NEWS: बिबिसी नेपाली सेवा ::

Inside

अमेरिकाको कनेक्टिकट र बोस्टनमा गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को भेला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 19 April 2010 02:51
Article Index
अमेरिकाको कनेक्टिकट र बोस्टनमा गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को भेला सम्पन्न
Photo feature from Connecticut NRN USA Town Hall Meeting
Photo feature from Boston NRN USA Town Hall Meeting
All Pages

नेपाल जनजाति आदिबासी महासंघ अमेरिका (FIPNA) द्वारा एनआरएन अमेरिकाको पुनर्गठन गर्न एक महिने अल्टिमेटम
Exclusive: 37 photos: न्यू योर्क- गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) ले सबै अमेरिकि नेपालीहरु र उनीहरु सम्बद्ध संघ संस्थाहरुको सुझाबहरुको पोको बटुली संघको आगामी महाधिबेसन अगावै हाल संघदेखी पाखा रहेकाहरुलाई कख्याउने जुक्तीअनुसार डाकिएको टाउन हल बैठकहरुमध्ये गत आईतवार कनेक्टिकट र बोस्टनमा सरगर्मिका बिच सम्पन्न भएकोछ।



NRN USA Town Hall meeting at University of Connecticut on April 18, 2010. Photos: eEyeCam.com

उक्त दुई बैठकहरुमा न्यू योर्कबाट गएको नेपाल जनजाति आदिबासी महासंघ अमेरिका (FIPNA) प्रतिनिधि मन्डलद्वारा NRN USA को पुनर्गठन गर्न एक्कासी एक महिने अल्टिमेटम घोषणापछि संघले पहिलेदेखी नै अर्को नेपाली संस्था एएनए (Association of the Nepalis in the Americas) बाट खेप्दै आएको तिब्र आलोचनाको आगोमा घिउ थप्ने काम गरेको छ।


NRN USA Town Hall meeting at Harvard University in Cambridge, Massachusetts on April 18, 2010. Photos: eEyeCam.com

तर एनआरएन अमेरिकाका अध्यक्ष सुमन तिम्सिनाले संघले यस्तै सुझाबहरुको पोको बटुल्न आफु अमेरिका भरी बैठकहरुको आयोजना गरी हिंडेको र रचनात्मक सुझाबहरुको सदैब स्वागत गर्ने बचनबद्दता दोहर्याएपछि प्रश्नोत्तर कार्यक्रममा आक्रोसित नेपालीहरुलाई मत्थर पार्न अध्यक्ष तिम्सिना एक हदसम्म सफल भएका थिए।

Connecticut NRN USA Town Hall Meeting

कनेक्टिकटको हार्ट्फोर्टस्थित कनेक्टिकट विश्वबिधालयको सभा कक्षमा  नेपालीज एसोसिएसन अफ कनेक्टिकटको आयोजनामा डाकिएको बैठकमा एनआरएन अमेरिका अध्यक्ष तिम्सिना, कार्यक्रम प्रमुख अतिथी संयुक्त राष्ट्र संघका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्य, नेपाल जनजाति आदिबासी महासंघ अमेरिका (FIPNA) का अध्यक्ष कर्मा जि शेर्पा, एनआरएन अमेरिका नर्थ इस्टर्न कनेक्टिकट क्षेत्रकि उपाध्यक्ष डा. बिद्या रन्जित, एनआरएन अमेरिका डाइरेक्टर डा. बिनोद शाह, कनेक्टिकट विश्वबिधालयका डा. रमेश बि मल्ल लगायतले बोल्नु भएको थियो।


Ambassador Gyanchandra Acharya at the NRN USA Town Hall meeting at University of Connecticut on April 18, 2010. Photos: eEyeCam.com

बैठकमा उपस्थित नेपालीहरुद्वारा सोधिएका एनआरएन आइडि कार्ड, द्वैद नागरिकता कानुन र मिसिन रिडेबल पास्पोर्ट (एमआरपि) बारे राजदूत आचार्यले नेपाल सरकारको धारणा र सुबिधाको बारेमा जानकारी गराउनु भएको थियो भने अध्यक्ष तिम्सिनाले एनआरएन अमेरिका र अमेरिकि नेपालीहरुको हक अधिकारकाबारे सोधिएका प्रश्नहरुको सबिस्तार जवाफ दिनुभएको थियो।


NRN USA President Suman Timsina at the NRN USA Town Hall meeting at University of Connecticut on April 18, 2010. Photos: eEyeCam.com

कार्यक्रममा न्यू योर्कबाट आउनु भएका एनआरएन अमेरिकाका पूर्व अध्यक्ष डा. तारा निरौला, FIPNA का उपाध्यक्ष बिनोद पोमो र महासचिब आदित्य महर्जनलगायत कनेक्टिकट राज्यमा बसोबास गर्ने नेपालीहरुको उपस्थिती थियो।


Nepalese Association of Connecticut President Santosh Lamsal at the NRN USA Town Hall meeting at University of Connecticut on April 18, 2010. Photos: eEyeCam.com

नेपालीज एसोसिएसन अफ कनेक्टिकटका अध्यक्ष सन्तोष लम्सालको सभापतित्वमा सम्पन्न उक्त बैठकको संचालन अर्जुन दाहालले गर्नु भएको थियो।

Boston NRN USA Town Hall Meeting

उता बोस्टन शहरस्थित क्याम्ब्रिजमा रहेको हार्वार्ड विश्व बिद्यालयको सभा कक्षमा एनआरएन अमेरिका नर्थ इस्टर्न मासाचुसेट्स क्षेत्रकि उपाध्यक्ष बिष्णु माया परियार र एनआरएन अमेरिकाका एनआरएन अमेरिकाका Community Mobilization Task Force डाइरेक्टर भुवानीप्रशाद गुरुङको सकृयतामा आयोजना गरिएको बैठकमा एनआरएन अमेरिका अध्यक्ष तिम्सिना, कार्यक्रम प्रमुख अतिथी संयुक्त राष्ट्र संघका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्य, नेपाल जनजाति आदिबासी महासंघ अमेरिका (FIPNA) का अध्यक्ष कर्मा जि शेर्पा, एनआरएन अमेरिका डाइरेक्टर डा. बिनोद शाह, Boston Nepali Youth Movement का बिबेक कार्की, NRN Youth Affairs संयोजक डा. पुकार मल्ल, डा. शिव गौतम, लेखक शिव प्रकाशलगायतले बोल्नु भएको थियो।


Bishnumaya Pariyar at the NRN USA Town Hall meeting at Harvard University in Cambridge, Massachusetts on April 18, 2010. Photos: eEyeCam.com

बोस्टनको बैठकमा पनि राजदूत आचार्यले आफ्नो मन्तब्यका साथै उपस्थित नेपालीहरुद्वारा सोधिएका एनआरएन आइडि कार्ड, द्वैद नागरिकता कानुन र मिसिन रिडेबल पास्पोर्ट (एमआरपि) बारे नेपाल सरकारको धारणा र सुबिधाको बारेमा जानकारी गराउनु भएको थियो भने अध्यक्ष तिम्सिनाले एनआरएन अमेरिका र अमेरिकि नेपालीहरुको हक अधिकारकाबारे सोधिएका प्रश्नहरुको सबिस्तार जवाफ दिनुभएको थियो।



उक्त बैठकमा बोल्दै FIPNA का अध्यक्ष शेर्पाले NRN USA को पुनर्गठन गर्न एक महिने अल्टिमेटम दिएको घोषणा सार्वजनिक गर्दै आफ्नो १८ वटा संस्थाहरुका प्रतिनिधिहरुलाई बर्तमान NRN USA कार्य समितीको पुनर्गठन गरी समाबेश गर्न माग गरेपछि आयोजकहरु उचित समाधानको लागि घोत्लिन वाध्य भएकाथिए।


FIPNA President Karma G. Sherpa at the NRN USA Town Hall meeting at Harvard University in Cambridge, Massachusetts on April 18, 2010. Photos: eEyeCam.com

स्मरण रहोस्,  NRN USA मा अहिले ३१ वटा संस्थाहरु आबद्द छन् तर अर्को १८ वटा नेपाली संस्थाहरु आबद्द रहेको एएनए (Association of the Nepalis in the Americas) पनि NRN USA को गठन प्रकृयाप्रति असहमत हुँदै आफुलाई NRN USA बाट अलग्ग राख्दै आएकोछ। ANA र FIPNA का १८, १८ वटा संस्थाहरु गरी ३६ नेपाली संस्थाहरु अझै NRN USA मा आबद्द हुन बाँकि देखिन्छ।

उता बैठकमा मन्चमा एक जना महिलालाई पनि स्थान नदिएर पुरुसै पुरुषहरुले कुर्ची ओगटेको देखेपछि केही उपस्थित महिलाहरु आगो भएका थिए।

कार्यक्रममा निर्वाचन आयोग नेपालका पूर्व निर्वाचन आयुक्त भोजराज पोख्रेल, न्यू योर्कबाट आउनु भएका एनआरएन अमेरिकाका पूर्व अध्यक्ष डा. तारा निरौला, FIPNA का उपाध्यक्षद्वय शिवकुमार राइ र बिनोद पोमो, महासचिब आदित्य महर्जनलगायत बोस्टन शहरमा बसोबास गर्ने नेपाली र हार्वार्ड विश्व बिद्यालयमा पढ्ने नेपाली विद्यार्थीहरुको उपस्थिती थियो।


Bhuwani P. Gurung at the NRN USA Town Hall meeting at Harvard University in Cambridge, Massachusetts on April 18, 2010. Photos: eEyeCam.com

एनआरएन अमेरिका नर्थ इस्टर्न मासाचुसेट्स क्षेत्रकि उपाध्यक्ष बिष्णु माया परियारले स्वागत मन्तब्य राख्नु भएको उक्त बैठकको संचालन धौलाबिर राइले गर्नु भएको थियो भने एनआरएन अमेरिकाका Community Mobilization Task Force डाइरेक्टर भुवानीप्रशाद गुरुङले धन्यवाद ज्ञापन गर्नु भएको थियो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa



 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?