल्ने जिकिर मात्र गरेनन् बल्की "Don't ever call me..." (कहिल्यै फोन नगर्नु) भन्दै धम्कीको भाषामा फोन ढ्याम्म राख्ने कामसम्म गरेका थिए।


नब निर्बाचित संघका पदाधिकारीहरु र सदस्यहरुलाई युएस नेपाल अनलाइनको बधाई छ।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098.

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

 

Read related news:

-न्यू योर्कमा एनआरएन अमेरिकाको केन्द्रिय कार्य समितिको निर्वाचन हुँदै तर न्यू योर्कबासी बेखबर

-अमेरिकामा सम्पन्न गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन- २०१० द्वारा १४ बूँदे ह्युस्टन घोषणा पत्र जारी            
नयाँ बन्ने संविधानमा 'एक पटकको नेपाली सधैको नेपाली' को अवधारणा अनुरुप दोहोरो नागरिकताको प्रष्ट व्यवस्था गर्न संविधान सभालाई आग्रह

-अमेरिकाको कनेक्टिकट र बोस्टनमा गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को भेला सम्पन्न
नेपाल जनजाति आदिबासी महासंघ अमेरिका (FIPNA) द्वारा एनआरएन अमेरिकाको पुनर्गठन गर्न एक महिने अल्टिमेटम

 

Read our in depth reporting on NRN issues:

-http://www.usnepalonline.com/nrn-issues/

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?